Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

किन उपेन्द्रको साथ छाड्दैछन् गैरमधेसी नेता कार्यकर्ता

\"\" काठमाडौं, २३ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकताको हल्ला चलिरहेकाबेला गैरमधेसी नेता कार्यकर्ताले भने उपेन्द्रको साथ छाड्दै गएका छन् । पार्टी एकता गरिएपछि पनि उपेन्द्र मधेसीहरुको मात्रै भएको आरोप गैरमधेसी कार्यकर्ताले लगाउँदै आएका छन् । मधेसका हितमा मात्रै काम गर्ने गरेको आरोपमा पछिल्लो पटक राई समूहबाट एकतामा गएका नेताहरुले धमाधम पार्टी छाड्दै गएका छन् । पहिलो संविधानसभाको निर्वाचन अघि क्षेत्रीय पार्टी खोलेर मधेस केन्द्रित क्षेत्रीय राजनीति गर्दै आएका उपेन्द्रले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरी राष्ट्रिय पार्टीका रुपमा दावी गर्दै आएका छन् । तर मधेसवादी दलहरुसँग मोर्चा बनाएर उपेन्द्रले पछिल्लो पटक मधेस आन्दोलन चर्काए । पाँच महिनाभन्दा बढी मधेस आन्दोलनबाट पनि आफूहरुको माग सुनुवाइ नभएको भन्दै मोर्चाका अरु दललाई पनि लतारेर उपेन्द्रले राजधानीमा छिराए । विभिन्न जानजाति समूहसहितको २९ दलीय संघीय गठबन्धन बनाएर राजधानी केन्द्रित आन्दोलन थालिए पनि आन्दोलन प्रभावकारी भएन । मधेसलाई छाडेर जनजातिको पछि लागेको भन्दै उल्टै मोर्चामा आवद्ध अन्य पार्टीका नेता उपेन्द्रसँग नै रुष्ट भए । उता मधेसीहरुकै विश्वास गुमाउन पुगेका उपेन्द्रलाई यता जनजातिहरुले पनि साथ छाड््दै जान थालेका छन् । उपेन्द्रका पाँच केन्द्रीय सदस्यसहित ९२ जना नेता कार्यकर्ता विहिबार पुरानै पार्टीमा फर्किए । फोरम नेपालका केन्द्रीय सदस्यहरु विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनालले पार्टी परित्याग गरे । खेलकुद विभागका सचिव सुकदेव चाम्लिङ, रक्तिम सांस्कृति परिवारका केन्द्रीय सदस्य छविलाल राहुमगरसहित९२ जना नेता कार्यकर्ता एकैसाथ पार्टी छाडेर एमालेमा फर्किएपछि उपेन्द्रलाई मात्र होइन, अशोक राईहरुमाथि पनि संकट थपिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending