Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

पाल्पामा दुईसय ९५ एचआइभी सङ्क्रमित

\"\"पाल्पा, २३ मङ्सिर । जिल्लामा हालसम्म दुईसय ९५ जना व्यक्ति एचआइभी एड्सबाट सङ्क्रमित भएका छन् ।= जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट २७ र जिल्लाबाहिर स्वास्थ्य परीक्षणबाट भेटिएका तीनजना सहित सङ्क्रमितको सङ्ख्या दुईसय ९५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । सङ्क्रमितमा एकसय ५७ पुरुष र एकसय ३८ महिला रहेका छन् । कुल सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ बालबालिका एचआइभी एड्सबाट सङ्क्रमित अवस्थामा रहेका छन् । सूचना अधिकारी ज्ञवालीका अनुसार जिल्लामा ४१ जना सङ्क्रमित सार्वजनिक भइसकेका हुन् । गत आवमा पाल्पामा एचआइभी एड्सबाट सङ्क्रमितमध्ये पाँचजनाले ज्यान गुमाएका हुन् । त्यसमध्ये एक पुरुष र चारजना महिला रहेका छन् । औषधि नियमतिरुपमा सेवन नगर्दा र रोगप्रति खेलबाड गरेकाले मुत्यु भएका हुन् । जिल्लामा आव २०७०÷७१ मा ८६ एचआइभी एड्स प्रभावित बनेको थियो । आमाबाबुले नियमितरुपमा औषधिको सेवन नगर्दा नवजात शिशु एचआइभी सङ्क्रमित हुँदै आएका छन् । पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले सङ्क्रमितका लागि निःशुल्क ‘एआरभी’ औषधि वितरण गर्न थालेपछि एचआइभी एड्सका सङ्क्रमित खुसी छन् । पाल्पा जिल्लामा एकसय ७१ जनाले नियमित ‘एआरभी’ औषधि सेवन गर्ने ज्ञवाली बताउनुहुन्छ । औषधि सेवन गर्नेमा ९१ पुरुष र ८० जना महिला रहेका छन् । पाल्पाका अधिकांश गाविसबाट काम गर्न भारत जाने चलनका कारण यहाँ एचआइभी सङ्क्रमित भएर आउँदा घरपरिवार, श्रीमती र सङ्क्रमित महिलाबाट जन्मने शिशुसमेत एचआइभी सङ्क्रमित हुनुपर्ने बाध्यता छ । एचआइभी रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसक्दा एचआइभी एड्सबाट सङ्क्रमित बर्सेनि ज्यान गुमाउन बाध्य छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending