Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

कुहिएको चामल खान बाध्य खोटाङका कैदी

खोटाङ, २४ मङ्सिर । जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो । संस्थानबाट कारागार लगिने चामल विसं २०७१÷०७२ मा प्याकिङ गरेको पाइएको छ । “सडिएर अमिलो भइसकेको चामल खुवाएपछि हामीले सम्बन्धित निकायमा पटकपटक कुरा उठायौँ”, एक कैदीले भने, “हामीप्रति भएको अन्यायको विषयमा अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन ।” संस्थानले सडिएको चामल बिक्री गरिरहँदा कारबाही गर्ने निकाय जिल्ला प्रशासन मौन रहेको कैदीबन्दीले आरोप लगाएका छन् । “संस्थानबाटै हाम्रो स्वास्थ्यमाथि हेल्चेक्र्याइँ भएको छ”, एक बन्दीले भने, “यसप्रति सम्बन्धित निकायले गम्भिरतापूर्वक हेरेर कारबाही गर्नुप¥यो ।” संस्थानबाट ल्याएर अहिले खाँदै गरिएको चामल बोरामै चुलेसा परेको, भिजेर डल्लो परेको र सडिएर कालो भएको रहेको कैदीबन्दीले बताएका छन् । सामाजिक कानुनी सहायता केन्द्र खोटाङले गत सोमबार आयोजना गरेको निरीक्षण कार्यक्रमका लागि कारागार पुगेको टोलीसमक्ष उनीहरुले यस्तो दुखेसो पोखेका हुन् । यसअघि राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले कारागार निरीक्षण गरेर सार्वजनिक गरेको प्रतिवेदनमा समेत कैदीबन्दीलाई सडिएको चामल खुवाउने गरेको पाइएको थियो । आयोगले कारबाहीका लागि सिफारिस गर्दासमेत सम्बन्धित निकायलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । तीन वर्षअघिदेखि संस्थानको गोदाममा थन्किएर रहेको चामल कारागारलाई उपलब्ध गराइएको संस्थानका प्रमुख देवकिशोरलाल कर्णले स्वीकार गरे । “संस्थानमा रहेको चामल खानयोग्य नै थियो”, उनले भने, “खानयोग्य भएकै कारण कारागारलाई उपलब्ध गराइएको हो ।” संस्थानले आर्थिक वर्ष २०७३÷७४ का लागि कारागारलाई दिनका लागि भनेर एकसय ४१ क्विन्टल चामल छुट्याएको थियो । तीन वर्षअघि खाद्य संस्थानमा आएको चामल गत वर्ष बिक्री नभएपछि सोही चामल यस वर्ष कारागारका कैदीबन्दीका लागि उपलब्ध गराइएको संस्थानले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending