पौष ९ गते, २०७३ शनिवार 24th December, 2016 Sat०८:१२:२९ मा प्रकाशित
काठमाडौं, ९ पुस । हिउँदको लोडसेडिङ कम गर्न ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १७ पुसबाट एक सय २० मेगावाट बिजुली आउने भएको छ । त्यहाँबाट अहिले ८० मेगावाट आयात भइरहेको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– नेपालतर्फको प्रसारण लाइनको पूर्वाधार तयार नभइसकेकाले १७ पुसदेखि १८ माघसम्म अहिले आयात भइरहेको ८० र थप ४० मेगावाट आयात हुने प्राधिकरणले जनाएको छ । ‘त्यस अवधिमा खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण सकिन्छ, त्यसपछि १७ जेठसम्ममा हाम्रो संरचनागत क्षमताले भ्याएअनुसार एक सय ६० मेगावाटसम्म बिजुली आयात हुनेछ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने ।
नयाँदिल्लीमा १६० मेगावाटको पिपिएमा हस्ताक्षर
नेपाल विद्युत् प्राधिकरण र भारतीय एनटिपिसी विद्युत् व्यापार निगमबीच अहिले आइरहेको ८० मेगावाटको नविकरण र थप ८० सहित १ एक सय ६० मेगावाटको पूरक विदुत खरिद–बिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बिहीबार हस्ताक्षर गरेका छन् । पिपिएअनुसार प्राधिकरणले १७ जेठसम्म बिजुली ल्याउनेछ । अहिले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको ८० मेगावाटको पिपिएको म्याद १६ पुसमा सकिँदै छ । नेपाल र भारतका सीमाका विभिन्न बिन्दुबाट अहिले बिजुलीको बढी माग हुने साँझको करिब तीन घन्टामा दैनिक तीन सय मेगावाटभन्दा बढी आयात भइरहेको छ।
विगतको लापरबाहीका कारण ढल्केबरमा सबस्टेसन तोकिएको समयमा बन्न नसकेपछि ढल्केबर–वैकल्पिक व्यवस्था गरी थप बिजुली ल्याउन लागिएको हो । गत मंसिरमा प्राधिकरण र भारतका विभिन्न ऊर्जा कम्पनीहरूबीच यस्तो सम्झौता भएको थियो । थप बिजुली ल्याउन भारतीय कम्पनी पावर ग्रिडले मुजफ्फरपुर बिन्दुमा २२०(१३२ केभिएको थप ट्रान्सफर्मर राखिदिएको छ ।
बिजुलीको भाउ पुरानै
ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत अहिले आयात भइरहेकै दरमा बिजुली दिन भारत सहमत भएको छ । एनटिपिसी विद्युत् व्यापार निगमले मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा ९३।६० भारु० मा बिजुली दिनेछ । मुजफ्फरपुरबाट ल्याउँदाको प्रसारण लाइन शुल्क (ह्विलिङ चार्ज) १ रुपैयाँ ५३ पैसा तिर्दा प्राविधिक चुहावटबाहेक ढल्केबर बिन्दुमा आइपुग्दा प्रतियुनिट ७ रुपैयाँ २९ पैसा पुग्ने प्राधिकरणले जनाएको छ ।
प्राविधिक चुहावटबाहेक ३३ र १३२ केभी प्रसारण लाइनबाट आयात गरिने विद्युत्को मूल्य प्रतियुनिट क्रमशः ९ रुपैयाँ ७३ पैसा (६.०८ भारु) र ८ रुपैयाँ ९९ पैसा (५.६२ भारु) छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विगतमा दुई मुलुकबीच भएको सहमतिकै आधारमा र पुरानै मूल्यमा बिजुली आयात गरिएको बताए । ‘भारतसँग आयात सस्तो बिजुलीलाई बढी र महँगोलाई कम प्रवाह गरिरहेका छौँ,’ उनले भने, ‘यसले भारतबाट आयात भइरहेको विद्युत्को भारित औसत मूल्यलाई नै कम गर्नेछ ।’
रक्सोल–परवानीपुर र कटैया–कुसहावा १३२ केभिएको प्रसारण लाइनको निर्माण सकिएपछि त्यहाँबाट ५०(५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । टनकपुरबाट पनि थप करिब १० मेगावाट बिजुली ल्याउन भारतीय पक्षसँग छलफल भइरहेको घिसिङले बताए । प्राधिकरणले १० मंसिरदेखि टनकपुरबाट ३० मेगावाट बिजुली ल्याइरहेको छ ।
टनकपुरबाट आयात गरिएको विद्युत् नेपालगन्जपश्चिम वितरण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले टनकपुरबाट हरेक वर्ष नोभेम्बरदेखि जुनसम्म ३० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको छ । नेपाल र भारतबीच भएको महाकाली सन्धिअन्तर्गतको सात करोड युनिट निःशुल्क विद्युत् पनि टनकपुरबाटै आउ“छ । भारतले निःशुल्क दिए पनि प्राधिकरणले नेपाल सरकारलाई पैसा तिर्नुपर्छ ।
अर्को वर्षबाट सहज हुन्छ : घिसिङ
काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्षेत्रलाई तिहारपछि लोडसेडिङमुक्त बनाएका छौँ, घोषणा मात्र नगरेका हौँ । लोडसेडिङ हुन नदिन विद्युत् प्रणालीलाई अधिकतम व्यवस्थापन गरिरहेका छौँ । यस वर्ष हिउँदको संकटलाई व्यवस्थापन गर्न सक्यौँ भने अर्को वर्षबाट धेरै सहज हुन्छ । संकट व्यवस्थापनका लागि बढी विद्युत् प्रयोग नगरिदिन उपभोक्तालाई आग्रह गरिरहेका छौँ । उहाँहरूले हाम्रो आग्रहलाई मानिदिनुभएकाले पनि व्यवस्थापनमा अलि सहज भइरहेको छ । भारतबाट विगतमा जस्तै विद्युत् आयात गरिरहेका छौँ । हिजोकै संरचना र मूल्यमा भारतबाट बिजुली ल्याइरहेका छौँ ।
बिजुली तत्काल काठमाडौं आउँदैन
प्रसारण लाइनको अभावमा भारतबाट ल्याइएको बिजुली अझै काठमाडौं आउन सक्ने अवस्था छैन । खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण र हेटौँडा–स्युचाटार प्रसारण लाइनको सुदृढीकरण नसकिएकाले बिजुली काठमाडौं ल्याउन नसकिएको हो । करिब ४० मेगावाट बिजुली हेटौँडासम्म आउनेछ । त्यसैले मुलुकभित्रका विद्युत्गृहबाट हेटौँडातर्फ प्रवाह गरिएको बिजुलीलाई काठमाडौंतर्फ मोड्न सकिने भएकाले लोडसेडिङ अन्त्यमा योगदान रहने प्राधिकरणले जनाएको छ ।
खिम्ती–ढल्केबर प्रसारण लाइन पुसभित्र निर्माण सकिएपछि भारतबाट ल्याइएको ९० मेगावाटसम्म बिजुली काठमाडौं भित्राउन सकिने प्राधिकरणका प्रवक्ता अधिकारीले बताए । ‘अहिले हेटौँडासम्म मात्रै करिब ४० मेगावाट ल्याउन सक्छौँ, मस्र्याङ्दी, देवीघाटलगायतका विद्युत्गृहबाट त्यता पठाइएको बिजुली काठमाडौंमा प्रवाह गर्न सकिन्छ,’ उनले भने, ‘यसले काठमाडौंलाई लोडसेडिङमुक्त गर्न ठूलो भूमिका निर्वाह गर्नेछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: