Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

कात्तिकसम्म विकास खर्च ४ प्रतिशत, अर्थमन्त्री भन्छन् अब खर्च बढ्छ

काठमाडौ, ४ मंसीर  । \"Krishna_Bdr_Mahara\"सरकारले विकास बजेटतर्फ ३ खर्ब रुपैयाँ विनियोजन गरेपनि पहिलो चौमासिकसम्म जम्मा १३ अर्ब १२ करोड मात्रै अहिलेसम्म खर्च भएको छ । सरकारी तथ्याङ्कअनुसार पहिलो चौमासिक सकिन लाग्दा पनि विकास बजेट करिब कुल विकास बजेटको ४ दशमलव २१ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेट अपेक्षाअनुसार खर्च नभएपछि अर्थ मन्त्रालयले वजेट खर्च गर्ने वातावरण बनाउन विषेश योजना बनाएको छ । कात्तिक मसान्तसम्म विकास वजेटका रुपमा विनियोजन भएको कुल ३ खर्ब ११ अर्ब १२ करोड ७१ लाखमध्ये करिब १२ अर्बमात्रै खर्च भएको छ । सरकारी तथ्याङ्कअनुसार नै बजेट आएको ६ महिना लाग्दा अझै ३ खर्ब रुपैया विकासका लागि विनियोजन गरिएको बजेट खर्च हुन बाँकी छ । विकास बजेट खर्च गर्न नसकेको सरकारले चालू खर्च अर्थात् कर्मचारीलाई दिइने तलव सुबीधा लगाएतको खर्च भने २० दशमलव ९२ प्रतिशत पैसा खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले ६ खर्ब १७ अर्ब ६४ करोड रुपैया चालू खर्चका लागि बजेट विनियोजन गरेको थियो । अहिलेसम्म १ खर्ब २९ अर्ब १० करोड रुपैया अर्थात २०.९२ प्रतिशत खर्च भएको हो । तर सरकार भने पहिलो चौमासिकमा अपेक्षाअनुसार खर्च नभएपनि दोस्रो चौमासिकमा खर्च बढाउने तयारीमा रहेको छ । विकास बजेट खर्च हुन नसकेपछि त्यसबारे सम्बन्धित मन्त्रालयका सचिवहरुसग अर्थमन्त्रालयले केही दिनअघिमात्रै जानकारी मागेको थियो । यता चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३ दशमलव ८१ प्रतिशत मात्रै पैसा खर्च भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE