Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

‘पर्ख र हेर’ को प्रचण्ड रणनीति : अलमलियो एमाले

\"\"काठमाडौं, २५ मंसिर । व्यवस्थापिक संसदमा संविधान संशोधन विद्येयक दर्ता गरेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेपछि सशक्त प्रतिवाद गर्ने तयारीमा तात्तिएको एमाले अलमलिएको छ । संशोधन किन ? भनिरहेको एमालेलाई ‘संशोधन संविधानको कार्यान्वयन गर्न’ भनेर उत्तर दिईरहेका प्रचण्डले यसअघिको उनको कार्यशैलीभन्दा फरक ढंगबाट रणनीति अख्तियार गरेपछि एमाले अलमलिएको हो । अर्कोतिर संशोधनको माग गरिरहेको मधेसी मोर्चाले समेत प्रधानमन्त्रीलाई संशोधनमा सघाउनपर्नेमा नमान्ने घोषणा गरेका मोर्चाका नेताहरुलाई पनि प्रचण्डको ,उही रणनीतिले समस्यामा हालेको छ । मोर्चाका नेताहरुसँगको अन्तरंग छलफलमा प्रचण्डले भन्ने गरेका छन्, –‘संशोधनको माग तपाईहरुको हो । समर्थन गर्नुस् । नगरेपनि सरकारलाई केही समस्या छैन ।’ संशोधन विद्येयक लगत्तै हतारिएर नमान्ने र समर्थन नगर्ने घोषणा गरेका मोर्चाका नेताहरु समेत अव कसरी अघि बढ्ने भन्नेमा अकर्मन्य मात्रै छैनन् , निकासका बारेमा समेत अष्पष्ट छन् । संशोधन लगत्तै हतारिएर संसद अवरुद्द गर्ने र आन्दोलनको घोषणा गर्दै आन्दोलन सुरु गरेको एमालेलाई सरकारको रणनीतिले अप्ठ्यारोमा पारेको छ । संसदमा संशोधन, लोकमान सिहंमाथिको महाअभियोग लगायतका प्रस्तावहरु छन् भने एमाले संसद अवरुद्द गरिरहेको छ । संविधान कार्यान्वयनका लागी स्थानिय निकायको निर्बाचनसँग सम्बन्धित कानुन विद्येयकहरु समेत एमाले अवरोधका कारण उसै अलपत्र छ । संसद अनावश्यक रुपमा अवरोध गरेको र निर्बाचन रोकेको आरोप एमालेमाथि झन पुष्टी हुँदै जानेछ । उसो त संसदमा प्रस्तुत विद्येयकमाथि संसदहरुले खुल्लारुपमा गर्न पाउने छलफल या अभिमत माथि एमालेले निरंकुश रुपमा छलफलै गर्न नदिने निषेधको राजनीतिमा लागेको भन्दै एमालेप्रति नकारात्मक सन्देश प्रवाहा भईरहेको समेत छ । आफु प्रधानमन्त्री होउन्जेल संशोधन विद्येयक फिर्ता नलिने घोषणा गरेका प्रचण्डले स्थानिय निकायको चुनाव घोषणाका लागी गृहकार्यमा छन् । प्रधानमन्त्री स्रोतका अनुसार केहीदिनभित्रै स्थानिय निकायको चुनाव घोषणा हुन सक्छ । सरकारले चुनावको मिति घोषणा गर्यो भने प्रतिपक्षी एमाले र मोर्चा अर्को समस्यामा पर्न सक्छन् । बुटवल आन्दोलनबाट पछाडी फर्किसकेको एमाले सदनको अवरोधबाट कसरी पछाडी फर्कन्छ हेर्न बाँकी छ । प्रधानमन्त्री प्रचण्ड भने फकाउने र फिर्ता हुने भन्दा पनि थकाउने रणनीतिमा छन् । प्रधानमन्त्री स्रोत भन्छ–‘जायज र आवश्यक काम अगाढी बढाउँदै जाने । मान्नेले मान्छन्, नमान्नेले अवारोध पुर्याएको ठहर्छ’ । संसदबाट संशोधन विद्येयक तत्काल छिनोफानो गर्न चाहेको एमालेलाई अहिले उही मुद्दाले समस्यामा पारेको छ । संशोधन विद्येयक फिर्ता नभएसम्म संसद अवरुद्द गर्न नछोड्ने भनेर अडान लिईरहेको एमालेलाई प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भएसम्म फिर्ता नलिने भनेर जवाफ दिईसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies