Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यी हुन् युवा संघ नेता तिवारी हत्याको जिम्मा लिने मनोज पुन

\"\"बुटवल, ५ पुस । एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी मनोज पुनले लिएका छन् । रुपन्देहीको देवदह निवासी तिवारीको हत्यापछि पुनले टेलिफोन गरी आफूले हत्या गरेको जिम्मेवारी लिएका छन् । तर विदेशको नम्बरबाट फोन आएको स्थानीयले बताएका छन् । हत्याको जिम्मेवारी लिने पुन पनि देवदहकै बासिन्दा हुन् । स्थानीय डनका रुपमा परिचित पुनले यसअघि पनि तिवारीको हत्या प्रयास गरेका थिए भने ६ महिनाअघि खैरेनीमै तिवारीलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ । पुन यसअघि पनि कुटपिट र आक्रमणका कारण प्रहरीले पक्राउ गरेको थियो । पुन झण्डै एक वर्षदेखि फरार रहेका छन् । एक वर्षअघिदेखि नै बेपत्ता रहेका पुनको खोजी तीब्र पारेको छ । हत्यामा पुनकै संलग्नताबारे भए नभएकोबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । विगतका घटनाहरुबाट मनोजको संलग्नता भएको हुन सक्ने आशंका गरिए पनि राजनीतिक प्रतिशोधका आधारमा हत्या गरिएको हुन सक्ने स्थानीयको भनाइ छ । मोटरसाइकल चलाइरहेका बेला पिछा गर्दै अर्को मोटरसाइकलमा आएका ब्यक्तिले तिवारीमाथि गोली चलाएको प्रहरी रिपोर्टमा उल्लेख छ । तिवारीलाई एक मात्र गोली हानिएको हुँदा आक्रमण गर्ने पेशेवर ब्यक्ति नै भएको अनुमान छ । तिवारीसँगै मोटरसाइकलमा रहेका अर्का ब्यक्तिलाई भने केही नभएको बताइएको छ । हत्या विरोधमा युवा संघले देशब्यापी आन्दोनलको घोषणा गरेको छ । मंगलबार देशब्यापी रुपमा एक घण्टा चक्काजाम तथा लुम्बिनी अञ्चल बन्द आह्वान गरिएको छ । युवा संघका कार्यकर्ता तथा स्थानीय युवाहरु रुपन्देहीको खैरनी तथा बुटवल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । रुपन्देहीसहित लुम्बिनी अञ्चलका जिल्लाहरु विहानैदेखि ठप्प छ । आठ वर्षअघि रुपन्देहीमा तत्कालिन युथफोर्स अध्यक्ष प्रचण्ड थैवको बुटवलमा नै हत्या भएको थियो । गोरु काण्डको विवादले वाइसिएल रुपन्देहीका तत्कालिन अध्यक्ष सुजित विकले थैवको हत्या गरेका थिए । यो पनि पढ्नुस् तिवारी हत्याः यसरी एमालेतिरै सोझिन्छ प्रहरी अनुसन्धान ? दुर्गा तिवारी हत्याको विरोधमा विहानैदेखि प्रदर्शन, रुपन्देही ठप्प
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending