Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

हरियो वन कार्यक्रमबारे अध्ययन सुरु

\"\"धनगढी, २२ मंसिर । कैलाली जिल्लामा वन विनास, वन क्षयीकरणका कारण र जैविक विविधतालाई पर्ने खतरालगायतका विषयमा हरियो वन कार्यक्रमले पारेको प्रभावबारे अध्ययन सुरु गरिएको छ । हरियो वन कार्यक्रमले पारेको प्रभाव एवम् देखिएको नतिजाका बारेमा यसमा सरोकार राख्ने स्थानीय समुदाय, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समूहका पदाधिकारी, वन कर्मचारीलगायतकाबीच छलफल गरेर अध्ययन थालिएको हो । गोष्ठीमा सहभागीले हरियो वन कार्यक्रम सञ्चालनबाट डढँेलो तथा चोरी सिकारी नियन्त्रणमा भएका प्रयास, वन्यजन्तुको संरक्षणसम्बन्धी क्रियाकलाप, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका प्रयासलगायतका बारेमा सुझाव दिएका छन् । कार्यक्रममा परामर्शदाता श्यामप्रसाद शर्मा र अनुसन्धानकर्ता रामु जोशीले गोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए । गोष्ठीमा जिल्ला वन अधिकृत रमेश चन्दले जिल्ला वनसँग समन्वय गरी वनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । हरियो वन कार्यक्रम कैलालीको कर्णाली करिडोर र मोहना लालझाडी क्षेत्रमा कार्यान्वयन भएको जनाइएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा सञ्चलित यो कार्यक्रमअन्तर्गत भएका गतिविधि र परेको प्रभावका बारेमा कैलालीलगायतका अन्य जिल्लामा समेत अध्ययन गर्न लागिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending