Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

पूर्वगृहमन्त्री घिमिरेको जीप दुर्घनाको कारण खुल्यो

\"\"

काठमाडौँ, २३ मङ्सिर । आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठन भएको छानबिन समितिले सो निष्कर्ष निकालेको हो । समितिले पूर्वमन्त्री घिमिरेले जिप आफँैले चलाउनुभएको तथा दुर्घटनामा अन्य पक्षको हात नरहेको र यसलाई दुर्घटनाकै रुपमा लिनपर्ने रायसहितको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ । प्रतिवेदन बुझाउँदै संयोजक रानाले भने, \'उहाँको जिपले आफूअघिको ट्रकलाई उछिन्दै अघि बढ्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएपछि ठोक्किनबाट जोगिन खोज्दा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको देखिन्छ ।\' दुर्घटनाको समयमा चालककारुपमै रहनुभएका पूर्वमन्त्री घिमिरेले ‘ब्रेक’ नलगाएको अनुमानसमेत गरिएको छ । गत असोज ११ गते १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति गठन गरिएको थियो । सो क्षेत्र दुर्घटना बढी हुने क्षेत्र भएका र सोहीअनुरुपको सावधानीका लागि सवारी चिह्नसमेत राखिए पनि त्यसको पालना नभएको देखिएको प्रतिवेदनमा औँल्याइएको छ । दुर्घटनाको समयमा सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका चालक विष्णु राईले पूर्वमन्त्री घिमिरेले जिप चलाउँछु भनेपछि आफूले छोडेको र दुर्घटनाको बखत आफू निदाएको बताएको प्रतिवेदनमा उल्लेख छ । जिपमा सवार सातमध्ये चालक राई मात्रै बाँच्नुभएको थियो । पूर्वमन्त्री घिमिरेसहित उहाँका आमा, दुई भाइको मृत्यु भएको थियो । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले दुर्घटना दुःखद भएको बताउँदै प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending