Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

के हाे एमालेभित्रकाे विवाद ?

  विवाद र मिलनविन्दु नेताहरुको कार्यविभाजन पार्टीको महाधिवेशनलगत्तै हुनुपर्थ्यो । तर, करिव नौ महिनापछि मात्रै बल्ल स्थायी कमिटीमा यसबारे प्रस्ताव आएको छ । कार्यविभाजन भनेको एउटा प्राविधिक विषयवस्तु मात्र होइन । यो वैचारिक, राजनीतिक पक्षसँग जोडिएको विषय पनि हो । हामीले नवौं महाधिवेशनमा नेपाली क्रान्तिको विश्लेषणबारे, नेपाली समाजको चरित्रको विश्लेषणबारे, एमालेको कार्यदिशाको विश्लेषणबारे जे–जस्ता विचार प्रस्तुत गर्‍याैं, ती विचार महाधिवेशनले ‘एसेप्ट’ गर्‍याैं । हामीले प्रस्ताव गरेका ती प्रस्तावको विपक्षमा थिए कतिपय साथीहरु । यद्यपि उनीहरुले अरु विचार प्रस्तुत चाहिँ गरेनन् । उनीहरुले हाम्रो प्रस्तावको विपक्षमा उत्रिने हिम्मत गरेनन् किनकि हामीले उठाएका विचारहरु नै ठीक थिए । प्रकारान्तरमा  नेतृत्वले यस विचारलाई नस्वीकार्ने परिस्थिति सिर्जना भयो । यसैकारण नै पार्टीभित्र वैचारिक अन्तर्विरोध देखापर्यो । यतिबेला मूलतः हाम्रो भनाइ के हो भने कार्यविभाजन गर्दा विचारका सम्बाहकहरुलाई उचित स्थान दिनुपर्छ नत्र महाधिवेशनको विचार एकातिर जान्छ, नेतृत्व अर्कातिर । यसकारण कार्यविभाजनलाई पनि विचारसँग जोड्नुपर्छ भन्ने हाम्रो माग हो । पार्टीभित्र जिम्मेवारी बाँडफाँट र विचार व्यवस्थापनका विभिन्न मोडालिटीहरु हुन्छन्, तिनको पालना हुनुपर्छ । यस जटिल परिस्थितिमा सहमतिबाट जानुपर्छ, विपक्षीहरुको विचालाई पनि स्वीकार्नुपर्छ । होइन, पेलेरै ठीक पार्न सकिन्छ भन्ने मानसिकताले काम गर्यो भने हामी त्यसको विरोध गछौं । ठीक छ, तपाईंसँग बहुमत छ, बहुमतले निर्णय गर्नुहोस । तर, एमाले लोकतान्त्रिक पार्टी भएकाले हाम्रा असहमति दर्ज गर्छौं, ‘नोट अफ डिसेन्ट’ पेस गर्छौं । कार्यविभाजनकै विषयलाई ठूलो ‘इस्युु’ बनाउनु हुँदैन, यसलाई तुरुन्त हल गर्नुपर्छ । स्थायी कमिटीमा ल्याइएको प्रस्ताव जस्ताको तस्तै अघि बढाइयो भने हामी ‘नोट अफ डिसेन्ट’  लेख्छौं, त्यसको विरोध गर्छौं र त्यो कुरा कार्यकर्ता तहसम्म लैजान्छौं  ।
  • संविधानसभामा दोस्रो ठूलो दल बनेको एमाले पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा दुई चिरामा विभाजित छ ।
  • विचारको प्रतिस्पर्धाका नाममा नवौं महाधिवेशनमा केपी ओली र माधव नेपालपक्ष प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
  • महाधिवेशनको अस्वस्थ प्रतिस्पर्धाले नेतृत्व तह मात्र नभई कार्यकर्ता तहसम्मै स्पष्ट विभाजननको रेखा कोरियो ।
  • नेतृत्व तहमै एकले अर्काको अस्तित्व नस्वीकार्ने स्थिति देखा परेपछि महाधिवेशन सकिएको करिव नौ महिना पुगिसक्दा समेत नेताहरुको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन ।
  • महासचिव ईश्वर पोखरेलले चैत ११ गते प्रस्ताव गरेको कार्यविभाजन प्रस्ताव गुटगत स्वार्थ, एकलौटी तथा महाधिवेशनको म्यान्डेटविपरीत भएको भन्दै नेपाल नेतृत्वको असन्तुष्ट समूहले अध्यक्ष ओली पक्षधरहरुको कडा आलोचना गरेका छन् ।
  • संस्थापन पक्षसँगको असन्तुष्टीका कारण वरिष्ठ नेता माधव नेपालले स्थायी कमिटीको बैठक लगातार बहिष्कार गर्दै आएका छन् ।
‘प्रतिस्पर्धा’ को पनि समीक्षा आठौं र नवौं महाधिवेशनमा प्यानलै बनाएर चुनावी मैदानमा उत्रिने जुन किसिमको परिस्थिति सिर्जना भयो, यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । यस महाधिवेशनले माथिदेखि तलसम्म स्थायी खालको गुटबन्दी सिर्जना गरेको छ । यो प्रतिस्पर्धाले चुनाव जित्ने नाममा गलत प्रवित्तिलाई प्रोत्साहित गरेको छ । यसले पार्टीलाई वैचारिक धाराभन्दा पनि अराजकतातिर लाने खतरा छ । यसबाट पाठ सिक्दै अहिलेका कमीकमजोरीलाई १०औं महाधिवेशनमा पुगेर करेक्सन गर्नुपर्छ । कार्यकर्ताको भावना तथा कम्युनिस्ट पार्टीको सिद्धान्तबीच तालमेल हुनुपर्छ । नत्र पार्टी अराजनीतिक दिशातिर जान्छ । अहिलेकै प्रक्रियाले समयको चुनौतीलाई समना गर्न सकिँदैन । विगतमा एमाले कमजोर हुँदा माघ १९ निम्तियो, देश मुडभेडतिर गयो । विदेशीले आन्तरिक मामिलामा खेल्ने मौका पाए । यदि हामीले एमालेलाई करेक्सन गर्न सकेनौं भने अप्ठ्यारोमा भाग्ने पार्टी मात्रै बन्छ एमाले । अहिले भ्रातृसंगठनहरुमा देखिएको विवाद त एमालेभित्रको समस्याको एउटा अंश मात्रै हो । समग्रमा पार्टीभित्रको अन्तर्विरोधले यी विषयहरुलाई प्रभावित पारेको छ । सबैभन्दा पहिले पार्टीभित्रको मूल समस्याको हल गर्नुपर्छ । यसलाई नेतृत्वले उदार मनका साथ समाधान गर्नुपर्छ । त्यसैले पार्टी नेतृत्वलाई हामीले पटकपटक नवौं महाधिवेशनले सिर्जना गरेको कित्ताकाट मेटाउन ध्यानाकर्षण गराएका छौं । महाधिवेशन पछिका सम्पूर्ण निर्णयहरुमा कित्ताकाटको स्थिति देखापरेको छ, अध्यक्षको निर्णय, महासचिवको प्रस्ताव आदि पूर्वाग्रही रुपले आएका छन् । उहाँहरुका निर्णय र प्रस्तावले एउटा पक्षलाई मात्र पोषण गरेका छन्, यी गतिविधिले पार्टीलाई हित गर्दैनन् । ९० र १० को भागबन्डा कसरी मान्ने ? अहिले गर्न खोजिएजस्तो ९० र १० को भागबन्डा मान्ने कुरा सम्भव हुँदैन । महाधिवेशनमा हाम्रो पोजिसन ५०–५० को छ । हाम्रो पोजिसन माथिमात्र होइन, तलसम्म उही अवस्थामा छ । एमालेमा अहिले माथिदेखि तलसम्म जुन किसिमको विभाजन देखापरेको छ, यस्तो अवस्थामा पार्टी सञ्चालन गर्दा उत्तेजनामा होइन, विवेकशील हुनुपर्छ, होस पुर्याउनुपर्छ  । क्षणिक आवेगले पार्टी चल्दैन । एमालेलाई दीर्घकालीन अवस्थामा लैजान नयाँ ढंगले पुनर्गठन गर्नुपर्छ । नेतृत्वको मात्रै कुरा होइन, युवाहरु पनि विभिन्न खालका छन् । कतिपय युवाहरु नेताले जे भन्यो त्यही मात्र मान्ने र चाकडी गर्ने प्रवृत्तिका छन् । तर, हामी नेतृत्वले गरेका गल्तीहरुको आलोचना गर्छौं, राम्रो कामलाई शिरोधार्य पनि गछौं । हामी ‘मार्क्सिस्ट’ भएकाले गलत प्रवृत्तिका विरुद्ध लड्छौं । हामीसँग मार्क्सवादी चेतना छ । हामी कुनै सामन्ती स्कुलबाट आएका होइनौं, हामी खराब प्रवृत्तिका व्यक्तिहरुलाई साष्टाङ्ग दण्डवत गर्दैनौं । कुनै पनि निर्णयलाई आलोचनात्मक दृष्टिकोणले हेर्छौं । पार्टीलाई सही ट्र्याकमा ल्याउन कुनै एक अमूक व्यक्तिले मात्र सम्भव छैन । त्यसकारण पार्टीको पुनर्गठन आवश्यक छ । विचारमा, कार्यशैलीमा, संगठनमा र संस्कृतिमा पुनर्गठन आवश्यक छ । यी चार विषयमा पुनर्गठन गरेपछि मात्र एउटा नयाँ पार्टी बन्छ । हामीले एमालेलाई नै नयाँ पार्टी बनाउने हो, कुनै अर्को नयाँ पार्टी बनाउने होइन । राष्ट्रिय राजनीतिलाई अगाडि बढाउन सक्ने शक्ति भनेकै एमाले हो । त्यसैले एमालेलाई कमजोर बनाई आफ्नो स्वार्थपूर्ति गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु लागिपरेका छन् । उनीहरु जातीयता, संघीयताका विभिन्न बखेडा झिकेर एमालेलेलाई छिन्नभिन्न बनाउन खोज्दै छन् । त्यस्ता शक्तिहरुलाई हामीले चिनिसकेका छौं । त्यस्ता शक्तिबाट एमालेलेलाई बचाउँदै हामी अघि बढ्छौं । एमालेलाई विभाजित गरे मात्र आफ्नो कुत्सित मनशाय पूरा हुन्छ भन्ने लागेर नै उनीहरुले संविधान निर्माणमा ढिलाइ गरिरहेका छन्, किचलो गरिरहेका छन् । यिनै हर्कतलाई उत्कर्षमा पुर्‍याएर एमालेलाई फुटाउन खोजिरहका छन् । यस्तो सूचना हामीले पाएका छौं । तर, हामी आत्तिँदैनौं । त्यस्ता शक्तिहरुले एमालेलाई विभाजन गर्न खोजे भने पनि त्यो सम्भव हुँदैन । एमालेको सिंगो पंक्ति एकताबद्ध भैदिए कुनै शक्तिले पनि एमालेलाई फुटाउन सक्दैन । पार्टी विभाजन अरुको कारणले हुँदैन, आफ्नै आन्तरिक कारणले हुन्छ । एमाले विभिन्न फुट, विभाजन र अन्तर्संघर्ष भोग्दै आएको पार्टी हो । हामी फुट्दा अतिवाद जन्मियो, माओवादीजस्ता उग्रवामपन्थी जन्मिए, जातीय सम्प्रदाय जन्मियो, अन्तर्राष्ट्रिय शक्तिहरुले आन्तरिक मामिलामा खेल्न पाए । अब त्यसो हुन दिँदैनौं । ल्याकतविनाका हाम्रा नेता समकालीन नेपालका कुनै पार्टीका नेतृत्व पनि आफ्नो जिम्मेवारी र हैसियतअनुसारको क्षमता प्रदर्शन गर्न सक्ने ल्याकतका छैनन् । कांग्रेसमा बीपीजस्ता नेता, कम्युनिस्टमा पुप्पलाल, मदन, मनमोहनजस्ता निष्ठाका राजनीति गर्ने व्यक्ति आजको नेतृत्वपंक्तिमा छैनन् । नेतृत्वको कमजोरीले गर्दा आज हामीले दुःख पाएका छौं । यसका लागि नयाँ उचाइको आन्दोलन जरुरी छ । यो आन्दोलन विघटित हुँदैन, निरन्तर चलिरहन्छ । हाम्रा नेतृत्वहरु मध्यमवर्गीय धरातलबाट आएकाले सोहीअनुरुपको चरित्रका छन् । मध्यमवर्गको चरित्र अवसरवादी हुन्छ, स्वार्थी हुन्छ, ढुलमुले हुन्छ । हाम्रा नेतृत्व यसै चरित्रबाट प्रभावित छ । पार्टीभित्र आन्तरिक विवाद चुलिनुमा माधव नेपाल र उहाँका पक्षधरुहरुको कुनै दोष छैन । किनभने, हामीमा प्रस्ताव ल्याउने अधिकार नै छैन । महाधिवेशनले जसलाई अधिकार दिएको छ,  त्यसकै दोष हुन्छ । हामीलाई कुनै भागबन्डा चाहिएको छैन । र, कुनै ‘सहुलियत’ पनि चाहिएको छैन । पार्टी सञ्चालना निश्चित मापदण्ड बनाऊँ, त्यत्ति भए पुग्छ । अध्यक्ष केपीसँग व्यक्तिगत रुपमा मेरो राम्रो सम्बन्ध रहे पनि वैचारिक र विधिगत कुरामा सहमत हुन सक्ने स्थिति भएन । उहाँका कतिपय निर्णयमा विरोध जनाएका छौं । असहमत पनि हुन्छौ र सँगै काम पनि गर्छौं । पार्टीभित्रको एकरुपताभित्र मौ एकता जबज होइन, विविधताभित्रको एकता हो जबज । संस्थापन पक्ष एकरुपताभित्र एकता खोजिरहेको छ, त्यो सम्भव छैन । समस्या यहीं छ । (खबरडबलीका लागि गणेश पाण्डेसँगको कुराकानीको सम्पादित अंश)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies