Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

मङ्सिर ३ गते हङकङमा नेपाली खेलाडी दौडने

काठमाडौँ, २७ कात्तिक । नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् । आगामी मङ्सिर ३ गते हुन लागेको उक्त दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेता/उपविजेता हुन् । हङकङमा हुने उक्त स्पर्धामा विश्वभरका १० हजारभन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले दौडदा एभरेष्ट म्याराथन लेखिएको टि–सर्ट लगाउनेछन् । विगत १५ वर्षदेखि सुरु भएको एभरेष्ट म्याराथनका प्रतिस्पर्धीले विस्तारै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाउन थालेको र त्यसको परिणामस्वरुप नेपाली खेलाडीले हङकङमा उक्त अवसर पाएको आज आयोजित कार्यक्रममा जानकारी गराइयो । एभरेष्ट म्याराथनका अभियन्ता विक्रम पाडेकाजीले सरकारले लगानी नगरीकन नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा नेपाली खेलाडीले सुःखद परिणाम ल्याएको बताए । उनले देशभरका कुनाकाप्चामा छरिएर रहेका खेलाडीलाई एभरेष्ट म्याराथनमा अवसर दिनुको परिणाम हङकङ म्याराथनमा सहभागिता रहेको बताए । वरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपालमै आएर पनि विदेशीहरु नेपाली भन्दा धेरै दौडने गरेको दृष्टान्त दिँदै अब नेपालीहरु पनि विदेशी सरह दौडन सक्छन् भन्ने देखाउने अवसर आएको बताए । नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले विदेशमा नेपाली खेलाडीले दौडिएर भूकम्पपछि पर्यटन क्षेत्रमा परेको क्षतिलाई कम गराउन भूमिका खेल्ने आशा व्यक्त गरे । यसैबीच आइतबार हङकङ प्रस्थान गर्ने खेलाडीलाई आजै एक कार्यक्रमबीच वरिष्ठ धावक मानन्धरले राष्ट्रिय झन्डा दिएर बिदाइ गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending