Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

खाली खुट्टै प्रतियोगिता

\"\"काठमाडौं, १० पुस । राष्ट्रकै सबैभन्दा बृहत् र महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्तासम्म किन्न नसक्ने अवस्थामा खाली खुट्टा नै आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धाका लागि मैदानमा ओर्लनुपर्‌यो । नवलपरासीकी १६ वर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन इटहरी रंगशालामा एथलेटिक्सको पन्ध्र सय मिटर दौडमा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई टक्कर दिन पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्र्याकमा ओर्लिइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रतियोगिताको हिट चरणमा उनी छैटौं भइन् तर उनको खाली खुट्टामा न कुनै खेल पदाधिकारीको आँखा गयो न त खेलसँग सम्बन्धित कुनै नीति निर्माताको नै । उनी पश्चिमाञ्चल क्षेत्रको छनोट प्रतियोगितामा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न पूर्वाञ्चल आएकी हुन् । छनोट प्रतियोगितामा उनले निर्धारित दुरी पाँच मिनेट १२ सेकेन्डमा पूरा गरेकी थिइन् । एथलेटिक्स प्रतियोगिता खेल्न खेलाडीका लागि विशेष प्रकारको \'स्पाइक सु\' लगाउनुपर्ने हुन्छ । \'स्पाइक सु\' ले खेलाडीको प्रदर्शन स्तरीय बनाउन मद्दत पुर्‌याउँछ । तर गुडियासँग \'स्पाइक सु\' किन्ने पैसासमेत नभएकाले उनी राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिएको उनका प्रशिक्षक मनोहर दाहालले बताए । नवलपरासीको बुढी पर्सौनीकी गुडियालाई राष्ट्रिय प्रतियोगितासम्म ल्याउने पनि प्रशिक्षक मनोहर नै हुन् । उनले तीन वर्षअघि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्थानीय जनजागृति माविमा अध्ययन गरिरहेकी गुडियाको खेल हेरेका थिए । त्यो प्रतियोगितामा गुडियाको प्रदर्शन देखेर प्रशिक्षक मनोहर आकर्षित भएका थिए । तर त्यसको एक वर्षपछि आर्थिक समस्याका कारण गुडियाले राष्ट्रपति रनिङ सिल्ड नखेल्ने भएपछि आफ्नै पहलमा उनलाई प्रतियोगितामा सहभागी गराएको मनोहरले बताए । \'गुडियाको खेल देखेर म निकै प्रभावित भएको थिएँ । त्यसैले आफ्नै पहलमा मैले उनलाई विभिन्न प्रतियोगितामा सहभागी गराएँ । क्षेत्रीय छनोट प्रतियोगितामा पनि उनी पहिलो हुँदै राष्ट्रिय प्रतियोगिताका लागि चयन भएकी हुन्\', मनोहरले भने । \'स्पाइक सु\' नभएका कारण इटहरीस्थित निर्माणाधीन रंगशालाको रातो माटोले बनाइएको ुसेन्डर ट्र्याकु मा गुडिया खाली खुट्टा दौडिएको उनले बताए । सामान्य \'स्पाइक सुु\' किन्न पनि करिब दुई हजार रुपैयाँ पर्छ । \'स्पाइक सु\' को अभावमा अरू जुत्ता लगाएर खेल्नुभन्दा खाली खुट्टा नै खेल्नु उपयुक्त भएकाले गुडिया खाली खुट्टा ट्र्याकमा ओर्लिएको प्रशिक्षक मनोहरले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending