Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

अमेरिकी अनुसन्धानकर्ताहरुको दावी : काठमाडौं अझै ठुलो भूकम्पको जोखिममा

काठमाडौं, २२ मंसिर । नेपालमा झण्डै नौ हजारको ज्यान जाने गरी र झण्डै ६ लाख भौतिक संरचनाहरुको क्षती हुने गरि भूकम्प गएको डेढ बर्ष नाघेको छ । नेपालमा उक्त ठुलो भूकम्प गएको डढ बर्ष ननाघ्दै नेपालको काठमाडौं उपत्यका र हिमालयन क्षेत्र वरिपरि फेरि अर्को ठुलो भूकम्प जानसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । गत वर्षको भूकम्पछि गरिएका स्थलगत अनुसन्धान तथा विश्लेषणले १२४ माइल लामो हिमालयन फ्रन्टल फल्ट यस्तो अवस्थामा छ, जसले ८ रेक्टर स्केल वा सो भन्दा ठूलो म्याग्नेच्युटको भूकम्प पैदा गर्न सक्छ । यसबाट १५ देखि ३० फिट अग्लो दरार पैदा हुन सक्ने देखाएको छ । शोधकर्ताहरुका अनुसार गत वर्षको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पहरु अझै शक्तिशाली भुइँचालो आउन सक्ने खतराका संकेत हुन् । अमेरिकाको नेवादा विश्वविद्यालयका शोधकर्ता सहितको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गत वर्षको भुइँचालोपछि काठमाडौं लगायत फल्ट लाइन क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषण गरेको छ । शोधकर्ताहरुले त्रिवेणी र वागमती क्षेत्रको जमिनमा दुई गहिरो प्वाल खोपेर संरचनात्मक र रेडियोकार्वन सम्बन्धमा अध्ययन गर्नुका साथै फल्ट एरियामा चट्टान तथा माटोको पत्रहरुको समेत अनुसन्धान गरे । त्यसक्रममा उनीहरुले हजारौँ वर्ष पहिलेको भूकम्पबाट जमीन स्थानान्तरण भएको प्रमाण फेला पारे । काठमाडौंबाट झण्डै २ सय किलोमिटर दक्षिणमा पर्ने त्रिवेणीमा उनीहरुले कम्तिमा १५ फिट ठाडो भिन्नता रहेको भिरालो किनारा पत्ता लगाए, जुन सन् १२२१ देखि १२६२ को बीचको भूकम्पीय गतिविधिका कारण जमीन सरेर भएको हो । त्यस्तै वागमती क्षेत्रमा उनीहरुले ३० फिट भर्टिकल सेपरेसन फेला पारे जुन सन् १०३१ र १३२१ के बीचमा निर्माण भएको हो । सेन्टर फर नियोटेक्टोनिक स्टडिजका निर्देशक तथा भौतिक विज्ञानका प्राध्यापक समेत समेत शोधकर्ता स्टेभ वेस्नस्कीले पछिल्लो २ हजार वर्षयताका भूकम्पीय अवशेषहरुको अध्ययन गर्नका लागि काठमाडौं र आसपासमा खाडल खनेर फल्ट लाइनका साथै चट्टान र माटोको अध्ययन गरिएको बताए । उनले पछिल्लो २० वर्षदेखि हिमालय फ्रन्टल फल्टको अध्ययन गरिरहेका छन् । ऐतिहासिक अध्ययन तथा अहिलेको अवस्थालाई तुलना गर्दा उक्त क्षेत्रका फल्टहरु गोरखा भुकम्पभन्दा पनि ठूलो भूकम्प ल्याउन सक्षम रहेको देखिएको उनले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending