Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

अनुपमको ‘तिमीले पनि मलाई भुल्न सक्छौ र ?’

\"anupam-photo\"पोखरा, २७ कात्तिक । अनुपम म्युजिक पोखराले शनिबार पोखरामा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । गायिका लक्ष्मी गिरीको स्वर, नवराज बरालको सङ्गीत र अनुराग अधिकारीको रचना रहेको ‘तिमीले पनि मलाई भुल्न सक्छौ र ?’ बोलको गीतको भिडियो पूर्व सभासद् तथा उद्योगी सूर्यबहादुर केसीले विमोचन गरेका ।

अनुराग अधिकारीको निर्देशन रहेको भिडियोमा सुनील थापा, सिर्जना खाँण ठकुरी र अन्जना पोखरेलको अभिनय रहेको छ । कार्यक्रममा प्रमुख अतिथि केसीले कला समाजको ऐना भएकाले यसबाट समाजका गतिविधि र अवस्था बुझ्न सकिने बताए । गीत/सङ्गीतबाट जीवन अलग रहन नसक्ने भन्दै उनले आफू उद्योग/व्यवसायमा केन्द्रीत रहे पनि कला र सङ्गीतलाई चासोका साथ हेर्दै आएको बताए ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेले अनुपम म्युजिकको युट्युब च्यानलको शुभारम्भ गरे । पालिखेले अनुपमले गर्ने सम्पूर्ण कार्यक्रमलाई आफूले सकुन्जेल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रबन्ध निर्देशक अधिकारीले अनुपमले आफ्ना गतिविधिलाई अब आधुनिक प्रविधिसँग जोड्दै अघि बढ्ने र त्यसको एउटा खुड्किलोका रुपमा युट्युब च्यानल सुरु गरेको भनाइ राखे ।

गायिका एवम् सञ्चारकर्मी शान्ति गुरुङले गायिका लक्ष्मी गिरीको परिचय दिनुभएको कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, गायक रामभक्त जोजिजूलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोविन्द सिन्जालीले गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending