Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

अब खरको छानोलाई आगोले छुँदैन

\"\"काठमाडौं, ९ पुस । खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन् । आजको गोरखापत्रमा खबर छ– नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. जीवराज पोखरेलको नेतृत्वमा नास्टका वैज्ञानिकहरूको टोलीले विकास गरेको यो प्रविधिलाई ‘अग्नि प्रतिरोधक’ नाम दिएको छ । यो प्रविधि अपनाएर बनाइएको खरको छानोमा आगलागी नै हुँदैन । नेपालमा विषेशगरी सुख्खायाममा तराई र पहाडी क्षेत्रमा आगलागीका घटना धेरै हुने गर्छन् । आगलागीबाट बर्सेनी धनजनको क्षति धेरै हुन थालेपछि नास्टले खरको छानो भएका घरमा मट्टीतेल छर्किएर आगो लगाउँदा पनि आगो नलाग्ने यस प्रविधिको विकास गरेर हालसम्म ३० जिल्लामा सफल परीक्षण र प्रयोगसमेत गरिसकेको छ । ‘यस प्रविधिबाट एक पटक छानोको निर्माण गरेपछि १५ वर्ष घर सुरक्षित हुन्छ’, नास्टका प्रविधि सङ्कायका प्रमुख डा. सुरेश ढुङ्गेलले भने। उनले हालसम्म विभिन्न ३० जिल्लामा खरको छानो भएका घरलाई पूर्ण सुरक्षित बनाउन सकिन्छ भन्ने कुराको नमुना प्रस्तुत गर्दै यो प्रविधि सिकाउँदै गरेको बताए। ‘यो प्रविधिअन्तर्गत खरको छानोमाथि चिम्साइलो माटोले लिपिन्छ र त्यसमाथि सिलपोलिन प्लास्टिक बिछाइन्छ । अब घरको छानोमा हामीले भनेजस्तो गरेमा घरमा आगलागी हुँदैन । तपाईंले यस्तो छानामा मट्टीतेल खन्याएर आगो लगाउँदा समेत आगो लाग्दैन’, सङ्काय प्रमुख डा. ढुङ्गेलले भने। ‘छानामाथि माटोको लेप लगाएपछि त्यहाँ हावा पस्ने सम्भावना हुँदैन । त्यसमाथि प्लास्टिक बिछ्याइने भएकाले हावा छिर्न दिँदैन । आगो बल्न अक्सिजनसाथै आगो लाग्ने वातावरण ‘कन्भेक्सन’ को आवश्यक पर्छ । हावा नछिर्ने ठाउँमा कन्भेक्सन हुँदैन । जहाँ कन्भेक्सन हुँदैन त्यहाँ आगो लाग्ने कुरै भएन’, उनले भने। सङ्काय प्रमुख डा. ढुङ्गेलले छानामाथिबाट आगो लाग्यो भने सिलपोलिन प्लास्टिक जलिसकेपछि माटो भेट्ने र माटोमा आगो नलाग्ने भएकाले घर सुरक्षित हुने बताए। सामान्यतः घरको आकार हेरेर तीन हजार रुपियाँदेखि अधिकतम पाँच हजार रुपियाँसम्म लाग्ने यो ‘अग्नि प्रतिरोधक’ प्रविधि विगत एक वर्षदेखि नास्टले कञ्चनपुर, सिरहा, धनुषा, सप्तरी, झापा, बर्दिया, कैलालीलगायत जिल्लामा प्रयोगमा ल्याएको हो । शुक्रबार सप्तरी जिल्लामा यस प्रविधिको प्रदर्शन गरिएको नास्टले जनाएको छ । प्रविधि सङ्काय प्रमुख डा. ढुङ्गेलले यस प्रविधिको प्रयोगबाट घर पूर्णतः आगो र पानीबाट १५ वर्षसम्म सुरक्षित रहने, गर्मीको महिनामा शीतल हुने, जाडोमा न्यानो हुने, बर्सेनी छाना फेर्नु नपर्ने, सर्प तथा विषालु कीराबाट समेत सुरक्षित हुने जानकारी दिए। नास्टले यस प्रविधिको उत्पत्तिको प्रमाणपत्र तथा बौद्धिक सम्पत्ति (पेटेन्ट राइट)को प्रमाणपत्रका लागि उद्योग मन्त्रालयमा दर्ता गरिसकेको जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending