पौष ९ गते, २०७३ शनिवार 24th December, 2016 Sat०८:३५:५९ मा प्रकाशित
[caption id=\"attachment_108984\" align=\"aligncenter\" width=\"750\"] हिरालाल श्रेष्ठ \'आनन्द\' नेता, माओवादी केन्द्र[/caption]
नेपालमा चलेको माओवादी आन्दोलनका क्रममा हामीले उत्तर–दक्षिण दुवै देशतिरबाट सम्भव भएसम्म हतियार भित्राएका थियौँ । पार्टीले पनि युद्धका लागि हरतरहको कोसिस गरी हतियार जम्मा गर्ने नीति बनाएको थियो । त्यही क्रममा मलाई ०५९ को अन्तिमतिर खासामा रहेर हतियार जोहो गर्ने जिम्मा मिल्यो ।
‘सार्स’ रोग त्यसवेला भयानक रूपमा फैलिएको थियो । नेपाल–चीन दुवैतिरको आवातजावत गर्ने नाका बन्द गरिएको थियो । तर, पार्टीलाई हतियार आवश्यक थियो । पार्टीका लागि ज्यान दिन तयार भएर हिँडेका हाम्रा लागि त्यो बन्दले छेकबार लगाउन सकेन । औपचारिक नाकाबाट जान सम्भव थिएन, त्यसैले अवैधानिक बाटोबाट खासा छिरेँ । खासामा सजिलै बस्ने अवस्था थिएन । हप्ता दिन सातु मात्रै खाएर खासाको बन्द कोठाभित्रै थुनिएर बस्नुप¥यो । नेपालमा भूमिगत अवस्थामा रहे पनि त्यसको चौगुणा भूमिगत जीवन त्यहाँ मैले बिताएको थिएँ ।
०५९ माघ–फागुनबाट हामीले त्यतै गएर बस्ने र आवश्यक बन्दोबस्तीका सामग्री सप्लाई गर्ने प्रोसेस सुरु गरेका थियौँ । वैशाखमा त म त्यहाँ पुगिहालेँ । खासा सानो बस्ती थियो, लुकीछिपी बस्न पनि अप्ठ्यारो थियो । हतियार किन्न पाइन्छ भनेर सोध्दै हिँड्ने अवस्था थिएन, खोजी गर्नुपथ्र्यो ।
हामीले त्यहाँ रहँदा हतियार एउटै ग्रुपसँग र अन्य बन्दोबस्तीका सामग्री अन्य ग्रुपसँग लिएर नेपालपट्टि पठाउँथ्यौँ । सामान पठाउन मार्मिङका मान्छेलाई प्रयोग गथ्र्यौं । उनीहरूलाई अन्यले दिनेभन्दा डबल पैसा दिएर हामी काममा लगाउँथ्यौँ । माथिल्लो बाटो हुँदै जिरियाक भन्ने ठाउँको बाटो हामी बढी मात्रामा प्रयोग गथ्र्यौं । चौंरीगोठसम्म जनमुक्ति सेनाका साथीहरू आउनुहुन्थ्यो । सामान हाम्रो हात परेको एकाध घन्टाभित्रै हामी त्यसलाई सप्लाई गरिहाल्थ्यौँ ।
यसरी सञ्जाल निर्माण गरेका थियौँ हामीले । सामान गएको पुलिसले थाहा पाउँथे, तर कसले लग्यो, कतिखेर लग्यो भन्ने थाहा पाउँदैनथे । पेस्तोल, माउजर, एके ४७ जस्ता हतियार एउटा गु्रपस“ग कारोबार गथ्र्यौं । उनीहरूको पनि कनेक्सन गतिलो रहेनछ, सामान ढिला ल्याउँथे । पछि थाहा भयो, सेनाकै मान्छेसँग कनेक्सन मिलाएर हतियार ल्याउँदा रहेछन् ।
एउटै गोलीको सात लाख
हामीले तिब्बतीलाई एउटै गोलीको सात लाख रुपैयाँसम्म पनि तिरेका छौँ । सुरुसुरुमा गोली अति आवश्यक परेपछि हामीले त्यत्रो मूल्य हालेका थियौँ । पछि हामीले त्यसलाई घटाउँदै लगेर साढे तीन सयसम्ममा ल्याउन थालेका थियौँ । एके ४७ को साढे तीन लाख, माउजरको ८० हजार, जिलेटिन ठूलोको १२ सयसम्म पनि तिर्थ्याैं ।
सात महिना खासाको बसाइमा रहँदा कहिले जिलेटिन, कहिले राइफल, कहिले बारुद, आर्मीको चुस्ता, जुत्ता, त्रिपालजस्ता सामग्री हामीले सप्लाई ग¥यौँ । यसको खासै रेकर्ड नै छैन । कतिपटक ओसारियो, ओसारियो । त्यसबीच हामीले कति पैसाका त्यस्ता सामग्रीको कारोबार ग¥यौँ, त्यसको पनि कुनै हिसाबकिताब छैन । एकपटक साढे ३२ लाखको हतियार किनेका थियौँ ।
हामी पार्टीले दिएको लिस्टअनुसार हतियार ल्याउन अर्डर दिन्थ्यौँ । हतियारको जोहो गरेपछि उनीहरू हाम्रो सम्पर्कमा आउँथे । उपत्यका ब्युरोका तर्फबाट महेश नाम गरेका साथी हुनुहुन्थ्यो भने पूर्वाञ्चल ब्युरोका तर्फबाट म खटिएको थिएँ ।
यसरी पक्राउ परेँ
९ कात्तिक ०६० । तिहारको वेला थियो । हामी एके ४७ आठवटा र माउजर ६ वटा गरी जम्मा १४ वटा हतियार नेपाल भित्राउन लागेका थियौँ । ३२ लाख ८० हजार रुपैयाँमा ती हतियार किनिएको थियो । तिहारका वेला भएका कारण सामान सप्लाई गर्न केही कठिनाइ थियो । तिब्बती टोलीसँग हामी हतियारको कारोबार गरिरहेका थियौँ । सामान आएकाले तत्कालै लैजान उनीहरूले आग्रह गरे ।
तर मैले पैसा आइनपुगेकाले केही दिन पर्खन आग्रह गरेँ । तर, उनीहरूले हतियार आइसकेकाले राख्न असुरक्षा हुने भन्दै ‘पैसा पछि दिए हुन्छ हतियार लैजाऊ’ भने । उनीहरूले भनेअनुसार हतियार बोकाएर नेपाल पठाएँ । तर, राति पाङको जंगलमा साथीहरू समातिनुभयो । सोनाम स्याङ्वो भन्ने साथी समातिनुभएछ, हतियारसँगै । मार्मिङका मान्छे जो हाम्रो हतियार बोकिरहेका थिए, उनीहरू पनि प्रहरी आएपछि हतियार छाडेर भागेछन् ।
हतियार समातिएको खबर सुन्दा म बाहिर थिएँ । मेरो कोठामा एउटा माउजर थियो । त्यो जोगाउन कोठामा पुग्दा त माउजर राखेको ठाउँमा माउजर नै छैन । घरका मान्छेसँग सोधीखोजी गरेपछि फेला पर्यो । उता नेपाल पठाउन लागेको हतियार समातिएपछि मैले ग्लाजेन नाम गरेका साथीलाई खबर गरेँ, ‘यहाँ असुरक्षा हुन्छ, अब हामी नेपाल जानुपर्छ ।’ उनले आफू म बसेको ठाउँमा नआउने भन्दै मलाई खासामा आउन भनेँ । ट्याक्सी चढेर म खासाबजारतिर लागेँ । तल आउँदै गर्दा बीच बाटोबाटै मलाई पुलिसले पिछा थालिहाल्यो । खासा पुगेपछि पक्राउ ग¥यो । अहिले सोच्दा लाग्छ, मसँगै मान्द्रमा बस्ने एकजना साथीको सुराकका कारण हामी पक्राउ परेका रहेछौँ । दिउँसैबाटै प्रहरीले हाम्रो पिछा गरिरहेको रहेछ ।
चीन सरकारलाई चिठी लेख्दा रिसाए
पक्राउ परेपछि खासाको हिरासतमा हामीलाई दुई रात राखियो । त्यसपछि कुती लगियो । त्यहाँ सात दिनजति राखेपछि सिकात्छेमा डेढ वर्षजति राखियो । त्यही जेलमा रहेका वेला हामीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
अलि पछि ल्हासा हिरासत हुँदै जेलमा राखियो । मृत्युदण्ड तोकिएपछि पुनरावेदनका लागि समय पाइने रहेछ । मलाई पनि पुनरावेदन गर्न सकिने भनियो । तर, वकिल राख्न धेरै पैसा लाग्दो रहेछ, म खर्च गरेर वकिल राख्ने अवस्थामा थिइनँ । हामीसँगै पक्राउ परेका तिब्बतीले वकिल राख्न भनिरहेका थिए ।
मृत्युदण्ड सुनाइएको पाँच दिनपछि एकजना वकिल तपाईं के गर्नुहुन्छ भनेर सोध्न आईपुगे । त्यसपछि मैले ‘म आफैँले लेखेर दिन्छु, नेपालीमा’ भनेर भनेँ । उनीहरूले हुन्छ भने । त्यहीअनुसार लेखेर पनि दिएँ । चार दिन लाग्यो, आफ्ना कुरा लेख्न । दुवै हातमा हत्कडी लगाएर राखेका कारण त्यति धेरै समय लाग्यो ।
ममाथि आरोप पनि धेरै थिए, ४५ हजार गोली ओसारपसार गरेको, जिलेटिन ओसारेको, हतियार फेला परेकोजस्ता आरोप थिए । पछिल्लो अवस्थामा समातिएको हतियारबाहेक अन्य मैले स्विकारिनँ ।
माओवादीलाई उनीहरूले ‘आतंककारी’ नै भन्थे । तर, मैले माओवादी आन्दोलन राजनीतिक आन्दोलन भएको र त्यो आन्दोलन नेपाली जनताको मुक्तिका लागि भएको बयानसहितको पत्र चीनको सरकारलाई सम्बोधन गरेर लेखेँ । त्यसपछि त उनीहरू झन् रिसाए । चीन सरकारलाई अपिल गरेर पत्र लेख्दा उनीहरू भन्थे, ‘हामी स्वशासित क्षेत्रका मान्छे हौँ, हामीलाई तिमीले सिकाउने होइन ।’ मैले भनेँ, ‘तिमीहरूको के–कस्तो सम्बन्ध हो, मलाई जानकारी हुने विषय होइन, मुख्य कुरा हाम्रो देशको आन्दोलन राजनीतिक हो, त्यही कुरा मैले लेखेको हुँ ।’ मैले थपेँ, ‘तपार्इंहरूको कानुनले जे गर्छ गर्नोस् । तर, मलाई पिट्नुपर्ने कारण के हो ?’ मेरो त्यस्तो अडानपछि भने मलाई उनीहरूले पिट्न छाडेका थिए ।
मत्युदण्डको फैसला सुनेर साथीहरू रोए
पार्टीले मलाई हतियार आपूर्तिको जिम्मा दिएर खासा पठाउँदै मलाई थाहा थियो, काम जोखिमपूर्ण छ । जुनकुनै वेला पक्राउ पर्ने र मारिने हुन सक्छ । त्यही मानसिकता बोकेर म गएको थिएँ । हतियार ओसारपसार गर्दा जीवनको जोखिम छ भन्नेमा म स्पष्ट थिएँ ।
म आन्दोलनका लागि त्यस्तो काम गर्न गइरहेको थिएँ । पार्टी, नेपाली जनताको हितका निम्ति म त्यहाँ गएको थिएँ । त्यतिखेर स्वार्थी भएर मैले व्यक्तिगत भविष्यका लागि सोचेको हुन्थेँ भने मसँग त्यसवेला मनग्गे पैसा साथमा हुन्थ्यो । एकपटक मेरो साथमा ३३ लाख थियो । तर, रगतसँग साटिएको पैसा थियो त्यो । बन्दुक नेपाली जनताको हितमा प्रयोग गर्न किन्दै छौँ, त्यसकारण सानोभन्दा सानो पैसा पनि जोगाउनुपर्छ भन्ने सोच आउँथ्यो त्यसवेला ।
मलाई मृत्युदण्ड फैसला दिने वेला अरू साथी रोए । मैले भनेँ, ‘किन रुन्छौ ? तिमीहरूलाई मृत्युदण्ड दिएको होइन, मलाई दिएको हो । यो बलिदान नेपाली जनताको मुक्तिका लागि हो । तिमीहरू दुःखी नहोऊ ।’ तथापि, मनमा आशाको दियो भने निरन्तर बलिरहेको थियो । नेपालको क्रान्ति अगाडि बढ्यो र राम्रो भयो भने हामी छुटिहाल्छौँ, किनकि यो राजनीतिक मुद्दा हो भन्ने चीन सरकारले पनि बुझ्नेछ । भएन भने मर्न तयार छौँ भनेर लागेको हो । त्यसवेला मलाई चिन्ता भनेको सामान पार्टीको सम्पर्कमा कसरी पु¥याउने भन्ने मात्रै हुन्थ्यो ।
छुटेपछि सीधै प्रचण्डकहाँ
०६५ मा मलाई सुनाइएको मृत्युदण्ड फिर्ता भयो । ०६३ बाट शान्तिप्रक्रिया सुरु भइसकेको रहेछ । ०६२÷६३ को जनआन्दोलनको हामीलाई जेलभित्र जानकारी थिएन । पत्रपत्रिका पढ्न, समाचार हेर्न पाउँदैनथ्यौँ । प्रचण्ड प्रधानमन्त्री भइसक्नुभएको रहेछ । नेपालमा माओवादीले देशव्यापी चुनाव जितेको रहेछ । मलाई पछि मात्र थाहा भयो । माओवादी पार्टी, चीनस्थित राजदूतावास सबैतिरको पहलपछि मृत्युदण्ड फिर्ता भएको मैले थाहा पाएँ ।
जेलमा रहँदा मैले त्यहाँका टाठाबाठासँग सम्पर्क बढाएको थिएँ । त्यहाँ रहँदा भाषा सिक्ने, नेपालको बारेमा परिचित गराउने जस्ता काम गरेँ । नेपाल भन्ने छुट्टै देश छ भन्ने तिब्बतीलाई थाहा रहेनछ । उनीहरू ‘भ्याघर’ भन्दा रहेछन्, त्यो भनेको भारत भन्ने रहेछ । नेपाललाई भारतकै एउटा स्वशासित क्षेत्रका रूपमा उनीहरूले बुझेका रहेछन् । नेपाल भन्ने छुट्टै राज्य छ, नेपालमा हामीले माओवादी आन्दोलन अगाडि बढाइरहेका छौँ, म यसकारण पक्राउ परेको भनेर बुझाउन नै मलाई ६ महिना लाग्यो ।
हप्ताको एक दिन आइतबार जेल बिदा हुन्थ्यो । त्यस वेला टिभी हेर्न दिइन्थ्यो, तर, टिभीमा पनि फिलिम हेरिन्थ्यो । समाचार बुझ्दा पनि बुझ्दैनथ्यौँ । जेलमै एकजना चाइनिजलाई भने पत्रपत्रिका पढ्ने व्यवस्था मिलाइएको रहेछ, उनले मलाई नेपालको घटना सुनाउँथे वेला–वेलामा । किन हो उसलाई अलिक विशेष व्यवस्था रहेछ । उनले एक दिन नेपालमा प्रचण्ड प्रधानमन्त्री बनेको, गणतन्त्र आएको जस्ता समाचार सुनाए । प्रधानमन्त्री भएपछि प्रचण्ड ल्हासा आउँदै गरेको, चाइना गएको जस्ता कुरा पनि थाहा पाइयो । यो थाहा पाएपछि निराशा पनि भयो, प्रधानमन्त्री भएपछि पनि किन उनले हामीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेनन् ? हामीलाई पार्टीले बिर्सियो कि क्या हो ? ल्हासामा आउँदा हामीलाई किन भेटेनन् ?
त्यसपछि मैले पार्टीलाई एउटा चिठी लेखेँ, ‘म पार्टी सदस्य हो कि होइन ? होइन भने होइन भन । नत्र हामीलाई ल्हासा आउँदा किन भेटिएन, किन वास्ता गरिएन ?’ त्यो पत्र–पत्रपत्रिकाले छापिदिएछन् ।
त्यसको पनि सुनवाइ भएन । दोस्रोपटक फेरि चिठी लेखेँ । यसपटक बुबामार्फत प्रचण्डकहाँ पुग्ने गरी लेखेको थिएँ, प्रचण्डलाई नै सम्बोधन गरेर । मसहित तीनजनाले हस्ताक्षर नै गरेर चिठी पठायौँ । चिठी बुबाले प्रचण्डकहाँ पु¥याउनुभएछ । त्यसपछि मात्रै हाम्रो रिहाइको पहल सुरु भएको रहेछ ।
त्यसको तीन महिनाभित्रै अर्थात् १५ चैत ०६५ हामी रिहा भयौँ । पार्टी अध्यक्षले पार्टीनेता अग्नि सापकोटालाई ल्हासा पठाउनुभएको रहेछ । उहाँले एक साताजति ल्हासा नै बसेर त्यहाँको कानुनी प्रक्रिया मिलाएर हामीलाई सँगै लिएर आउनुभयो । काठमाडौं उत्रेलगत्तै उहाँले सीधै प्रधानमन्त्री निवास बालुवाटार लैजानुभयो । हामीलाई त्यो दिन सपनाजस्तै भयो ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: