Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रदर्शनका क्रममा देशका विभिन्न ठाउँमा झडप

काठमाण्डौ, ३० दलिय मोर्चाले आइतबार निकालेको लाठी जुलुसका क्रममा मुलुकका विभिन्न भागमा प्रहरी सँग झडप भएको छ । पोखरा पोखरामा सहभागी प्रदर्शनकारीले जथाभावी भाटा र लाठी हान्दै हिँडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । नियन्त्रणमा लिने क्रममा दुवैतर्फका घाइते भएका कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी गराएका छन् । ‘भीड आफैँ अनियन्त्रित हुँदै जथाभावी लाठी प्रहार गर्दै हिँडेपछि स्थिति अराजक भएको र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा सामान्य बल प्रयोग भएको हो’– उनले भने जुलुसको नेतृत्व एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, पूर्व सभासद् राजकाजी गुरुङलगायतले गरेका थिए । जुलुसमा जिम्मेवार नेता सहभागी भए पनि तोडफोड र अराजकता नियन्त्रणका लागि कुनै प्रयास नगरेको पत्रकार भुपाल गुरुङले जानकारी दिए । नाराबाजी गर्दै चिप्लेढुङ्गाबाट सभागृहतर्फ आउँदै गरेका प्रदर्शनकारीहरुले दृश्य छायाङ्कन गरिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेलमाथि हातपात गरेको सुरक्षा संयन्त्रले जानकारी गराएको छ । उनीहरुले– ‘हामीले पिटेको मात्र खिच्ने, प्रहरीको नखिच्ने भन्दै’ कुटपिट गरेको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बताए । \"Rss_Images_1427624984174_Pro_ktm_Birodhजुलुशका क्रममा ३० दलीय मोर्चा र प्रहरीबीच पोखराको न्युरोडमा केही समय झडपसमेत भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका गरी करिब २० जना घाइते भएका छन् । एमाओवादी कास्कीका अध्यक्ष कोइरालाले जुलुसमा प्रहरी हस्तक्षेप हुँदा १५ जना प्रदर्शनकारी घाइते भएको दाबी गरेका छन् । यसैबीच, नेपाल पत्रकार महासङ्घ कास्कीले घटनाको निन्दा गर्दै स्वतन्त्रतापूर्वक समाचार सङ्कलनको वातावरण निर्माणको माग गरेका छन् । वीरगन्जतीस दलीय मोर्चा र प्रहरी बीच वीरगन्जको माईस्थानमा झडप हुँदा दुई जना सुरक्षाकर्मी र आधादर्जन आन्दोलनकारी घाइते भएका छन् । वीरगन्जको घन्टाघर चोकबाट मोर्चाले आइतबार अपराह्न निकालेको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठी खोस्न खोज्दा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो । वीरगन्जको माईस्थानमा भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक बिजुली भुजेल र प्रहरी जवान सन्तोष पटेल घाइते भएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । झडपमा परी आन्दोलनकारीतर्फबाट मोर्चा पर्साका संयोजक प्रदीप यादव, फोरम नेपालका जिल्ला सदस्य इन्द्रकान्त दास, एमाओवादी नेता बाबुराम कौशिक, वकिल मियाँलगायत आधादर्जन रहेको संयोजक यादवले जानकारी दिए । घाइते सुरक्षाकर्मी र आन्दोलनकारीको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फिर्ता भएका छन् । नारायणगढमा झडप ३० दलीय मोर्चाले गरेको प्रदर्शनका क्रममा नारायणगढमा निकालिएको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच नारायणगढको लायन्सचोकमा झडप हुँदा एकीकृत नेकपा माओवादीका जिल्ला परिषद् सदस्य ओमनाथ पाण्डेसहित पाँचजना घाइते भएको वाइसिएलका सन्तोष पनेरुले जानकारी दिए । प्रदर्शनका क्रममा तीनजना प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले एमाओवादी चितवनका इन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियारसहित केन्द्रीय परिषद् सदस्य ठाकुर ढकाल, क्षेत्रीय इन्चार्ज बाबुराम खरेल र वाइसिएलका सन्तोष पनेरुलगायतलाई नियन्त्रणमा लिएको छ । झडपका कारण लायन्सचोकदेखि पुल्चोकसम्मको सवारी आवागमन ठप्प भएको छ भने बजार पनि आंशिक रुपमा बन्द भएको छ । लामो दूरीका सवारी साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ । अहिले नारायणगढ क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy