कति छ जयललिताको सम्पत्ति? कसले गर्ला उनको सम्पत्तिमा हक दावी
मंसिर २३ गते, २०७३ बिहिवार 8th December, 2016 Thu११:०५:१६ मा प्रकाशित
एजेन्सी, २२ मसिर । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनपछि शोकमा तामिलनाडुमा एक साता लामो सरकारी बिदा दिइएको छ । तामिलनाडुका मानिस अहिले शोकमा छन् ।
अम्मा’को निधनले उनीहरुलाई शोकाकुल मात्र बनाएको छैन, अन्नद्रमुक पार्टीको नेतृत्व अव कसरले गर्ला भन्ने पनि जनचासोको विषय बनेको छ । यो सँगसँगै आर्कौ प्रश्न पनि उब्जिएको छ –अब जयललिताको सम्पत्तिको हकदाबी कसले गर्ला ?
यो प्रश्नमाथि अधिकांशको चासो किन पनि छ भने जयललिता तामिलनाडुकी धनी नेता मध्ये पर्छिन । केही वर्षअघि उनीसँग एक हजारभन्दा धेरै साडी, एक सय भन्दा बढी महंगा घडी कैयौं जोर जुत्ताचप्पल भएको सर्वाजानिक भएको थियो ।
यति मात्र होइन , जयललितामाथि सन्१९९६मा विपक्षीले गैरकानुनी तरिकाले सम्पत्ति जोडेको अभियोग पनि लगाएका थिए । त्यतिवेला अदालतमा दायर भएको मुद्धाको फैसला सेप्टेम्बर २०१४मा भएको थियो । अदालतले उनलाई चार वष कैद सजय सहित एक अर्ब भारतीय रुपैँया जरिवानाको फौसला सनाएको थियो । तर कर्नाटक उच्च अदालतले उनलाई सन् २०१५ मेमा सफाई दियो ।
अदालतले जारिवाना नै एक अर्व भारतीय रुपैयाँ सुनाएपछि जयललिताको सम्पत्तिबारे त्यतिवेला पनि व्यापक चर्चा भएको थियो ।
यो चर्चा स्वभाविक पनि थियो । उनको निवास नै २४ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । अब त्यो पोयस गार्डेनको बंगालमा को बस्ला? मानिसले यो प्रश्न पनि सोध्न थालेका छन् ।
किनकी जयललिताले आफ्नो शेषपछि उत्तराधिकारीबारे केही पनि खुलाएकी छैनन् । न त उनले यस विषयमा कुनै इच्छापत्र छाडेकी छिन् । त्यसै पनि अब उनको त्यो बंगलाबारे अनेक अनमान हुन थालेका छन् । घरजग्गा कारोबारीका अनुसार पोयस गार्डेनको बंगलालाई अहिले ९० करोड भारतीय रुपैँया पर्छ ।
जयललिताको विरासत थाम्ने अनुमान गरिएकी शशीकला नटराजनले गार्डेनलाइृ आफ्नो आवसका लागि प्रयोग गर्लिन त ? कि ‘अम्मा’की भतिजी दीपा जयकुमार र उनका भाई दीपकले त्यो घरमा दाबी गर्लान ?
जयललिताका ‘राजनीतिक गुरु ’ एमजिआरको शेषपछि जस्तै अव पनि सम्पत्तिको उत्तराधिकारीबारे विवाद बढ्ने त होइन ? अहिले विभिन्न अनुमान हुन थालेका छन् । एमजिआरको मृत्यपछि चन्नाईस्थित उनको महलको विषयमा लामो समय कानुनी विवाद जन्मियो ।
तर त्यतिबेलाचहिँ एजिआरले हकदाबीबारे इच्छपत्र छाडेका थिए । आफ्नो इच्छापत्रका सर्त लागु गर्न जिवित छँदै एक कार्यकारीसमेत तोकेका थिए । दुई दशकको अदालती द्धन्दपछि मद्रास उच्च न्यायलयले हालै एक भूतपूर्व न्ययधीसलाइृ एमजिआरको सम्पत्तिको प्रशासकका रुपमा नियुक्त गरेको छ ।
जयललिता र र उनीका आमा सन्ध्याले सन् १९६७मा एक लाख ३२ हजारमा पोयस गार्डेन किनेका थिए । जयललिताका भतिी र भतिजाले जहो भने सो गार्डेनको दावी गर्न सक्ने विज्ञहरु बताउँछन् ।
चेन्नाइको घर बाहेक जयललिताको ४१ करोड ६३ लाख चल र ७२ करोड नौ लाख अचल सम्पत्ति रहेको छ । पछिल्लो पटक विधानसभा निर्वाचनमा उनले बुझाएको सम्पत्ति विवरण अनुसार जयललितासँग एक अर्ब १३ करोड ७३ लाख सम्पत्ति छ ।
उनको १४ दशमलव पाँच एकड जग्गा हैदराबादमा रहेको छ। उनको बैंक ब्यालेन्स पनि रहेको छ । उनको विभिन्न बैंकमा १२ करोड भारु छ । आम्दानी भन्दा अधिक सम्पत्ति रहेको भन्दै उनका केही बंैक अकाउन्ट फ्रिज भएका छन् ।
उनको १२ सय ५० किलो गरगहना छ , जसको बजारभाउ तीन करोड १२ लाख ५० हजार पर्छ । आफुसँग सुनका केही गहना पनि भएका भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी थिइन ।
जयललितासँग दुईवटा टोयटा प्राडो एसयुभी छन् । यी दुईको मुल्य ४० लाख भारतीय रुपैँया पर्छ । त्यसैगरी , एउटा टेम्पो ट्राभलर , टोम्पो ट्रयाक्स , एउटा महेन्द्रा जिप, १९८० मा निर्मित एउटा एम्बाडर , महिन्द्रा बोलेरो लगायत अरु पनि सवारी साधन छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: