Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यी हुन् युवा संघ नेता तिवारी हत्याको जिम्मा लिने मनोज पुन

\"\"बुटवल, ५ पुस । एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी मनोज पुनले लिएका छन् । रुपन्देहीको देवदह निवासी तिवारीको हत्यापछि पुनले टेलिफोन गरी आफूले हत्या गरेको जिम्मेवारी लिएका छन् । तर विदेशको नम्बरबाट फोन आएको स्थानीयले बताएका छन् । हत्याको जिम्मेवारी लिने पुन पनि देवदहकै बासिन्दा हुन् । स्थानीय डनका रुपमा परिचित पुनले यसअघि पनि तिवारीको हत्या प्रयास गरेका थिए भने ६ महिनाअघि खैरेनीमै तिवारीलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ । पुन यसअघि पनि कुटपिट र आक्रमणका कारण प्रहरीले पक्राउ गरेको थियो । पुन झण्डै एक वर्षदेखि फरार रहेका छन् । एक वर्षअघिदेखि नै बेपत्ता रहेका पुनको खोजी तीब्र पारेको छ । हत्यामा पुनकै संलग्नताबारे भए नभएकोबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । विगतका घटनाहरुबाट मनोजको संलग्नता भएको हुन सक्ने आशंका गरिए पनि राजनीतिक प्रतिशोधका आधारमा हत्या गरिएको हुन सक्ने स्थानीयको भनाइ छ । मोटरसाइकल चलाइरहेका बेला पिछा गर्दै अर्को मोटरसाइकलमा आएका ब्यक्तिले तिवारीमाथि गोली चलाएको प्रहरी रिपोर्टमा उल्लेख छ । तिवारीलाई एक मात्र गोली हानिएको हुँदा आक्रमण गर्ने पेशेवर ब्यक्ति नै भएको अनुमान छ । तिवारीसँगै मोटरसाइकलमा रहेका अर्का ब्यक्तिलाई भने केही नभएको बताइएको छ । हत्या विरोधमा युवा संघले देशब्यापी आन्दोनलको घोषणा गरेको छ । मंगलबार देशब्यापी रुपमा एक घण्टा चक्काजाम तथा लुम्बिनी अञ्चल बन्द आह्वान गरिएको छ । युवा संघका कार्यकर्ता तथा स्थानीय युवाहरु रुपन्देहीको खैरनी तथा बुटवल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । रुपन्देहीसहित लुम्बिनी अञ्चलका जिल्लाहरु विहानैदेखि ठप्प छ । आठ वर्षअघि रुपन्देहीमा तत्कालिन युथफोर्स अध्यक्ष प्रचण्ड थैवको बुटवलमा नै हत्या भएको थियो । गोरु काण्डको विवादले वाइसिएल रुपन्देहीका तत्कालिन अध्यक्ष सुजित विकले थैवको हत्या गरेका थिए । यो पनि पढ्नुस् तिवारी हत्याः यसरी एमालेतिरै सोझिन्छ प्रहरी अनुसन्धान ? दुर्गा तिवारी हत्याको विरोधमा विहानैदेखि प्रदर्शन, रुपन्देही ठप्प
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies