Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुनका गहना धितो राखेर गाउँमा सडक

\"\"म्याग्दी (बेनी), २ पुस । म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् । भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले आफूले लगाएकोे सुन सदरमुकाम बेनीस्थित गरिमा विकास बैकमा धितो राखेर सडक विस्तारमा सघाएका हुन । गाविसमा सडक पुगेको लामो समय बितिसक्दा पनि गाउँसम्म सडक विस्तारमा जिल्लाका जनप्रतिनिधि र जिविसले कुनै सहयोग नगरेपछि बाध्य भएर चन्दा सङ्कलन र सुन धितो राखेरसमेत गाउँसम्म सडक विस्तार गरिएको आमा समूहकी अध्यक्ष पुनले बताइन्  । ‘गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन् । सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौ’ उनले भने । वार्षिक करिब रु २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा निकै समस्या भइरहेको थियो । सडक निर्माणपछि अहिले सुन्तला ढुवानीमा सजिलो हुनुका साथै गाउँमै व्यापारी पुगेर सुन्तला खरिद गरेका छन् । ‘यो सडकमा महिलाको परिश्रम जोडिएको छ । हामीले लगाएको सुनभन्दा घरमै पुगेको सडकको महत्व धेरै छ’ स्थानीय चन्द्रोदय प्राविकी प्रधानध्यापक शान्ताकुमारी रानाले भनिन् । आर्थिक अभावले सडक निर्माणकार्य अवरुद्ध भएपछि गाउँका अगुवा महिलाले आफ्नो शरीर र घरमा रहेको सुनलाई सडक उपभोक्ता समितिलाई जिम्मा लगाएपछि सडक विस्तारमा सहज भएको भकिम्ली– राखु– नयाँ पुल सडक निर्माण उपभोक्ता समितिका सचिव डेकबहादुर घर्तीमगरले बताए । गाविसले– पाँच लाख रुपैयाँ दिएको छ । गाउँकै जयन्ती मावी हुँदै विस्तार गरिएको सडकका लागि महिलाले करिब रु १२ लाख बराबरको सुन धितो राखिएको छ । नौ किलोमिटर सडक निर्माणमा करिब रु ५० लाखको हाराहारीमा खर्च भएको छ । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending