Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कार्यविभाजनको विवादले एमाललेमा रडाको

काठमाडौं, नेकपा (एमाले)को नवौं महाधिवेशन सकिएको झण्डै नौं महिना भैसक्दा समेत नेताहरुको कार्यविभाजनको पूर्णरुपमा टुङ्गो लाग्न नसक्दा एमाले अध्यक्ष खड्गप्रसाद ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच मच्चिएको रडाँको अझै साम्य हुन सकेको छैन् । चैत्र ११ गते पार्टी अध्यक्ष खड्गप्रसाद ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले एमालेका अधिकांश नेताहरुको कार्यविभाजन गरे पनि नेपाल पक्षधरले अध्यक्ष ओलीले एकलौर्टी कार्यविभाजन गरेको भन्दै विरोध गर्दै आएका छन् । कार्यविभाजनको विषयलाई लिएर अहिले दुई नेताहरु अध्यक्ष ओली र बरिष्ट नेता नेपालबीच पानी बाराबारको अवस्था रहेको एमाले नेताहरु स्विकार्छन । गत साता एमालेको केन्द्रीय कार्यालय मदन नगर बल्खुमा पूर्वएमालेहरुलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा दुई नेताहरुले अंकमाल गरेपनि नेताहरुको मन र विचारको समायोजन कही पनि हुन सकेको देखिन्न । एमाले भित्रको कार्यविभाजनमा ओली पक्षधर नेताहरुले नेपाल पक्षघर नेताहरुलाई सौताको व्यवहार गरेको बताएका छन् । तर, संस्थापन पक्षका नेताहरुले भने, समग्र नेताहरुको लगानी क्षमता र योगदानको उचित मुल्यांकन गर्दै कार्यविभाजन गरिएकाले कसैले आपत्ति जनाउन नमिल्ने बताए । एमाले सचिव प्रदिप ज्ञवालीले भने– ‘बारिष्ठ नेता माधव नेपाल र झलनाथ खनालबीच मात्र जिम्मेवरी बाँडफाँडको समस्या देखिए पनि अन्य नेताहरुको जिम्मेवारी टुङ्गी सकेको छ । उहाँहरुबीचमा आपसी समझदारीमा अगाडि बढने कुरा भएको छ ।’ ज्ञवालीले एमाले भित्र कार्यविभाजनलाई लिएर कुनै पनि समस्या नरहेको समेत दावी गरे । उनका अनुसार एमालेले नेतृत्वको कारण नै अहिलेको राजनीतिमा एमाले प्रभावकारी भएको बताए । पार्टी अध्यक्ष ओलीबारे टिप्पणी गर्दै उपमहासचिव घनश्याम भुषालले सार्वजनिक रुपमा नै उनको आलोचना गरि सकेका छन् । जसले गर्दा एमालेको तिक्तता मुल नेतृत्वमा मात्र सिमित नरहेर दोस्रो तहका नेता हुदै तलसम्म त्यसको संचार भएको छ । नेपाल पक्षले ओली पक्षका नेताहरुलाई दोहोरो तेहरो जिम्मेवारी दिइएको तर आफ्ना पक्षका नेताहरुलाई भुगोल, र संगठनमा कहीँपनि नेतृत्व नदिएको उनीहरुको भनाई रहेको छ । नेपाल पक्षधर पशुपति चौलागाँई, बेदुराम भुषाल, राजेन्द्र राई तथा रामकुमारी झाँक्री लगायतका नेताहरुले खबरडबलीसँग कुरा गर्दै संस्थापन पक्षले यस्तै रवैया अपनाई रहेमा पार्टीमा संकट झनै गहिरीनेमा कुनै शंका नरहेको बताए । उनीहरुले पार्टी सञ्चालन निश्चित मापदण्ड, मोडालिटी तथा पार्टीले आजसम्म स्थापना गरेको मुल्य र मान्यता अनुरुप चल्न नसक्नुमा पार्टी अध्यक्ष ओली जिम्मेवार रहेको बताए । ‘पार्टी नेताहरुको योग्यता र क्षमता हेरेर जिम्मेवारी दिइनुको सट्टा ओली कमरेडले नेताहरुको मुख हेरेर जिम्मेवारी दिनु भएको छ । यसले पार्टीको इतिहासलाई नै धुमिल पार्ने निश्चित छ ।’– खबरडबलीसँग नेता झक्रीले आफ्नो दुखेसो पोखिन । नेताहरुबीच तिक्तता बढदै जाँदा एमालेका सुभचिन्तकहरु भने निरास बनेका छन् । उनीहरुले एमाले नेतृत्वले राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिका खेल्नु पर्ने बेलामा पार्टीको आन्तरिक समस्याले पार्टीलाई पछि धकेलेको धारणा राखेका छन् । गत ११ गते पार्टी अध्यक्ष ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष ओलीलाई पार्टी स्कुल विभाग प्रमुख तोकेको छ । उनी यसअघि नै संसदिय दलको नेता समेत रहेका छन् । पार्टीको अध्यक्ष झलनाथ खनाल रहेको समयमा ओलीले झलनाथको आलोचना गर्दै एकै व्यक्ति पार्टी अध्यक्ष तथा संसदिय दलको नेता एकै व्यक्ति हुन नपाइने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending