Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कर्णालीका लागि प्रधानमन्त्रीका यी १० घोषणा

\"\"सुर्खेत, २५ म‌ंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेत जिल्ला लगायत समग्र कर्णाली क्षेत्रको आर्थिक उन्नति र विकासका लागि बिभिन्न बुँदामा कार्ययोजना बनाएक छन् । बिहिबार कर्णाली एक्सपो २०७३ अन्तराष्ट्रिय मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक बर्षको वजेट मार्फत  कर्णालीका जनताको बिकाशको लागि बिभिन्न कार्यक्रम व्यवस्था गर्ने बताएका हुन् । उनले बताएका १० कार्यक्रम यस्ता छन् । १.हुम्लाको सदरमुकाम सिमिकोटलाई उत्तरी नाका हिल्सासंग जोडने सडक निर्माण सम्पन्न गर्न नेपाली सेनाद्धारा निर्माणाधिन खुलालुलैफु कालीकोटवाट सिमीकोटसम्मको सडकका लागि बजेट व्यवस्था भई सकेको छ । डोल्पा सदरमुकामलाई एकवर्ष भित्र र हुम्ला सदरमुकामलाई दुई बर्ष भित्र सडक सन्जालमा जोडिने कार्यक्रम रहेको छ । २.कर्णाली लगायतका विभिन्न भौगालिक क्षेत्रमा जैविक विविधताको संरक्षण, राराताल क्षेत्रमा पर्यापर्यटन विकास तथा जडीबुटी प्रशोधन र व्यवसायिक उत्पादन बृद्धिका लागि ज्ञान शीप प्रविधी र अनुदान उपलव्ध गराइनेछ । सार्वजनिक निजी साझेदारीमा सुर्खेतमा जडीबुटी र जुम्लामा स्याउ प्रशोधन केन्द्र स्थापना गरिनेछ । ३.कर्णाली लगायतका हिमाली र उचच पहाडी क्षेत्रमा आवासीय विद्यालय विस्तार गरिने नीति रहेको छ । यसको कार्यान्वयनका लागि पहल गर्नु हुनेछ । ४.अछाम, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, दैलेख, क्षेत्रलाई समेटेर पर्यटनको एकिकृत विकासका लागि कुसेमुसे चाखुरे पर्यटन एकिकृत विकास कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ। यसमा समवद्ध सवैले पहल गर्नका लागि आग्रह गर्दछु । मैले याहा उल्लेख गरेका वाहेक पनि धेरै कार्यक्रमहरु बजेट तथा कार्यक्रममा परेका छन । सरकारी निकाय र तपाई निजी क्षेत्रका संघ संस्थाहरुले पहल गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दछु । अन्य तपाईहरुले सुझाव गरेका र माग राखेका तपसिलका कार्यक्रमहरुलाई तपसिल बमोजिम सम्वोधन गर्न चाहान्छु । १) कर्णाली क्षेत्रको प्रवेश विन्दुको रुपमा रहेका सुर्खेतमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बिशेष योजना तथा कार्यक्रम मार्फत सम्वोधन गरिनेछ । साथै प्रदेश नं. ६ को लगानीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने तथा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक प्रकया आरम्भ गरिनेछ । यस क्षेत्रमा संभाव्यताका आधारमा सिमेन्ट कारखाना लगायतका कारखाना स्थापना गर्न प्रोत्साहन गरिनेछ । २) सुर्खेत—नेपालगञ्ज रत्न राजमार्गलाई दुई लेन बनाउने सम्वन्धमा र सुर्खेत —सल्यान—दांग सडकको स्तरोन्नति गरी डबल लेन बनाउन आवश्यक प्रक्रिया शुरु गरिनेछ । त्यस्तै गरी सुर्खेत दैलेख हुँदै महाबु कालिकोट जुम्ला डबल लेन सडक निर्माण कार्यको आवश्यक प्रकृया थालनी गरिनेछ । ३) सुर्खेत लगानी वर्ष २०७३ द्धारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरुमा राष्टिय तथा अन्तर्राष्टिय लगानी भित्र्याउनका लागि नेपाल सरकारका तर्फबाट ठोस पहल गरिनेछ । ४) सुर्खेतको विद्युत प्रशारणलाई १३२ केभीए विद्युत प्रशारण लाईनमा अविलम्ब जोडने माग सम्वोधन गर्न आवश्यक प्रकृया थालनी गरिनेछ । ५) विभिन्न कारणले रोकिएका चौकुने सिमेन्ट कारखाना तत्काल संचालनमा ल्याउन पहल गरिनेछ । माथिल्लो कर्णाली जलविद्युत आयोजना संचालनमा प्रकृयामा रहेको छ । नलसिड.गाड जलविद्युत सञ्चालनका ल्याइनेछ । सरकारका तर्फबाट सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको विस्तृत संभाव्यता अध्ययन गरि आगामी नीति तथा कार्यक्रमहरुमा समावेश गरिनेछ । ६) विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेटोल पदार्थ उत्खनन् प्रक्रिया अविलम्ब अगाडि बढाइने । ७) मुगुको रारा ताल, डोल्पाको शे फोसुण्डो, दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथलगायत यस क्षेत्रमा पर्यटन लगानी आकर्षण गर्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याइने छ । ८) चीनसंग जोडिएका कर्णालीका मुगुको गमगढी– नाक्चेनाङ्ला, हुम्ला सिमिकोट–लिमी–लाप्चा, हुम्ला सिमिकोट–हिल्सा र डोल्पा दुनै– धो–मुरिम्ला नाकाखोल्न पहल गरिने छ । ९) हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्र संगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग उपलव्ध गराइने छ । जाजरकोट र कालिकोटमा प्रशस्त पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापनाका संभाव्यता अध्ययन गरी सो को आधारमा आवश्यक व्यवस्था मिलाईने छ । १०) एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अनुरुप यस आर्थिक बर्षमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिनेछ, सबै प्रदेशमा पोलिटेक्निकल इन्ष्टिच्यूट स्थापना गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending