Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

क्यास्ट्रोमाथि सिआइएका ६ हत्या प्रयास, केही घातक केही हाँस्यास्पद

\"fidel-castro\"गत शुक्रबार निधन भएका क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो जीवनभर ६ सय ३४ हत्या प्रयासबाट बचेका थिए । तीमध्ये अधिकांश हत्या योजना अमेरिका र अमेरिका बस्ने क्यूबेलीले बुनेका थिए । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सिआइएले क्यास्ट्रोको हत्या गर्न मुख्य ६ वटा प्रयास गरेको थियो । सिआइएका हत्या प्रयास केही घातक थिए भने केही हास्यास्पद थिए । डेमोक्र्याटिकका तत्कालीन सिनेटर फ्रयाक चर्चले नेतृत्व गरेको चर्च कमिटीले सन् १९७५ मा क्यास्ट्रो हत्या प्रयासबारे विवरण नै तयार पारेको थियो । १. पोइजस सिगार सिगार पिउनु क्रान्तिकारी नेता क्यास्ट्रोको विशेष शोख थियो । उनी अत्यधिक सिगार पिउँथे । सिआइएले सन् १९६० मा क्यास्ट्रोलाई मन पर्ने सिगारको पाकेटमा विष मिसाएर हत्या प्रयास गरेको थियो । क्यास्ट्रले शक्ति हत्याएको एक वर्षपछि उनलाई खुवाउने सिगारमा बोटुलिनुम नाम गरेको उत्तेजक पदार्थ मिसाइएको थियो । सो विष मुखमा परेपछि जो कोहीको पनि मृत्यु हन्छ । सब–कमिटीका अनुसार विष मिसाइएका चुरोट सन् १९६१ मा एक अज्ञात व्यक्तिमार्फत क्यास्ट्रोलाई दिने प्रयत्न भएको थियो । तर, क्युबा सरकारले ती सिगारबारे क्यास्ट्रोले खानुअघि नै सूचना पाएको थियो । २. भाडाका ग्याङ अमेरिकाका ३४ औं राष्ट्रपति डिबिट इसनहावरको कार्यकालमा सिआइएले दुईवटा समूहलाई भाडामा लिन दलाल प्रयाेग ग¥यो । सिआइए क्यास्ट्रोको हत्या गर्ने ग्याङलाई १ लाख ५० हजार डलर दिन तयार थियो । हत्याका लागि सिकागोका गुन्डा परिचालन गरिएका थिए, जुन कुनै बेला एफबिआइको मस्टवान्टेड सूचीमा समेत थिए । गुन्डा नाइके साम जियानकानाका अनुसार क्यास्ट्रोलाई दिने भनिएका पिल्स बन्दुकभन्दा प्रभावकारी दिए । सिआइएले उच्च मात्रामा लेथल मिसाइएको ६ वटा पिल्स ग्याङमार्फत क्यास्ट्रोसँग पहुँच भएका क्युबेली अधिकारीलाई पु¥याएका थिए । तर, सो योजना पनि विफल भएको थियो । ३. समुद्री जीवको कवच प्रयास विफल भएपनि हतोत्साहित नभएको सिआइएले सन् १९९३ मा क्यास्ट्रो हत्या गर्ने अर्को षड्यन्त्र बुन्यो । क्यास्ट्रोलाई मन पर्ने स्कुबा डाइभिङलाई मुख्य औजार बनाइयो । स्कुवा डाइभिङभित्र ठूलो समुद्री जीवको खोल राख्ने र खोलभित्र एउटा विस्फोटक पदार्थ लुकाउने योजना तय भयो । सो खोललाई अनौठो रंगले पोतिएको थियो, ताकि समुद्रप्रेमी कम्युनिष्ट नेतालाई यसबारे ख्याल नहोस् । तर, सो षड्यन्त्र बीचमै तुहिएको थियो । ४. संक्रमित डाइभिङ सुट सोही वर्ष क्यास्ट्रोले प्रयोग गर्ने सुटमा फन्जाई मिसाउने योजना बुनियो। ताकि कम्युनिष्ट नेतालाई छालासम्बन्धी दीर्घ रोग लागोस् । अमेरिकी वकिल जेम्स डोनोभानमार्फत सो डाइभिङ सुट र पानीभित्र श्वासफेर्न सजिलो हुने ब्रेथिङ टुललाई संक्रमित गराएर पठाउने योजना गरियो । क्यास्ट्रोसँग डोनोभानको सीधै पहुँच थियो । तर, भुलवश डोनोभानले क्यास्ट्रोलाई अर्कै सुट दिएपछि सो योजना पनि विफल भएको थियो । सिआइएका निर्देशक रिचार्ड हेल्मले सो योजनालाई मूर्ख तरिका बताएका थिए । किनकी, क्यास्ट्रोलाई दिने भनेको सुट प्रयोगशालामै थियो । ५. घातक प्रेमी सबै योजना विफल भएपछि सिआइएले अर्को योजना बुनेको थियो, जसअन्तर्गत एउटी घातक प्रेमिकालाई पात्र बनाइएको थियो । उनी थिइन् मारिटा लोरेन्ज । सन् १९९३ मा लोरेन्जले भेनिटी फेयरलाई जनाएअनुसार सन् १९५९ मा उनी क्यास्ट्रोकी प्रेमिका थिइन् । सिआइएका लागि उनी एजेन्ट बनेकी थिइन् । प्रमिकामार्फत क्युबेली नेताको हत्या गर्नु अमेरिकाको उद्देश्य थियो । क्यास्ट्रोले पिउने चिजमा विष हाल्न सिआइएले उनलाई केही पिल्स दिएको थियो । त्यो खाएपछि ३० सेकेन्डमै मृत्यु हुन्थ्यो । सिआइएको योजनासहित उनी क्युबा हुँइकिन्, तर, हवाना उत्रेपछि हच्किइन् । ‘जब म हवाना पुगेँ, तत्कालै मेरो विचारमा परिवर्तन आयो,’ उनले सो म्यागेजिनलाई भनेकी थिइन् । उनले ती पिल्सलाई चिसो क्रिमको जारमा राखिन् ताकि भविष्यमा कुनै दिन प्रयोग गर्न सकियोस् । क्यास्ट्रो र ती महिलाको हवानाको एक कोठामा भेट भयो । चलाख क्यास्ट्रोले हत्या रहस्य आफैं थाहा पाएका थिए । ‘तिमीले मलाई मार्न सक्दिनौ । कसैले मलाई मार्न सक्दैनन्,’ भन्दै क्यास्ट्रोले गोजीबाट सिगार झिकेर पिएका थिए । ६. विषालु कलम प्रेमिकाद्वारा हत्या गर्ने योजना विफल भएपछि सिआइएले क्यास्ट्रोले प्रयोग गर्ने कलममा एउटा सियो लुकाएर मार्ने षड्यन्त्र ग¥यो । सियोमा विष हालिएको थियो । सियो निकै सानो थियो, ताकी पीडितले सो रहस्या थाहा पाउँदैनथ्यो । सो कलम क्युबाकै एक उच्च अधिकारीमार्फत क्यास्ट्रोलाई दिने योजना थियो । तर, क्युबेली अधिकारीले सो उपकरण त्यति भरपर्दो मानेनन् । उनले सिआइए अधिकारीलार्इ अझै अत्याधुनिक योजना लिएर आउन सुझाव दिएका थिए । ती अधिकारीलार्य २२ नोभेम्बर १९६३ मा सो कलम थमाइएको थियो । सोही दिन जोन अफ केनेडीको हत्या भयो । केनेडीको हत्यापछि क्युबेली अधिकारीले सो कलम क्युबा लैजान मानेनन् । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy