Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पचुर्गलमा गगन थापालाई कालो झण्डा, पहिचानवादिहरु माथि सांघातिक आक्रमण (भिडियाे सिहत)

जनसम्पर्क समिति पोर्तुगलको चौथो अधिवेशनका लागि आएका नेताद्वय गगन थापा र धनराज गुरुङलाई पहिचानावादीहरुले कालो झन्डा पोस्टर, पम्प्लेट र पहिचान झल्कने नारावाजी सहितविरोध प्रदर्शन गरेका थिए  । भिडियो हेर्नुहोस् Demonstration against Gagan in Portugal : Joint Struggle Committee संयुक्त संघर्ष समिति पोर्तुगलको आह्वानमा सम्पूर्ण पहिचानवादीहरुको यो प्रदर्शनको क्रममा लोकतन्त्रको हिमायती रुपमा आफुलाई प्रस्तुत गर्न खोज्ने आयोजक जनसम्पर्क  समितिका निवर्तमान अध्यक्ष सहमतिको समुहलेप्रदर्शनकारीहरुमा सांघातिक आक्रमण गरेको छ्र आक्रमण क्रममा जथाभावी मुक्का प्रहार, लात्ती प्रहार, घांटी समातेर निचोर्ने, टाउको तथा संवेदनशिल अंगहरुमा मुक्का तथा लात्ती हान्ने अमानवीय कार्यबाट केहि प्रदर्शनकारीहरु सख्त घाइते भएका छन्  । समयमै सुरक्षाकर्मीहरु नआएको भए घटनाले अझै गम्भीर मोड लिन सक्ने थियो भनेर पहिचानवादीहरुका एक सदस्यले बताए  । सामाजिक र राजनैतिक रुपमा आफ्नो स्टाटस बनिसकेका दावी गर्ने  कागजी  हिमायतीहरू १०० औं भन्दा आफ्ना स्वयम् सेवक कार्यकर्ता हुंदाहुदै पनि आफ्ना समकक्षी समक्ष बर्बर आक्रमण  गर्ने दुस्साहस भएकाहरुबाटपोर्तुगलमा भएका नेपालीहरु कस्तो संदेश जान्छ ? यो त समय क्रमले नै बताउला्र आफ्नो स्थापनाकालदेखि लोकतन्त्रको हिमायती भन्न चाहने पार्टीको भात्री संगठनले युरोप जस्तो मानव अधिकार प्रत्याभूति दिन सक्नेपोर्तुगलको लिस्बोनमा यो घटना घटेकोमा सम्पूर्ण पहिचानावादीहरुका संगठनहरु झन् आक्रोसित भएका छन् ।  नेपालको अन्तरिम संविधान अनुसार शान्ति पूर्ण र मर्यादित ढंगबाट गरिएको विरोध प्रदर्शनको एक मात्र उदेश्यभनेको नेपालदेखि आएका नेताहरुलाई अब बन्ने संविधान पहिचान नेपालका सम्पूर्ण जातजाति, धर्म, लिङ्ग,उत्पिधित वर्ग,दलित , मुस्लिम, महिलाहरुको हक, अधिकारहरु स्पष्ट रुपमा लेखिनु पर्छ भन्ने नै थियो भनेर संघर्षसमितिका अर्का सदस्यले जानकारी दिएका छन् । यस घटनाको तिब्र रुपमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सहयोग समितिका सचिव रुपक श्रेष्ठ, नेपाली संघीय समाजका सल्लाहकार पेम्बा शेर्पा, नेपाली जनप्रगतिशील मंचका सल्लाहकार शेर सिंह ठकुरी, आदिवासीजनजाति महासंघका कान्छा शेर्पा र संयुक्त संघर्ष समितिका प्रवक्ता सोम शेर्पाले विज्ञप्तिमा  घोर भर्त्सना गरेका  छन। आफ्ना संयुक्त विज्ञप्ति मार्फत आक्रमणकारीहरुलाई सार्वजानिक रुपमै माफी माग्नु पर्छ भनेर चेतावनीपनि दिएका छन्  । यस अघि पनि पोर्चुगलमा नेपालका केही नेतालाई कालो झण्डा देखाउने कार्य गरिएको थियो । स्मरण रहोस कि संयुक्त संघर्ष समिति पोर्तुगलले  गत मिति १५ तारिखक दिन लिस्बोन स्थित वाणिज्यदुतको कार्यालयमा नेपाल सरकारलाई पहिचान सहितको संविधान सहमतीय प्रक्रियामा बनाउन माग गरेको ज्ञापन पत्रबुझाएको थियो  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies