Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

वनमन्त्रीद्वारा ‘अवैध खोटो’ ढुवानी फुकुवा

\"\"काठमाडौं, १० पुस । वनमन्त्री शंकर भण्डारीले विभिन्न कम्पनीद्वारा जंगल क्षेत्रबाट अवैध ढंगले संकलित खोटो तिनैलाई ओसारपसार तथा ढुवानी गर्न अनुमति दिएका छन् । ती कम्पनीले अवैध रूपमा संकलन गरेको खोटो ओसार पसार गर्न दिनेरनदिने विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले मन्त्रालयका सचिव डा।कृष्णचन्द्र पौडेलले निर्णय गर्न नमिल्ने भन्दै फाइल अघि बढाउन मानेका थिएनन् । आजको कान्तिपुरमा खबर छ– मन्त्री भण्डारीले सचिव पौडेललाई पुस ६ मा पूर्वाञ्चल क्षेत्रको वनको अनुगमनका लागि झापा पठाएर निमित्त सचिव डा।पेमनारायण कँडेलको सहयोग लिई बिहीबार हिमाल रोजिन एण्ड टर्पेनटाइन जडिबुटी प्रशोधन कम्पनीलगायतलाई खोटो संकलन तथा ढुवानी गर्न दिने निर्णय गरेका हुन् । भण्डारीको निर्णयप्रति सचिव पौडेलले आश्चर्य प्रकट गरेका छन् । ‘कानुन मन्त्रालयसँग राय माग्दा विचाराधिन मुद्दा भएकाले अहिले तत्काल केही गर्न मिल्दैन भनेपछि हामी रोकिएका थियौं,’ शनिवार सप्तरीमा रहेका सचिव पौडेलले कान्तिपुरलाई भने, ‘म काठमाडौंबाट बाहिरिएपछि त्यस्तो निर्णय भएछ, म पनि आश्चर्यचकित छु ।’ २०७० चैतमै संकलन म्याद सकिएका हिमाल रोजिन एण्ड टर्पेनटाइन जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, भवानी केमिकल्स र भद्रकाली रोजिनले सामुदायिक वनसंग सम्झौता गर्दै २०७१ देखि डडेल्धुरा, डोटी, वैतडी र कैलालीका वनबाट करिब डेढ लाख टिन खोटो संकलन गरेका थिए । त्यो करिब २० करोड रुपैयाँबराबरको खोटो हो । स्रोतका अनुसार ती कम्पनीले वन कार्यालयसंग वन प्रवेश इजाजत नै नलिई आफूखुसी खोटो संकलन गरेका थिए । निर्णय प्रक्रियामा सहभागी निमित्त सचिव एवं प्रवक्ता कँडेलले ती कम्पनीलाई ‘खोटो संकलन तथा निकासी कार्यमा बाधा अवरोध नपुर्‍याउनु’ भनी जेठ १७ मा सर्वोच्चले दिएको अन्तरिम आदेश कार्यान्वयन गर्नका लागि त्यस्तो निर्णय भएको दाबी गरे । ‘सर्वोच्चले आदेश कार्यान्वयन गर्न हामीलाई पत्राचार गरेकाले त्यस्तो निर्णय भएको हो,’ उनले भने, ‘यो निर्णय गर्नुअघि मैले सचिवज्यूसंग पनि राय लिएको थिएँ ।’ सर्वोच्चले गत जेठ १७ मा ‘खोटो संकलन तथा ढुवानी गर्न दिनु’ भने पनि उक्त अन्तरिम आदेश रद्द गरी पाउँ भनी वन विभाग आफैंले असार ६ मा सर्वोच्चमै निवेदन दायर गरेको थियो । त्यसउपरको पूर्ण सुनुवाईका लागि पुस २५ मा पेशी तोकिएको छ । मंसीर २५ को पेशी एक महिनापछि सरेको छ । पुस ७ मा ती कम्पनीलाई खोटो संकलन तथा ढुवानी गर्न दिने निर्णयमा ती विषय लुकाइएको छ । ‘विद्यमान अवस्थालाई ढाकछोप गरी अमूर्त ढंगले निर्णय गरिएको देखिन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘पहिला यो यो कारणले निर्णय गर्न सकिएको थिएन भनेर सर्वोच्चलाई खुलाउनुपथ्र्यो, त्यो गरिएको छैन ।’ अदालतमा विचाराधिन मुद्दामा संकलन तथा ढुवानीको अनुमति दिन हुनेरनहुनेबारे वन मन्त्रालयले कात्तिकमै कानुन मन्त्रालयसंग पनि राय मागेको थियो । कानुनले पनि अदालतमा विचाराधीन मुद्दा भएकाले आफूहरुले राय दिन नमिल्ने भनी मंसिर ७ मा वनलाई पत्राचार गरेको थियो । कानुनको उक्त रायपछि सचिव पौडेलले फाइल थन्क्याइदिएका थिए । तर, मन्त्री, कँडेललगायतले कम्पनीका सञ्चालकहरूसित मिलोमतोमा उक्त निर्णय गराएको स्रोतले बतायो । ती सबै प्रक्रिया अघि बढाउन कानुन अधिकृत गोपी नेपालले असहयोग’ गरेपछि उनलाई हटाएर बशिष्टकुमार घिमिरेलाई ल्याइएको छ । सरकारले सूदूर पश्चिमका विभिन्न जिल्लाबाट खोटो संकलन गर्दै धनगढीको अत्तरियामा ‘नेपाल रोजिन एण्ड टर्पेनटाइन कम्पनी’ आपैंmले सञ्चालन गर्दै आएको थियो । घाटामा गएपछि सरकारले २०६० सालमा कम्पनी बन्द गरेको थियो । पछि निजिकरणमा लैजाने निर्णय अनुसार २०६२ सालमा उक्त कम्पनी दिव्य रोजिन एण्ड टर्पेनटाइन कम्पनीले ११ करोड ३१ लाख रुपैयाँमा खरीद गरेको थियो । दिव्यले १० वर्षको भाडासहित १४ करोड रुपैयाँ बुझाउने सम्झौता थियो । त्यसबापत दिव्यले वार्षिक ४ हजार मेट्रिक टनका लागि पश्चिम नेपालका कैलाली, डोटी, डडेलधुरा र बैतडीका ३० प्लट र १ हजार २ सय ८ मेट्रिक टनका लागि पूर्वका ५ जिल्लामा खोटो संकलन गर्नसक्ने सम्झौतामा थियो । तर, दिव्यले सम्झौतामा भए अनुसार खोटो संकलनका लागि वनक्षेत्र प्राप्त गर्न सकेन । ६० प्रतिशत वन मन्त्रालयले १० वर्षको सम्झौता भन्दै भद्रकाली, भवानी र हिमाली रोजिन एण्ड टर्पेनटाइन कम्पनीलाई दिएको सार्वजनिक भएपछि खोटो संकलन गर्ने कम्पनीबीच विवाद सुरु भएको हो । झण्डै ७ वर्षसम्म पनि दिव्यले सरकारसंग सम्झौता भए अनुसारको वनक्षेत्र नपाएपछि उसले उल्लेखित परिमाणको खोटो संकलन हुन सकेन । तर, सरकारसंगको सम्झौताअनुसार उनले संकलन गर्नुपर्ने वनक्षेत्रमा अन्य कम्पनीले खोटो संकलन गरिरहे । मन्त्रलायले पनि दिव्यलाई जंगल उपलव्ध गराउनेतिर चासो देखाएन । २०७१ साल फागुन २९ को मन्त्रीरिषद्ले सम्झौतामा भएबमोजिम दिव्यलाई वनक्षेत्र उपलव्ध गराउन वन मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यो निर्देशन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बरु खोटो संकलन गर्ने कम्पनीवीचको प्रतिस्पर्धाले वनक्षेत्र विनाश हुनेक्रम बढिरहेको छ । हिमाली, भवानी र भद्रकालीलगायतका कम्पनीले सरकारी अधिकारीसंगको मिलेमतोमा अवैध ढंगले खोटो संकलन जारी राखेका छन् । मन्त्री भण्डारीले त्यही चोरबाटो प्रयोग गरी संकलन भएको खोटो ढुवानी गर्न दिने निर्णय गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy