Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

संविधान र कानुनले व्यवस्था गरेअनुरुप नागरिकता पाउनुपर्नेः पूर्व गृहमन्त्री बस्नेत

\"\"काठमाडौँ, २७ मंसिर । संविधान र कानुनले व्यवस्था गरेअनुरुप व्यावहारिक रुपमा नागरिकता वितरण गर्नुपर्ने र छुटेका कुरालाई कानुन निर्माण गर्दा समेट्नुपर्नेमा दलका नेताहरुको भनाइ रहेको छ । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नागरिक अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ’ विषयक कार्यक्रममा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत संविधान र कानुनले व्यवस्था गरेअनुसार नागरिकता दिनुपर्ने र त्यसमा देखिएका थप जटिलतालाई सङ्घीय कानुन छिटो निर्माण गरी समस्याको समाधान गर्नुपर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीले नागरिकता नदिने निर्णयको पनि पीडितको सरोकारको विषयमा पुनरावलोकन गर्न संयन्त्रको समेत विकास गर्न जरुरी भएको भन्दै नेपाली नागरिक नागरिकताबाट विहीन हुन नहुनेमा जोड दिए । नेकपा (एमाले) सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधानमा नै लिङ्ग, जाति, धर्म र भूगोलका आधारमा भेद्भाव गर्न नपाइने व्यवस्था गरेको हुँदा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नहुने बताए । खुल्ला सिमाना भएको हुँदा धेरैजसो भारतीयसँग विवाह गरेका छोरी र भारतीय नागरिकले नेपाली महिलासँग विवाह गर्दा नागरिकताको समस्या हुने गरेको भन्दै नागरिकतासम्बन्धी ऐन निर्माण गर्दा छुटेका कुरा समेट्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली काँग्रेसका सांसद दिलबहादुर घर्तीले स्थानीयस्तरमा काम गर्ने कर्मचारीको तजबिजले पनि नागरिकता दिने गरेकाले समस्या भएको भन्दै कानुनले गरेको व्यवस्थाअनुसार नागरिकता दिन हिच्किचाउनु पर्ने जरुरी नभएको बताए । उनले नागरिकतासम्बन्धी ऐन निर्माण गर्दा बृहत् जनतासँग छलफल गरेर मात्र अन्तिम रुप दिने वचन दिए। मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सवीन श्रेष्ठले विदेशी नागरिक विवाह गरेर आएकालाई तुरुन्तै नागरिकता दिने तर विदेशीसँग विवाह गर्नेबित्तिकै छोरीलाई नागरिकताविहीन बनाउने प्रावधान सही नभएको बताए । कार्यक्रममा सहभागीले कतिपय अवस्थामा संविधान र कानुनले व्यवस्था हुँदाहुँदै पनि नागरिकता प्राप्त गर्न स्थानीयस्तरबाट कठिनाइ हुने गरेको र जसले गर्दा धेरै नागरिक नागरिकताविहीन हुनुपर्ने अवस्था आएको गुनासो गरेका थिए । मञ्चको तथ्याङ्कअनुसार नेपालमा ४३ हजार नागरिकताविहीन नागरिक रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending