Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बाबुराम सडकमा

\"baburam-1-750\" काठमाडौं, १८ मंसिर । डा. गोविन्द केसीको पक्षमा उनको जीवनरक्षाको माग गर्दै शनिबार काठमाडौंमा जनप्रदर्शन भएको छ । प्रदर्शन माइतिघर मण्डलाबाट नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भयो । डा. केसीको समर्थनमा युवाहरुले गरेको सो प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि सहभागिता जनाए । उनले प्रदर्शनपछि आयोजिक कोणसभालाई संक्षिप्त सम्बोधन गर्दै डा. केसीको ज्यान जोखिमा पर्नु भनेको करोडौं नेपालीहरुको ज्यान जोखिममा पर्नु भएकोले तत्काल उनको माग सम्बोधन गर्दै मुलुक र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए । यो देशमा गोविन्द केसी पटक–पटक अनसन बस्नुपर्ने जड कारण खोजेर त्यसको उपचार गर्नुपर्ने बताउँदै उनले भने, ‘जबसम्म शिक्षा र स्वास्थ्य जुन प्रत्येक मानिसको जन्मसिद्ध अधिकार हो, यसमा भएको व्यवसायिकरण रोकिंदैन अनि शिक्षण संस्थामा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने परिपाटी रोकिंदैन गोविन्द केसीहरु अनसन बस्ने अवस्थाको अन्त्य हुँदैन ।’ \"baburam-2-750\"उनले यसको समाधानका लागि मुलुकको राजनीतिक व्यवस्था, राजनीतिक दल र समाजमा मौंलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्नु पहिलो आवश्यकता रहेको बताए। मुलुकमा क्यान्सर बनेको भ्रष्टाचार नियन्त्रणका लागि संसदबाट सर्वशक्तिमान संस्था लोकपाल गठन गर्नुपर्ने बताए । उनले अब परम्परागत राजनीतिले देश नचल्ने भएकोले राजनीतिको पनि विकल्प चाहिएको बताउँदै भ्रष्टाचारीहरुले राजनीतिको नेतृत्व गरेसम्म यो अवस्थाको अन्त्य नहुने भएकोले अब राजनीतिलाई स्वच्छ र नागरिकलाई अधिकार सम्पन्न बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending