Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

भूकम्पपीडितसँगै घुस लिन्छन् प्रहरी

\"\"सिन्धुपाल्चोक, २३ मंसिर । आफ्नो कर्तव्य र बर्दीको धर्मलाई कुल्चँदै भूकम्पपीडित स्थानीयलाई दुःख दिएर रकम असुल्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । भूकम्प पीडित स्थानीयलाई अनावश्यक दःुख दिई मुद्धा मिलाउने बहानामा ४५ हजार रुपैयाँ लिने प्रहरी हवल्दार श्रीमान थापा र प्रहरी जवान सुन्दर श्रेष्ठलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । जिल्लाको सेलाङ गाउँ विकास समितिका स्थानीयको गोप्य सूचनाका आधारमा उनीहरुले कसैलाई अनावश्यक नियन्त्रणमा लिई मुद्धा मिलाउने भन्दै ४५ हजार घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी नियमावली अनुसार उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रविन्द्र केसीले बताए । निलम्बनपछि घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकश्यामकृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति नै गठन गरिएको उनले जानकारी दिए । ‘आचरण र व्यवहार सुधार गरि प्रहरी सेवालाई जनमुखि, निश्पक्ष र पारदर्शी बनाउने अभियानमा छौं’, प्रहरी प्रमुख केसीले भने, –‘प्रहरी आचरण बिपरीत कार्य गरेको पाइयो, उनीहरुलाई निलम्बन गरियो ।’ १६ मंसिरको राति सेलाङ गाउँ विकास समितिस्थित तामाङ समुदायमा छेवारको रमझम थियो । तामाङ संस्कार अनुसार छेवार भइरहेका बेला रातको समयमा कोही कसैले पटका पट्काएका थिए । पटका पट्काएपछि इलाका प्रहरी कार्यालय जलविरेका कार्यरत प्रहरी हवल्दार श्रीमान थापा र प्रहरी जवान सुन्दर श्रेष्ठ छेवार भएको घरमा पुगि किन बन्दुक पट्काएको कसले पट्काएको भनि ¥याख¥याखती पार्न थाले । उनीहरुले तत्काल केहि स्थानीयलाई नियन्त्रणमा पनि लिए । पटका पट्काएकै बिषयमा प्रहरी हवल्दार थापा र जवान श्रेष्ठले बार्गेनिङ सुरु गरे । पछि ४५ हजारमा कुरा मिलाएर पैसा लिई उनीहरु जलविरे फर्किएका थिए । पटका पट्काएको सामान्य बिषयमा अनावश्यक दुःख दिई उल्टै ४५ हजार पैसासमेत लगेपछि स्थानीयले प्रहरीमा सूचना दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending