Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

वाईसीएलमाथि सरकारको हमला

काठमाडौं, दोस्रो चरणको आन्दोलनमार्फत सरकारलाई दबाब दिने उद्धेश्यले राजधानीसहित अाइतबार मुलुकभर वाईसीएलले आयोजना गरेको लाठी जुलुसमा सरकारले भीषण हमला गरेकाे छ । युवाहरूकाे जुलुसमाथि सरकारले धावा बाेलेपछि राजधानीकाे प्रदर्शनीमार्ग सहित देशका विभिन्न जिल्ला र सहरहरु भीडन्तस्थलमा बदिलएका खबरहरू प्राप्त भइरहेका छन् । खबरडबली सहकर्मी सुदिप विश्वकर्माले जनाएअनुसार प्रदर्शनमा उत्रेका युवाहरु गृहमन्त्री वामदेव गौतमप्रति आक्रोशित हुँदै नारा घन्काइरहेका छन् । उनीहरुले गौतमको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीहरुले नेपाल प्रवेशाज्ञा (भिसा) को जिम्मा विदेशी दिन आँटेकोमा गृहमन्त्रीविरुद्ध तीव्र आक्रोश पोखेका छन् । केही समयको झडपका क्रममा प्रहरी पछाडि हटेपछि जुलुस अगाडि बढेको छ । जुलुस भृकुटीमण्डपबाट सहिदगेटतर्फ अगाडि बढिरहेको छ । \"YCL_police\"लाठी जुलुसको तयारी गर्दै गरेका वाईसीएलका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरी कुटपिट गर्न गरेपछि राजधानीको प्रदर्शनी मार्गमा अहिले दुवै पक्षबीच झडप चली रहेको हाम्रा संवाददाताले जनाएका छन् । झण्डा बोकेर प्रदर्शनको तयारी स्थल भृकुटी मण्डप जाँदै गरेका संघिय समाजवादीका सहरमान राईलाई प्रहरीले गेटमै रोकेर कुटपीट गरेपछि झडप भएको छ । प्रहरीले लाठी जुलुसमा जाँदै गरेका दुई जनालाई लाठी जुलुस हुनु अगावै पक्राउ गरेको छ । थप याे पनि पढ्नुहाेस्–  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending