Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

तिवारी हत्या : यसरी एमालेतिरै सोझिन्छ प्रहरी अनुसन्धान ?

\"\"काठमाडौं, ५ पुस । एमालेको भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि भएको गोली प्रहारमा एमालेकै पूर्व कार्यकर्ताको संलग्नता र आर्थिक लेनदेनको कारण रहेको प्रारिम्भक अनुसन्धान प्रहरी पुगेको छ । सोमबार दिउसो रुपन्देहीको देवदह खैरनी बजारमा तिवारीको घर नजिकै उनीमाथि गोली प्रहार भएको थियो । तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । अस्पताल स्रोतका अनुसार कोखामा गोली लागेका तिवारी अस्पताल आइपुग्दासम्म निकै गम्भिर अवस्था थियो । गोली प्रहार लगत्तै अनुसन्धान थालेको रुपन्देही प्रहरीका अनुसार केही वर्ष अघि एमालेले गठन गरेको युथ फोर्समा आवद्द तिवारीकै सहकर्मी एंव युथफोर्सका कार्यकर्ता मनोज पुनको संलग्नता देखिएको छ । केही वर्षअघिसम्म पुन र तिवारी एकअर्काका राम्रा साथि थिए । उनीहरुबिच आर्थिक लेनदेनको विषयमा विवाद भएपश्चात गतवर्ष समेत पुनकै टोलीले तिवारीमाथि गोली प्रहार गरेको प्रहरी स्रोत बताउँछ । पुन संगठित अपराध तथा खरखजाना र ज्यान मार्ने उद्योगमा संलग्न रहेको रुपन्देही प्रहरीले बताएको छ । तर पुनलाई अपराध गरेवापत प्रहरीले गिरफ्तार गरेपश्चात छुटाउन एमालेकै स्थानिय नेताहरु आउने गरेको प्रहरीे बताउँछ । तिवारीको हत्या लगत्तै संलग्न भनिएका पुनले देवदहका स्थानियलाई फोन गरेर आफुले तिवारीको हत्या गरेको बताएका थिए । युथफोर्समा सँगै काम गर्दा चन्दा उठाएको र ठेक्कापट्टा मार्फत आएको रकममा तिवारी र पुनको विवाद भएको एमाले रुपन्देही स्रोतले खबरडबलीसँग बतायो । उक्त विवाद बढ्दै गएपछि १ वर्ष अघि पुनले तिवारीलगायतका एमालेका स्थानिय नेताहरुले आफुमाथि प्रहरी लगाएको र आफुलाई फसाउने खेल खेलेको भन्दै भारत गएका थिए । त्यसको केही समयमै उनैले तिवारीमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ । उनै पुनले यसपटकपनि गोली प्रहार गरी तिवारीको हत्या गर्नुसँगै एमाले युवा संघमाथि समेत उनीहरुको नेता कार्यकर्ताहरुको अपराधिक संलग्नता, विवाद र हत्यासम्मको एकपछि अर्को आरोप लाग्न थालेको छ । र, याे पनि...

दुर्गा तिवारी हत्याको विरोधमा विहानैदेखि प्रदर्शन, लुम्बिनी अञ्चल बन्द

युवा संघ अध्यक्षको गोली हानी हत्या

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending