Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नेपालमा रेल सेवाका लागि इन्डोनेसियाको चासो

\"\"काठमाडौं, २३ मङ्सिर । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन् । मन्त्री डा. महतले बिहीबार इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल र इन्डोनेसियाको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री  महतले फोरममार्फत विश्वका कैयौँ देशलाई आमन्त्रण गरी प्रजातन्त्रका बारेमा छलफल र आफ्ना अनुभवको आदानप्रदान गर्ने अवसर प्रदान गर्नुभएकामा धन्यवाद ज्ञापन गरे । इन्डोनेसियाली विदेशमन्त्री मर्सुदीले दुवै देश संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा कार्यरत रहेको स्मरण गर्दै राष्ट्र सङ्घमा दुवै देशको योगदानको चर्चा गरिन् । उक्त भेटमा नेपालमा रेल सेवाका लागि इन्डोनेसिया सरकारले प्रक्रिया सुरु गर्न लागेका विषयमा मन्त्री मर्सुदीले चासो व्यक्त गरेकी थिइन् । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए । त्यसैगरी आजै मन्त्री महतसँग मालदिभ्सका विदेशमन्त्री डा मोहम्मद असिमले पनि शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अवरुद्ध प्रक्रियालाई अघि बढाउने विषयका साथै द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending