Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

जीविकोपार्जनका लागि गिट्टी कुट्दै बाढीपीडित

वीरेन्द्रनगर, पश्चिम सुर्खेत गिरिघाट शिविरमा बसेका बाढीपीडित पछिल्लो समय जीविकोपार्जनका लागि गिट्टी कुट्न थालेका छन् । सरकारले राहत दिन छाडेको भन्दै उनीहरुले दुई छाक टार्नकै लागि गिट्टी कुट्न सुरु गरेका हुन् । बाढीबाट पीडित भइ शिविरमा बसेको आठ महिना बितिसक्दा पनि सरकारले पुनःस्थापना र राम्रो राहतको व्यवस्था नगरेपछि बाँच्नका लागि गिट्टी कुट्न सुरु गरेको बाढीपीडित बताउँछन् । बिहानभरि नजिकैको खोलाबाट ढुङ्गा बोकेर शिविरनजिक थुपार्ने र दिनभर गिट्टी कुट्न सुरु गरेको उनीहरुले बताए । सरकारले न पुनःस्थापना न त रोजगारी नै केहीको पनि व्यवस्था नगरीदिँदा बाढीपीडितलाई जीविकोपार्जनमा समस्या भएको छ । शिविरमा बसेका ४३ वर्षीय बाढीपीडित टेकबहादुर भण्डारीले सरकारले पुनःस्थापना नगरीदिँदा त्रिपालमा बस्न पनि अब मुस्किल भएको बताए । उनका अनुसार अहिलेसम्म ५० रुपैयाँका दरले ५० कट्ठा गिट्टी बिक्री गरिएको छ । बजारमा १२० रुपैयाँ कट्ठा पर्ने गिट्टीलाई ट्र्याक्टरवालाले ५० रुपैयाँ मात्रै एक कट्ठाको दिने गरेको उनको दुखेसो छ । ५० रुपैयाँबाट बढाएर ८० पु¥याइदिए आफूहरुलार्इ केही राहत हुने उनको भनाइ छ । हरिहरपुर–५ सिस्नेरीमा कृषि खेती गरेर दैनिकी चलाउनले भण्डारीलाई अहिले शिविरमा गिट्टी कुट्न परेको छ । आफ्नो पूर्ण क्षति भएको भन्दै उनले सरकारले चाँडै पुनःस्थापना गरिदिनुपर्ने धारणा राखे । सोही शिविरमै गिट्टी कुटिरहेकी अर्की बाढीपीडित कृष्णा कठायतले पहिले कहिले पनि गिट्टी नकुटेको आफूहरुले अहिले दुई छाक टार्नका लागि गिट्टी कुट्न परेको बताए । खेती किसानी गरेर खाने आफ्नो परिवार बाढीपीहिरोले गर्दा अहिले पालमा गिट्टी कुटेर दुःख गर्न परेको सुनाए । पुनःस्थापना गराई सुरुमा रोजगारीका लागि सरकारले केही व्यवस्था गरिदिए आफूहरु आफ्नो व्यवहार मिलाउने उनको भनाइ छ । यी त केही उदाहरण मात्रै हुन् गिरिघाटनजिक बसेका अधिकांश बाढीपीडितले गिट्टी कुट्न सुरु गरेका छन् । फेरि पनि बर्खा लाग्ने र हावाहुरी लाग्ने समय भएको छ तर सरकारले बाढीपीडितका लागि उचित व्यवस्थापना तथा पुनःस्थापना गर्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: