Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

लथालिङ्ग ललितपुरका सडक

\"\"ललितपुर, २४ मङ्सिर । विसं २०१५ सालमा खुलेको कान्ति राजपथ अझै पूरा भइसकेको छैन । कच्ची बाटो र वर्षामा पहिरोका कारण बाटो अवरुद्ध भइरहँदा स्थानीयवासी हैरान छन् । बर्सेनि स्तरोन्नतिको काम भइरहे पनि स्थानीयवासीले सहजरुपमा आवत–जावत गर्न पाएका छैनन् । चारवर्ष पहिले सडक विस्तार सुरु भएको कलङ्की–कोटेश्वर (ललितपुर हुँदै) सडक पूरा नहुँदा ललितपुरवासी हैरान छन् । गाडी गुड्ने सडक साँघुरो भएकाले एकातिर सडकमा नियमित ट्राफिक जाम र अर्कातिर धुँवा–धुलोले गर्दा सडक प्रयोगकर्ता हैरान भएका हुन् । गत वर्षको भूकम्प र त्यस लगत्तैको नाकाबन्दीले गर्दा सडक निर्माण एक वर्ष अझै लम्बिएको छ । सधैँ सडकमा काम गरेको देखिए पनि यात्रुलाई सहज नभएका ललितपुरका ग्रामीण क्षेत्र र सहरी क्षेत्रका यी दुई सडक उदाहरण मात्रै हुन् । सरकारले ग्रामीण सडकमा बर्सेनि टुक्रे बजेट उपलब्ध गराउँदा र ठूला योजनाका पनि अवधि विभिन्न कारण लम्बिँदा सडक प्रयोगकर्ता हैरान छन् । दोस्रो चौमासिकको सुरु भइसक्दा ललितपुरका कतिपय सडक ठेक्का भइसेका छन् भने कति ठेक्काको क्रममा छन् । त्यसो त ठेकेदारका ढिलाइका कारण अघिल्ला वर्ष पूरा गरिसक्नुपर्ने सडकसमेत लथालिङ्ग छन् । डिभिजन सडक कार्यालय, जिविस, उपमहानगरपालिका, नगरपालिका, कान्ति राजपथ सुधार योजना, काठमाडौँ चक्रपथ सुधार योजना लगायतका निकाय जिल्लामा सडकको काम गरिरहेका छन् । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला भएपनि जिल्लामा सबै गाविसमा सडक सञ्जाल पुगेको ५ वर्ष मात्रै भएको छ । दक्षिण ललितपुरको प्युटारबाट आश्राङ हुँदै ठूला दुर्लुङ सडक जोडिएपछि सबै गाविसमा सडक सञ्जाल जोडिएको हो । चालु आवमा जिल्ला परिषद्बाट स्वीकृत योजनाका करिब १० वटा सडकको काम जिल्ला प्राविधिकको कार्यालयले गरिरहेको छ । केही यही वर्ष स्वीकृत योजना र केही बहुवर्षीय सडकको काम भइरहेको जिल्ला प्राविधिकको कार्यालयमा कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले बताए । धेरै लाभान्वित हुने सडक मात्रै होइन घर–घर पुग्ने सडक बनाउन स्थानीयवासीले माग गरिरहेका छन् । उनी भन्छन्, “घरैसम्म सडक पुग्नुपर्छ भन्ने मान्यता कम गर्नुपर्ने खाँचो छ ।” दलचोकीबाट सङ्खु हुँदै इकुडोल पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । नल्लुबाट चौघरे हुँदै कतुवानबेसीसम्मको ११ किलोमिटर सडक ग्राभेलको काम भइरहेको हो । चन्दनपुरबाट ठूला दुर्लुङ हुँदै आश्राङसम्मको सडक स्तरोन्नतिको स्थानीयवासीले माग गरेका छन् । मोक्तान भन्छन्, “अहिले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।” दक्षिण ललितपुरमा सडक बाह्रै महिना चलाउनका लागि मोटर गुड्ने पुलको कामसमेत भइरहेको छ । डिभिजन सडक कार्यालय अहिले क्षेत्रीय स्तरमा सडक, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, निर्वाचन क्षेत्र अन्तर्गतको सडक लगायतका काम अघि बढाएको छ । यीमध्ये कतिपयको ठेक्का सम्पन्न भइसकेको छ भने कतिपय ठेक्काको प्रक्रियामा रहेको इन्जिनियर रीना साहले बताइन् । क्षेत्रीय स्तरका १४ वटा सडकको यही वर्ष काम सक्ने गरेर ठेक्का भइसकेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत २५ वटा सडकको काम सुरु भएको छ । पाँचवटा रणनीतिक सडकको ठेक्का हुन बाँकी छ । “बहुवर्षीय सडकमा पूरा नहुँदासम्म काम भइरहन्छ ।”, शाहले भनिन् । चक्रपथ अन्तर्गतको ललितपुरको पूरै सडक पर्ने काठमाडौँ चक्रपथ सुधार योजना अन्तर्गतको काम सन् २०१७ को जनवरीसम्ममा सकिने इन्जिनियर रमेश दृष्टिले बताए । काठमाडौँ जिल्लाको कलङ्कीबाट चक्रपथहुँदै काठमाडौँकै कोटेश्वर जोड्ने भएपनि ललितपुरको बढी भाग यस योजनामा पर्छ । ४८ प्रतिशत काम सकिएको दाबी गर्दै उनले भने, “यही वर्षमा पाँच किलोमिटर सडक कालोपत्र पनि सकिनेछ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending