पौष १० गते, २०७३ आइतवार 25th December, 2016 Sun०६:३२:२२ मा प्रकाशित
काठमाडौं, १० पुस ।काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो । त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने अवस्थासमेत निम्त्यायो । काभ्रेका दनुवार थरका ती नागरिकको निवेदनमा आफू पुरुष भएको जनाउँदै नागरिकतामा लिंग महिला लेखिएको व्यहोरा सच्याइपाउँm भनिएको थियो ।
आजको कान्तिपुरमा खबर छ– नागरिकता लिँदा आफू महिला भएको तर कालान्तरमा पुरुष हर्मोन बढेको र पुरुषकै स्वभाव वृद्धि भएकाले आफू पुरुष नै भएको निक्र्योलमा पुगेको उनको निवेदनमा उल्लेख छ । धुलिखेलस्थित अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले पनि पुरुष नै भएको मेडिकल सिफारिसका साथमा उनले जिप्रकामा नागरिकतामा लिंग परिवर्तन गरिपाउँm भन्ने निवेदन दिएकी थिइन् । मौजुदा कानुनमा लिंग परिवर्तनको कुनै व्यवस्था नभएकाले जिप्रकाले उक्त निवेदन गृह मन्त्रालय पठाइदिएको थियो ।
वि।सं। २०६८ माघमा कलाकार सन्तोष पन्तका छोरा प्रतीक लिंग परिवर्तन गरेर छोरी बनेका थिए । थाइल्यान्डको एक क्लिनिकमा लिंग परिवर्तन गरेपछि उनले आफ्नो नाम केटलिन त बनाए नै गृह मन्त्रालयको नागरिकता फाँटमा लिंग परिवर्तनका निम्ति निवदेनसमेत दिए । फाँटले त्यतिबेला आवश्यक मेडिकल प्रमाणका आधारमा गृह सचिवकहाँ सिफारिस गर्यो । लिंग परिवर्तनको निर्णयका निम्ति गृह मन्त्रालयले त्यतिबेला मन्त्रिपरिषदको स्वीकृति लिएको थियो ।
नागरिकता फाँटले दनुवारको निवेदनउपर आवश्यक रायका निम्ति स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्यो । स्वास्थ्यले दनुवारको फाइल आवश्यक परामर्शका निम्ति नेपाल मेडिकल काउन्सिलमा पठायो । काउन्सिलले आवश्यक प्रक्रियाका निम्ति वीर अस्पताल सञ्चालन गरिरहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा पठायो । वीर अस्पतालमा गरिएको बायोलोजिकल परीक्षणले उनी पुरुष नै भएको ठहरसहितको पत्र नागरिकता फाँटमा पठायो ।
त्यसपछि फाँटले थप आवश्यक स्वीकृति र प्रक्रियाका लागि गृह सचिव लोकदर्शन रेग्मीकहाँ सिफारिस गर्यो । नागरिकता फाँटका प्रमुख सागरमणि पाठकका अनुसार विदेश भ्रमणमा रहेका सचिव रेग्मी फर्किनेबित्तिकै यो फाइल अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्ले स्वीकृति दिए दनुवारको नागरिकतामा भएको महिलाको परिचय हटाएर पुरुष बनाइनेछ ।
ट्रान्सजेन्डर अर्थात् लिंग परिवर्तनको अभ्यास विश्वमा नयाँ भने होइन । थाइल्यान्ड लिंग परिवर्तनका निम्ति विश्वकै आकर्षक गन्तव्यका रूपमा रहेको छ ।
फाँटका एक कर्मचारीका अनुसार दनुवारबाहेक अर्का एकजना पुरुष पनि लिंग परिवर्तनबारे बुझ्न आएका छन् । ती कर्मचारीका अनुसार कानुनी प्रक्रिया सहज हुने भए आफूले लिंग परिवर्तन गर्न आँटेको उनको भनाइ छ ।
पुरुष वा महिलाको नामबाट नागरिकता लिएका तर तिनले तेस्रो लिंगी वा बहुलिंगी भएको प्रमाण पेस गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता परिवर्तन गर्न सकिने कानुनी व्यवस्था छ । तर लिंग नै परिवर्तन गर्नुपर्नेको हकमा भने मन्त्रिपरिषद बैठकबाटै स्वीकृति लिनुपर्छ । लिंग परिवर्तनको विषयमा विद्यमान कानुनी मौनताले सामाजिक संरचनामा नै असर पार्न सक्नेमा सचेत हुनुपर्ने नागरिकता फाँट प्रमुख पाठक बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: