Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

विवादपछि एमालेमा मनोनयनका लागि कार्यदल

१५ सदस्य मनोनयनका एक सयभन्दा नाम आएपछि एमालेमा सोमबार पनि केन्द्रीय सदस्य मनोनित हुन सकेनन् । नयाँ पत्रिका दैनिक खबर छ–स्थायी समिति सदस्यबीच नै धेरै सदस्यको नाम आएपछि सोमबार पनि मनोनयन हुन नसकेको हो । नेतापिच्छेले आफू निकटलाई ल्याउन दबाब दिएपछि मनोनयनको विवाद मिलाउन शीर्ष पाँच नेतालाई जिम्मेवारी दिइएको छ । ‘१५ सदस्य मनोनयनका लागि १ सयभन्दा बढीको नाम आयो ।’ सचिव योगेश भट्टराईले भने, ‘बुधबारसम्म नाम मनोनयनको प्रस्ताव गर्न शीर्ष पाँच नेतालाई जिम्मा दिएका छौं ।’ अन्य पार्टीबाट आएकालाई कसरी समेट्ने भन्नेमा पनि एमालेमा तीव्र विवाद छ । अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले बुधबारसम्म १५ सदस्यको नाम टुंग्याउनेछन् । एमालेमा १० जना पूर्ण र ५ जना वैकल्पिक सदस्य मनोनित हुने प्रावधान छ । कार्यविभाजनको जिम्मा सचिवालयलाई महासचिव ईश्वर पोखरेलले नै स्थायी समिति, पोलिटब्यूरो र विभिन्न विभागीय प्रमुखलाई कार्यविभाजन गर्ने प्रस्ताव गर्ने तयारी गरे पनि माधव नेपाल पक्षले कडा विरोध जनाएको छ । विरोध भएपछि सचिवालयले नै कार्यविभाजनको टुंगो लगाउने जिम्मा पाएको छ । ‘पहिले महासचिवले नै प्रस्ताव ल्याउने भन्ने थियो तर, छलफलका क्रममा सचिवालयले नै कार्यविभाजनको प्रस्ताव ल्याउने भन्ने छ ।’ सचिव प्रदीप ज्ञवालीले भने, ‘बुधबार बिहानसम्म कार्यविभाजनको टुंगो पनि सचिवालयले लगाउँछ ।’ ओली पक्षले महासचिव एक्लैले प्रस्ताव गर्न दबाब दिए पनि माधव नेपाल पक्षले कडा आपत्ति जनाएपछि सचिवालयले कार्यविभाजन तोक्नेमा सहमति बनेको हो । सचिवालयमा महासचिव र सचिवहरु रहन्छन् । पार्टी प्रमुख भइसकेकालाई विभागीय जिम्मेवारी तोक्ने वा नतोक्ने भन्नेमा पनि एमालेमा विवाद छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy