Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

काँग्रेसले जिल्ला अधिवेशन पुस १५ सम्म गर्ने

\"\"काठमाडौं, २३ मंसिर ।  मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ। केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा काँग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो। तर त्यसयता झन्डै १० महिनासम्म पनि ती जिल्लाको अधिवेशन नभएपछि केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ । समिति सचिव डा प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। साथै समितिले १३औँ महाधिवेशनका क्रममा महासमिति र स्थानीय अन्य निकायमा निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक सङ्घलगायत संस्थाको सहयोगमा पुस मसान्तभित्र निर्वाचन सम्पन्न गर्न परिपत्र जारी गरेको छ । त्यस्तै समितिले २०७२ माघ २५ गते सम्पन्न सङ्खुवासभा जिल्ला अधिवेशनमा बराबरी मत प्राप्त गर्ने सभापतिका प्रत्यासीद्वय दीपनकुमार श्रेष्ठ र पासाङ शेर्पाको आगामी पुस १० गते गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गर्ने निर्णय गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending