Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

नेताहरुमाथि चड्कनदेखि जुत्तासम्म

\"\"काठमाडौं, २४ मंसिर । पटक पटकको आन्दोलबाट ठूला परिवर्तनहरु भए । जहानियाँ राणा शासनदेखि राजतन्त्र हुँदै गणतन्त्र स्थापना भयो । शासनसत्ता फेरिएसँगै परिवर्तनका नाममा पनि थुप्रै नेताहरुले राज्य सञ्चालन गरे । तर नागरिकले परिवर्तनको झिल्को नदेखेपछि नागरिकमा पनि आक्रोश पैदा हुने गरेको छ । सानाले काम विगारेपछि त थप्पड खाने संस्कृति त कायमै छ तर ठूलाले समेत सानाबाट थप्पड पाएपछि त्यसले ठूलै चर्चा पाउँछ । नेपालको राजनीतिमा पनि राजनीतिक दलका नेताहरुले थप्पड पाइरहेका छन् । सम्भव २०४६ सालको परिवर्तनपछि पहिलो पटक कांग्रेस नेता रामचन्द्र पौडेलमाथि संसद बैठकमै तत्कालिन सांसद गोल्चे सार्कीले थप्पड हानेका थिए । तत्कालिन सभामुख पौडेलमाथि सार्कीले हानेको थप्पडले निकै ठूलो चर्चा पायो । सर्वसाधारण नागरिकले पौडेलमाथि थप्पड हानेको नभई सांसदले नै थप्पड हानेका कारण पौडेलले आफूले गल्ती गरेको महशुस गर्ने कुरा पनि भएन । २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र नै समाप्त गणतन्त्र स्थापना भएपछि नागरिकले ठूलै परिवर्तनको महशुस गरेका थिए । तर दुई वर्षमा संविधान जारी गर्ने कसम भएका सांसदहरुले संविधानसभाको अवधि लम्ब्याउँदै गएपछि जनतामा आक्रोश बढ्यो । त्यहि आक्रोशकै कारण एमालेका एक सामान्य कार्यकर्ताले एमाले नेता झलनाथ खनाललाई थप्पड हाने । २०६७ माघ ७ गते सुनसुनरीमा एमालेको कार्यक्रममा एमालेकै सामान्य कार्यकर्ता देवीप्रसाद सुवेदीले खनालमाथि झापड हानेका थिए । त्यसलाई जनताको प्रतिकात्मक कारबाहीका रुपमा नेताहरुले लिएनन् । खनालले थप्पड खाएपछि अरु दलका नेताले खुच्चिङ गरे ।  खनाललाई थप्पड हानेको घटना सेलाउन नपाउँदै एमालेकै नेता खगराज अधिकारीलाई एमाले कार्यकर्ताले नै दुई चड्कन लगाएका थिए । एमाले नेताले माात्र होइन, तत्कालिन दश वर्षे जनयुद्ध लडेर आएका तत्कालिन माओवादी सभासद झक्कु सुवेदीले पनि झापड भेटे । २०६८ वैशाख १९ का दिन गोरखाको गाईखुर– ८ का का प्रेमराज देवकोटाले काठमाडौं सुविधानगर तीनकुनेमा आफ्नै चिया पसलमा चिया खान बोलाएर प्रतिकात्मक कारबाही गरे । नेताहरुले देशका हितमा भन्दा पनि आफ्ना लागि मात्रै काम गरेको भन्दै जनतामा एकपछि अर्को आक्रोश पैदा हुदै गयो । थप्पड संस्कृति सुवेदीमाथिमात्रै सीमित रहेन । सर्वहारा वर्गको मुक्तिको सपना बाँडेर दश वर्ष युद्ध लडेर आएको पार्टीका सुप्रिम कमाण्डर तत्कालिन एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादीकै कार्यकर्ता बाग्लुङका पदम कुवँरले सार्वजनिक कार्यक्रममै तोरीको फुला देख्ने गरी थप्पड हाने । तिहारको भोलिपल्ट भृकुटीमण्डपमा एमाओवादीले गरे चियापान कार्यक्रममा प्रचण्डले झापड खाएका थिए ।
तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसदेखि भारतीय गृहमन्त्रीमाथि जुत्ता प्रहार भएका छन् । नेताहरुमाथि जनताले गरेको प्रतिकात्मक कारबाहीबाट नेपालका नेताहरुले पनि पाठ सिक्न जरुरी छ ।
तत्कालिन कांग्रेस सभापति स्व. सुशील कोइरालामाथि पनि कांग्रेसकै कार्यकर्ताले आक्रामण गरे । कोइरालाले थप्पड नभेटेपनि उनीमाथि २०६९ असोज १३ गते कांग्रेस कार्यकर्ताले सार्वजनिक कार्यक्रम भइरहेको मञ्चमा कुर्चि प्रहार भएको थियो । ठूला नेताहरुले मात्र होइन, साना नेताहरु पनि आपसमा कुस्ती खेल्ने गरेका घटना सुनिएको छ । नेपाली कांग्रेस पर्साका सभापति एवं क्षेत्र नम्बर ४ का सभासद सुरेन्द्रप्रसाद चौधरीले कांग्रेस नेता अजय चौरसियालाई कुटेका थिए । सानाले ठूलालाई गरेको प्रतिकात्मक कारबाहीको अर्थ पनि ठूलै हुन्छ । तर ठूलाले सानालाई यस्ता ब्यवहार भने धेरै ठाउँमा सुनिन्छ । एमाले नेता तथा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारकी कृषि सहकारी राज्यमन्त्री करिना बेगमले पर्साका सिडियो दुर्गा भण्डारीलाई सिडियोकै कार्यकक्षमा गइ थप्पड हानेकी थिइन् । उनले एक पटक मात्र होइन, पाँच पटक थप्पड हानेकी थिइन् । कानून हातमा लिने काम गर्न नहुने भन्दै पाठ सिकाउने नेताहरु मात्र होइन, कानून हातमा भएका प्रहरीले नै यस्ता हर्कत गरेका छन् । तत्कालिन नेपाल प्रहरीकी डिआईजी थापा बुद्ध एयरबाट नेपालगन्ज जान लाग्दा आफूलाई चेक जाँच गरेको भन्दै ड्यूटीमा रहेकी प्रहरी हवलदार बिना दराईलाई चड्कन लगाएकी थिइन् । लामो समय अखिल नेपाल फुटबल संघमा कब्जा जमाएर हालैमात्र भ्रष्टाचारमा फिफाबाटै करबाहीमा परेका गणेश थापाले पनि सर्वसाधारणको थप्पड भेटेका थिए । उनी मलामी गएका बेला पशुपति आर्यघाटमै मधुसुधन महतले कमल थापा भनेर चड्कन लगाएका थिए । पछिल्लो पटक पूर्व माओवादी नेता तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईमाथि पनि जुत्ता प्रहार गरियो । पोखरामा विहीबार आयोजित एक कार्यक्रममा पीएन क्याम्पसमा डिग्री पढ्दै गरेका सञ्जिव भट्टराईले बाबुराममाथि जुत्ता प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय रुपमा ठूलो नेताहरुमाथि जुत्ता प्रहार हुने गरेका घटनाहरु पनि थुप्रै छन् । तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसदेखि भारतीय गृहमन्त्रीमाथि जुत्ता प्रहार भएका छन् । नेताहरुमाथि जनताले गरेको प्रतिकात्मक कारबाहीबाट नेपालका नेताहरुले पनि पाठ सिक्न जरुरी छ, प्रतिकात्मक रुपमा थप्पड र जुत्ता हान्नेको सीमा नाघ्यो भने उनीहरुले कुनै दिन ठूलै आक्रमण पनि नगर्लान भन्न सकिँदैन । त्यसैले नेताहरु एक पटक सच्चिने हो कि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies