Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

जाजरकोटमा एकीकृत पोषण अभियान ‘सुआहारा २’ सञ्चालन

\"\" जाजरकोट,२३ मंसिर । सरकारको बहुक्षेत्रीयपोषण योजनालाई सघाउन जाजरकोट जिल्लामा एकीकृत पोषण अभियान (सुआहारा) दुई सञ्चालनहुने भएको छ । सुनौलाहजार दिनका मातृ तथा शिशुहरुको पोषणमा सुधार ल्याउन सुआहारा दुई सञ्चालन हुने भएको हो ।कृषि प्रबद्र्धनका माध्यामवाट सुनौला हजार दिनभित्रका मातृ तथाशिशुहरुको पोषण सुधार गर्ने सुआहारा दुईले जनाएको छ । सुकेनास, फुकेनास जस्ता स्वास्थ्य समस्याहरुवाट मुक्तगर्न बच्चा र आमा दुवैलाई बृहत तथा सुक्ष्म पोषण तत्वहरुको आबश्यक पर्ने सुआहा परियोजनाका सिनियर गवरनेन्स मेनेजर बिष्णु रमन न्यौपानेले वताए । मानव स्वास्थ्यकालागि अनिवार्य चाहिने बृहतपोषण तत्वहरु हरियो सागपात, पेंहला फलफुल, गेडागुढी, विभिन्न खाद्य बाली, दुध, दही, माछा, मासु लगाएतका रैथाने अन्न बालीहरुवाट प्राप्त हुने समेत मेनेजर न्यौपानेले जानकारी दिए । जिल्लामा पोषण सुधार गर्न सम्पूर्ण राजनैतिक पार्टीका नेता तथा कार्यकर्ता, नागरिक समाज, पत्रकारहरुलाई घर–घरमा मेवा र केराका विरुवाहरु रोप्न मेनेजर न्यौपानेले अपिल गरे । विश्व सामु स्वस्थ्य, सक्षम र सबल नागरिकका रुपमा नेपालीहरुलाई चिनाउन उपभोगवादी चिन्तनलाई परिवर्तन गरेर उत्पादनशिल चिन्तनमा बदल्न जरुरी भएको र त्यसका लागि आफु धेरै पटक जाजरकोटमा आईसकेको उनले बताए । जति पटक आफु जाजरकोट आयो त्यति पटक जिल्लाको भौतिकपुर्वाधार विकासले भौतिक संरचनाहरु परिवर्तन हुदै गएको भएतापनि पोषण संम्बेदनसिलता, कृषि प्रबद्र्धनमा अपेक्षाकृत रुपमा व्यबहार परिबर्तन नभएको भन्दै न्यौपानेले दुःखब्यक्त गरे । सुआहारा नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजना, नेपाल स्वास्थ्य क्षेत्र योजना ३, पोषणसम्बन्धी राष्ट्रिय नीति रणनीति, सरसफाई सम्बन्धी गुरुयोजना र स्वायत्त शासन ऐनभित्र रहेर कामगर्ने परियोजनाभएको सुआहारा जाजरकोट जिल्ला संयोजक गान्धीराज वाग्लेले जानकारी दिए । सुआहारा (एकीकृत पोषण अभियान)ले नेपाल सरकार तथा राष्ट्रिय योजना आयोगको ५ बर्षिय बहुक्षेत्रियपोषण योजनालाई किनै सहयोग गर्ने संयोजक वाग्लेले दावी गरे । आगामी ५ बर्ष सम्म सुआहारा कार्यक्र जिल्लामा सञ्चालन हुने बताइएको छ । उक्त कार्यक्रम जिल्लाको एक नगरपालिका र २६ वटा गाउँबिकास समितिमा सञ्चालन गरिने जानकारी दिईएको छ । बहुक्षेत्रिय कार्यपद्धतिवाट सुआहारा कार्यक्रम जाजरकोट लगाएतका ४० वटा जिल्लामा सञ्चालन भईरहेको कार्यक्रम हो । नेपाल सरकार र अमेरिकि सहयोग नियोग युएसएडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमहो । सुआहाराले सहश्राव्दी बिकास लक्ष्यलाई टेवा पुर्याउदै अन्ततःदिगो बिकास लक्ष्यलाई सहयोग गर्ने वताइएको छ । सुआहाराले पोषण सुधारकालागि सामाजिक ब्यबहार परिवर्तन, पोषण सुधारकालागि गुणस्तरीय सेवा तथा पहुच बिस्तार, पोषण सुधारका लागि खानामा विविधीकरण र सुशासनका क्षेत्रमा काम गर्दै आएको परियोजना हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending