Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

बारले न्यायाधीसलाई कारवाही गर्ने

काठमाडौं, सुशासन कायम राखी मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने निकायमाथि नै भ्रष्टाचारको आरोप लाग्यो  भने कसले कारवाही गर्ने ? न्यायलयमा भ्रष्टाचार भएको तथ्य आफूसंग भएको दाबी गर्दै बारको गत साता चितवनमा सकिएको १३ औं सम्मेलनले भ्रष्ट न्यायधीसमाथि कारवाही गर्न माग गरेपछि अहिले बार र बेन्चबीच अघोषित युद्ध नै चलेको छ । चितवन घोषणापत्रको बुंदा ६ मा न्यायपालीकाभित्र व्याप्त भ्रष्टाचार अन्त्य गरी भ्रष्ट न्यायाधीलाई तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन न्याय परिषद्को ध्यानकर्षण गराएको छ । न्यायाधीशहरु पनि बेलाबखत विवादमा नआएका होइनन् । केही समयअघि न्यायाधीश बनेपछि पार्टीको मुख्यालयमा धन्यवाद टक्राएका समाचार पनि बाहिर नआएको होइन । भ्रष्टाचारका ठूलाठूला मुद्दामा मुछिएका व्यक्तिहरुलाई विशेष अदालतले सफाई दिएका व्यक्तिहरु बारे सर्वोच्च आदालतले उल्ट्याएको फैसला ताजै छ । त्यस्ता न्यायधीशलाई कारवाही गर्न सर्वोच्च अदालतले प्रकृया अघि नबढाएको पनि होइन । तर, व्यवहारीक कार्यन्वायन खोइ त श्रीमान् ? भनेर कानून व्यवसायीहरुले नै प्रश्न तेर्साइरहेका छन् । बारले लगाएको आरोपप्रति चासो व्यक्त गर्दै सर्वोच्च अदालतले बारका पदाधीकारीलाई आवश्यक प्रमाण जुटाई सत्य, तथ्य तथ्याङ्क पेश गर्न पत्र लेखेको छ । प्रधानन्याधीशको निजी सचिवालय मार्फत आएको यस पत्रबारे बार एशोसिएसनले आपक्ति जनाएको छ । यस बारे बार महासचिव सुनिलकुमार पोखरेल भन्छन्–‘प्रधानन्यायधीशको निजी सचिवालयले कारवाही गर्ने आधिकारीक निकाय छैन आवश्यक परे प्रमाण दिन हामी तयार छौं ।’ न्यायलयमा भ्रष्टाचार भएको तत्थ्य न्यायलयको दस्तावेजमा उल्लेख भएको भन्दै भ्रष्ट न्यायधीलाई कारवाही नगरेसम्म बारएशोसिएसन चुप लागेर नबस्ने पोख्रेलको जीकिर छ । न्यायलयमा विचौलीया र अनियमितता व्याप्त छ, त्यसको अन्त्य जरुरी छ, बारले यस्ता व्यक्तिलाई कारवाही गर्न माग गर्दा न्यायलय आत्तिनु पर्दैन, ।’ उनले भने । भ्रष्ट न्यायधीशरुलाई कारवाही गर्न सर्वोच्चको हकमा संसदमा महाअभियोग लगाउन सकिने भन्दै अन्य अदालतको हकमा न्यायपरिषद्ले नै कारवाही गर्न सक्ने पाखरेलले जानकारी दिए  । बार उपाध्यक्ष टीकाराम भट्टराईले बार एशोसिएसन भ्रष्ट न्यायधीशलाई कारवाही गर्न न्यायलयलाई हरपल सघाउन तयार रहेको बताउछन् । ‘भ्रष्ट न्यायधीशहरुको प्रमाण हामीस“ग छ ।’ उनले भने ‘कारवाहीको लागि बार हरपल तयार छ ।’ न्यायलयमा भ्रष्टाचार बढेको कुरा स्वयम् प्रधानन्यायधीश रामकुमार प्रसाद साहले नै स्वीकारी सकेका छन् । सर्वोच्च अदालतका सह–प्रवक्ता बाबुराम दाहाल बारको अभिव्यक्ति सान्दर्भीक नभएको बताउँछन् । ‘बारका पदाधिकारी जस्ता जिम्मेवार व्यक्तिहरुले सार्वजनिक अभिव्यक्ति दिनु उपयुक्त होइन ।’ उनले भने ‘आवश्यक प्रमाण पेश गरे भ्रष्ट न्यायाधीशमाथि कारवाही हुन सक्छ तर, प्रमाण बिना हचुवाको भरमा आरोपित गर्नु भन्दा पनि यथेस्ट प्रमाण ल्याए उनीहरुको गोपनियता राखि कारवाही अघि बढाउन सकिन्छ ।’ गत मंसीरमा काठमाडौंमा सकिएको न्यायधीशहरुको दोस्रो सम्मेलनको आधिकारीक दस्तावेजमा समेत १८ औं बुंदामा न्यायलयभित्र हुने भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनु आबश्यक हुन्छ भनि उल्लेख छ । एउटा व्यक्ति विशेषको कारणले न्यापालिकाको छविलाई नकारात्मकरुपमा प्रस्तुत हुने वर्तमान प्रवित्तिलाई अन्त्य गर्न तथा न्यायलयभित्र हुने भ्रष्टाचार अन्त्य गर्न स्वयंले विवेकपूर्ण, कानूनसम्मत  र पद्धतिगतरुपमा सम्बोधन गर्न जरुरी रहेको उल्लेख छ । साथै स्वतन्त्र न्यायीक उत्तरदायित्व तथा जवाफदेहिता निकाय गठन गर्नसक्ने व्यवस्था संविधानमा उल्लेख गर्नुपर्ने उल्लेख छ । प्रधानन्यायधिश, न्यायधिश नियुक्ति हुनु अघि संसदीय सुनुवायी होस् या कानूनी व्यवसायीहरुले होस न्यालयको नियतमाथि बारम्बार प्रश्न उठाएका छन् । यसो त ट्रान्सपरेन्सि इन्टरनेलले समेत नेपाल बढि भ्रष्टाचार गर्ने मुलुकको सूचिमा राखेको छ । उसको रिर्पोट अनुसार राजनीतिक दल, व्यूरोक्यासी तथा न्यायलयलाई बढी भ्रष्टाचार हुने सूचिमा राखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies