Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

स्थानीय तह करिब ७३० पुग्ने

[caption id=\"attachment_108969\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, ९ पुस । स्थानीय तह पुनर्संरचना आयोगमा जिल्लाबाट सिफारिस भएर आएका स्थानीय तहको संख्या सात सय आठ पुगेको छ । तर, केही जिल्लाबाट थप संख्याका लागि आग्रह भएकाले सबै मिलान गर्दा संख्या करिब ७३० पुग्ने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– पुनर्संरचनापछि अहिलेको २१७ नगरपालिकाको संख्या पनि बढेर करिब तीन सय पुग्नेछ । महानगरपालिकाको संख्या पनि बढ्नेछ । ललितपुर, भरतपुर, पोखरा र विराटनगर महानगरपालिकामा स्तरोन्नति हुने सम्भावना छ । सबैभन्दा ठूला स्थानीय तह भौगोलिक रूपले सबैभन्दा ठूूलो स्थानीय तह मुगुमा हुने सम्भावना रहेको आयोग स्रोतले बताएको छ । आयोगले मुगुमा बढीमा पाँच स्थानीय तह बनाउने गरी मापदण्ड तोकेको थियो । तर, स्थानीयले भूगोलको बनोट नमिलेका कारण आठ वा चारवटा स्थानीय तह बनाउन उपयुक्त हुने सुझाब दिएपछि चार वटा सिफारिस भएको छ । यसकारण मुगुमा स्थानीय तह केही ठूला भएका छन् । सबैभन्दा बढी विवाद भएका जिल्ला केन्द्रको विवादलाई लिएर सबैभन्दा बढी विवाद खोटाङ र सोलुखुम्बुमा देखिएको छ । राजनीतिक दलका कार्यकर्ताहरू हरेक दिन स्थानीय तहको केन्द्रको विवाद लिएर आयोगमा पुिगरहन्छन् । अहिले पनि जिल्लाबाट सिफारिस भएर आएका केन्द्र फेर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाउन आइरहेका छन् । आयोगले जिल्लाको प्राविधिक समितिले सिफारिस गरेका केन्द्रलाई नफेर्ने रणनीति बनाएको छ । खोटाङ र सोलुखुम्बुमा जातीय राजनीतिले समस्या बनाएको आयोगका पदाधिकारीको भनाइ छ । त्यसैगरी, स्याङ्जाका स्थानीय राजनीति दलका कार्यकर्ताले प्राविधिक समितिका संयोजक तथा एलडिओलाई मोसो दल्नेसम्मको धम्की दिएर काम प्रभावित बनाएका थिए । स्थानीय तहको संख्या बढी चाहिएको भन्दै उनीहरूले विवाद निकालेका थिए । उता, रुकुमको रन्मामैंकोटका स्थानीयले पनि आफ्नो गाउँपालिकामा अरू गाविसलाई जोड्न नपाइने भन्दै विवाद निकालेका थिए । आयोगले बढीमा आठवटा स्थानीय तहको संख्या तोकेको भए पनि प्राविधिक समितिले स्थानीय विवाद मिलाउन दुईवटा बढाएर १० वटा सिफारिस गरेको छ । जसले गर्दा विवाद देखिएको छ । बझाङको काँडा गाविसले पनि आफूलाई एक्लो गाउँपालिका बनाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ । यस विषयमा स्थानीयले सांसदलाई समेत हातपात गरिसकेका छन् । भूगोल मिलाउने उजुरी धेरै केही जिल्लाका गाविस स्थानीय तह मिलाउँदा सेवा केन्द्र पुग्न समस्या भएको भन्दै उजुरी परेका छन् । आयोगमा आएका त्यस्ता उजुरीको पनि अध्ययन भइरहेको छ । र, सकेसम्म भूगोल र केन्द्र पायक पर्ने गरी मिलाउने काम भइरहेको एक सदस्यले बताए । ‘आयोगले त्यस्तो क्लस्टरसम्म मिलाउन सक्छ, स्थानीयले जिल्लामा दिएको निवदेनका आधार र जिल्लाको सहमतिमा, कतिपय जिल्लामा मिलाउने प्रयास भएको छ,’ आयोगका सदस्य माधव अधिकारीले भने । २ नम्बर प्रदेशका स्थानीय तह अन्तिम चरणमा आयोगका अनुसार २ प्रदेश नम्बर प्रदेशमा पर्ने आठ जिल्ला स्थानीय तहको संख्या ‘फिनिसिङ’को क्रममा छन् । जिल्ला प्राविधिक समिति र स्थानीय राजनीतिक दलहरूबीच सहमतिमा तोकिएका संख्याबारे छलफल भइरहेको आयोग स्रोतले जानकारी दिएको छ । सोही कारण आयोगले सबै जिल्लाको प्रतिवेदनमा हस्ताक्षर गरेर अन्तिम रूप दिइसकेको छैन । जिल्लाबाट आएका प्रतिवेदनअनुसार स्थानीय तहको संख्या अझै यकिन भइनसकेकाले प्रतिवेदनलाई अन्तिम रूप नदिएको आयोग सदस्य डा. श्याम भुर्तेलको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy