Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपाल कार्यक्रममा ओबामाको हस्ताक्षर

\"\"काठमाडौं, २ पुस । नेपालका लागि ट्रेड प्रिफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रमका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन् । ओबामाले नेपालका लागि ट्रेड प्रिफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिइए) अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा विहीबार हस्ताक्षर गरेका हुन् । ओबामाको हस्ताक्षरपछि नेपालले उक्त कार्यक्रम पाउने निश्चित भएको छ । ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्टले निश्चित गलैंचा, शिरपोस, सल, स्कार्फ र भ्रमण सामग्रीलगायत खास मापदण्ड पूरा गरेका नेपालबाट आयात हुने दर्जनौँ वस्तुलाई आधिकारिक रूपमा भन्सारछुट सुविधा प्रदान गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृत गरिएको भन्दै दूतावासले २०७२ वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरुत्थानमा सघाउने लक्ष्यसाथ उक्त कार्यक्रम तर्जुमा गरिएको जनाइएको छ । अमेरिकी बजारमा भन्सारछुट सुविधासहित प्रवेश पाउन हालसम्म अयोग्य केही नेपाली निर्यात सामग्रीलाई उक्त कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउनेछ । अमेरिकी दूतावास र एसियाली विकास बैंकले भूकम्पबाट अति प्रभावित ११ जिल्लामा भूकम्पद्वारा क्षति पुगेका १५ विद्यालयको पुनर्निर्माणका लागि सहमतिमा हस्ताक्षर भएको छ । उक्त पुनर्निर्माणबाट ४ हजार ५ सय विद्यार्थी लाभान्वित हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । सहमतिबमोजिमको १ करोड अमेरिकी डलर रकम प्रयोग गरी एसियाली विकास बैंकले आफ्नो भूकम्प आपतकालीन सहायता परियोजनामार्फत विद्यालय पुनर्निर्माण गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending