Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

विजुक्छेंले भने ‘भारतीय राजदुत रेलाई तत्काल देश निकाला गराैं‘

\"\"काठमाडौं, २२ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भारतीय राजदूत रन्जित रेलाई जासुसीको आरोपमा तत्काल देश निकाला गर्नुपर्ने बताएका छन् । बुधबार राजधानी गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले देशमा विखण्डन ल्याउने नियतका साथ भारतीय राजदूतले कूटनीतिक मर्यादा विपरित गतिविधि गरिरहेको आरोप लागएका छन् नाकाबन्दीको समयमा भारतका लागि नेपाली राजदूत रहेका नेपाली कांगे्रसका नेता दीपकुमार उपाध्यायलाई तत्कालीन सरकारले असक्षम भनी फिर्ता बोलाएपछि फेरि सोही व्यक्तिलाई राजदूत बनाएर पठाउनु सरकारको नालायकीपन भन्दै उनले भारतमा राजदूत रहँदा नाकाबन्दी खुलाउन विशेष पहल गर्नको साटो चौकी छोडेर भागेको कमाण्डरझै जिम्मेवारी छोडेर भागेको आरोप लगाए । संविधान संशोधनको नाममा प्रचण्ड सरकारले भारतीय स्वार्थको पक्षपोषण गरिरहेको भन्दै विजुक्छेंले अहिले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याएर अन्ततः मधेसवादी नेताबाट तराई एउटा छुट्टै राज्यको माग गर्न लगाएर आन्दोलन चर्काउने र नेपालबाट तराईलाई अलग्याई भारतमा विलय गराउने रणनीति अनुरुप संविधान संशोधनको प्रस्ताव आएको उनको भनाइ छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष विजुक्छेंले कुनै पनि जाति, भाषा, धर्म, क्षेत्रको आधारमा राजनीतिक दल खोल्न नपाउने गरी संविधानमा नै प्रतिबन्धको व्यवस्था गरिनुपर्ने बताए । यसैगरी सक्षम र योग्य व्यक्तिलाई उचित पद र अवसर प्रदान गर्नुपर्ने उनको भनाइ छ । एक अर्को प्रसंङगमा अध्यक्ष विजुक्छेंले माओवादीको मुखुुण्डो लगाएर प्रचण्डले माओ विचारधाराको खिल्ली उडाएको आरोप लगाए । कांगे्रस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै, उनले देउवाले भारतीय इसारामा आफू बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरेको आरोप लगाए । यही समयमा राप्रपा र राप्रपा नेपालबिच एकीकरण हुनु संयोग मात्र हुन नसक्ने भन्दै यसमा पनि भारतको हात रहेको हुन सक्ने शंका व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending