Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नयाँ शक्तिले फौजदारी अभियोग लागेका ब्यक्तिसंग आर्थिक सहयोग नलिने

\"\"काठमाडौं, २३ मंसिर ।  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आन्तरिक पार्टी संचालनका आधारभूत खर्च धान्न पराश्रित नहुनेगरी आर्थिक स्रोत परिचालन नीति अवलम्बन गर्ने भएको छ । मंसिर ६ गतेदेखि ८ गतेसम्म ललितपुरको धोबीघाटमा बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले पारित गरेको आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि अनुसार पार्टी संचालनका लागि संगठित सदस्यहरुबाट प्राप्त हुने रकमलाई नै मुख्य स्रोत मानेको छ । पार्टीको तर्फबाट कुनैपनि राजकीय लाभको पद ग्रहण गर्ने सदस्यले मासिक पारिश्रमिकको ५ प्रतिशत पार्टीलाई बुझाउनुपर्नेछ । त्यसैगरी पार्टी सदस्यहरुबाट स्वेच्छिक योगदान स्वीकार गर्ने नीति पार्टीले लिएको छ । आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधिले सदस्यहरुको सदस्यता शुल्क, सदस्यता नवीकरण दस्तुर, उम्मेदवारी शुल्क, पार्टी सदस्यले राजकीय लाभको पद ग्रहण गरेको अवस्थामा पाउने रकमको आंशिक योगदान, चन्दा, सेवा शुल्क, सांस्कृतिक कार्यक्रम संचालन गर्दा बचेको रकम, शुभचिन्तकहरुबाट गरिने स्वेच्छिक आर्थिक सहयोग, पार्टी प्रकाशनहरुको बिक्री तथा जिन्सी सामान बिक्री आम्दानीलाई मुख्य स्रोत निर्धारण गरेको छ । पार्टी संचालनका लागि स्वीकार गरिने व्यक्तिगत वा संस्थागत चन्दा तथा आर्थिक सहयोग निःशर्त रुपले मात्रै स्वीकार गरिने कार्यविधिमा उल्लेख छ । सहयोग लिंदा प्रचलित कानून बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालो सूचीमा परेको व्यक्ति, फौजदारी अभियोगमा जेल परेको व्यक्ति, भ्रष्टाचारको अभियोगमा छानबिनको क्रममा रहेको वा अदालतले भ्रष्टाचारी भनी फैसला गरेको व्यक्तिबाट कुनै प्रकारको आर्थिक सहयोग नलिने नीति बनाएको छ । त्यस्तै दाताको नाम ठेगाना नखुलेको स्रोतबाट कुनै प्रकारको आर्थिक सहयोग एवं दान–दातव्य ग्रहण नगर्ने नीति लिएको छ । र, चन्दा दिने व्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राखी प्रत्येक ६/६ महिनामा नयाँ शक्ति नेपालको वेवसाइटमा सार्वजनिक गरिने कार्यविधिमा बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending