Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

एमालेविना पनि संविधान संशोधन गरेरै छाड्छाैंः राणा

\"pashupatiकाठमाडौं, १८ मंसिर ।राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले एमाले सहमतिमा नआएपनि संविधान संशोधन हुने बताएका छन् । सकेसम्म सहमतिका लागि प्रयास हुने र नभए एमाले नआएपनि संविधान संशोधन हुने उनले बताएका हुन् । मधेशवादी दलहरुले असन्तुष्ट जनतालाई देखाउनका लागि विरोध गरेको जस्तो देखिएपनि अन्ततः संविधान संसोधनमा सहमत हुने उनको दावी छ । ‘अहिले केहीहदसम्म मधेसी पार्टीले आफ्ना समर्थकलाई सम्बोधन गर्नका लागि निहुँ मात्र खोजेका हुन्’ पत्रकार भेटघाटमा राणाले भने ‘नाटकिय ढंगले विरोध गरेको जस्तो देखिएको भएपनि दुई तिनवटा कुराहरुमा सामान्य हेरफेर गरेजस्तो देखाएर उनीहरु स्वीकार गरेर आउँछन् ।’ उनले पाँच नम्बर प्रदेश टुक्रिएको विरोधमा भएको आन्दोलन जनताले स्वतःस्फूर्त रुपमा विरोध गरेको नभई एमालेले भड्काएको आरोप लगाए । ‘आन्दोलन नभड्केको भए हुने त्यो जनता स्वतस्फूर्त होईन एमालेको गडबढी हो’ उनले भने । उनले राप्रपा आफ्नो घोषणापत्रमा २ मधेश प्रदेश हुनुपर्छ भनेकोले आफूहरु अहिलेको संशोधनको पक्षधर भएको दावी पनि गरे । अहिले संघियताको जुन मोडल भएपनि हिन्दुराष्ट्र र संघियताको विषयमा मुलुकमा एक दिन जनमत संग्रह भएरै छाड्ने उनको दावी छ । ‘१९६१ को पहिलो जनगणनामा विरलै जनगणना पाईन्थे तर अहिले ईसाईको संख्या झण्डै १० लाख छ, यो धर्म परीवर्तन गरेको कसैलाई मन परेको छैन’ उनले भने ‘देशमा हिन्दुराष्ट्र चाहिन्छ भन्नेमा काँग्रेस, एमाले र माओवादी नेताहरु पनि सहमत छन त्यसैले एक न एक दिन जनमत संग्रह हुने नै छ ।’ मूलुकले विकल्प खोजिरहेको छ । भएका पार्टीहरुको विकल्प खोजेका छन् जनता । त्यो नेतृत्व दिन तयार छ । राणाले अहिले मुलुकमा संकटमा गुज्रिनुका पछाडी ठूला पार्टीहरुको कमजोरी रहेकोले त्यसको विकल्पमा देशलाई नेतृत्व दिन राप्रपा एकीकरण भएको दावी गरे । त्यसका लागि आफ्नो पार्टीमा दक्ष नेताहरु भएको उनको दावी छ । ‘विगतमा यस पार्टीका नेतृत्व गरेका मन्त्रीहरुले मुलुकका ठूला ठूला समस्या समाधान गरेका अनुभव र बुद्धि भएका नेताहरु हाम्रो पार्टीमा छन्’ उनले भने ‘ईमान्दार र दक्ष शासक हामीले दिन सक्छौँ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी आएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending