Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

आठ महिनाकी गर्भवती महिलाको विभत्स हत्या

दोलखा, दोलखाको भुसाफेदा–६ पोर्साबकी एक गर्भवती महिलाको हन्या भएको छ । आठ महिनाकी गर्भवती लालुमाया तामाङको सोमबार राति हत्या भएको हो  । आजको राजधानी दैनिकमा दीपशंकर चौलागाईंले लेखेकाे खबर छ – जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ढुङ्गा र कोदालोल हानेर गर्भवतीको हत्या गरिएको देखिएको छ । उनको हत्या परिवारकै सदस्यले गरेको आशंकामा प्रहरीले मृतकका पति चतुरसिंह तामाङ, ससुरा असलमान र सामू फूलमायालाई पक्राउ गरेको छ । जिप्रका दोलखाका प्रहरी निरीक्षक जीवन लामाले घर नजिकै जंगलको एकान्तमा गोठमा बसेकी लालुको शव ढुङ्गा र कोदालोले टाउकोमा प्रहार गरी हत्या गर्दै घिसारेर डेढ सय फिट तल फालिएको अवस्थामा भेटिएको बताए । गाउँलेका अनुसार लालुमायालाई स्थानीय साजन भनिने चतुरमानसिंह तामाङले एक वर्षअघि प्रेम विवाह गरेका थिए । भागेर विवाह गरेका कारण घरमा आएदेखि नै उनको सासू–ससूरासँग खटपट हुँदै आएको गाउँलेले बताएका छन् । कहिलेकाँही मात्र पतिसँग गोठमा सुत्ने उनलाई सोमबार साँझ परिवारले जर्बजस्ती एक्लै गोठमा सुत्न पठाएको थियो । मृतकका माइती पक्षले घटना सुनियोजित रहेको बताउँदै अनुसन्धान गरी कडा कारबाहीको माग गरेका छन् । परिवारको संलग्नतामा उनको बीभत्स हत्या भएको आरोप माइती पक्षको छ । छोरासँग टाँसिएर आयो भनेर सासूले लालुमायालाई मानसिक तनाव र यातना दिने गरेको स्थानीयवासीले बताएका छन् । घटनाको प्रकृति हेर्दासमेत परिवारकै मिलेमतोमा सुनियोजित तरिकाले हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । मृतकका ससुराले गाउँ नजिकै रहेको गोठ केही दिनअघि मात्रै जंगल छेउमा सारेको र घटनाको अघिल्लो दिन छोरालाई काठमाडौं पठाएको बयान दिए पनि यथार्थ त्यसअनुरुप नभएको अनुसन्धानमा देखिएको छ । आठ महिनाकी गर्भवती लालुमायाको बीभत्स हत्या भएपछि माइतीमा रुवाबासी छ । उनी १० दिनपछि मात्र सुत्केरी हुँदै थिइन् । ‘सुत्केरी हुन लागेकी गाह्रो अवस्थाकी लालुमायालाई डेढ घण्टा परको गोठमा लगेर मारे, ’ मृतककी आमा मैती तामाङले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE