Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

घरमै पुगेर परराष्ट्रका कर्मचारीले गायत्रीसँग माफी मागे

\"\"काठमाडौं, ११ पुस । परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरूको कमजोरीका कारण टर्कीमा दुःख पाएको भन्दै माफी मागेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– नेपाल दम्पती अमेरिकाबाट नेपाल फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशील लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरू नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् । सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरूलाई दुःखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन् । प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए । राहादनी विभाग प्रमुख लम्सालले भने, ‘हामी त्यसबेला भर्खर एमआरपी बनाउने काममा लागेका थियौं, नियतबस नभए पनि कमजोरी भयो सचिवज्यू र म गएर उहाँहरूसँग कमजोरी भयो भन्यौं ।’ लम्सालले यो घटनालाई आफूहरूले एउटा गम्भीर पाठका रूपमा लिएको र अब त्यस प्रकारका गल्तीबाट कसैले पनि दुःख पाउनुपर्ने अवस्था नआउने गरी काम गर्ने बताए । एमआरपी बनेपछि पहिलाजस्तो सूचना निकाल्नु नपर्ने र सीधै इन्टरपोलमा नम्बर दिनुपर्ने भएकाले त्यस्तो गल्ती भएको लम्सालले स्वीकारे । परराष्ट्र मन्त्रालयको हेलचेक्र्याइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुलस्थित अध्यागमनको २० घन्टा नियन्त्रणमा परेकी थिइन् । ६ महिनाअघि म्याद सकिएको पासापोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुःख झेल्नुपरेको हो । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासमा २०१४ जुनमा रूपन्देहीका चूडामणि शर्माले आफ्नो पासपोर्ट हराएको भन्दै काठमाडौं जान ट्राभल डकुमेन्ट माग गरेका थिए । उनलाई बैंककस्थित दूतावासले चनं एनइटी २८ टीडी एफ ०६५ नं को ट्राभल डकुमेन्ट दिएको थियो । उनको हराएको भनिएको राहादानीको म्याद सोही वर्षको जनवरी १८ मा सकिएको थियो । उनले नेपाल आएपछि आफ्नो २१४८४८८ नं को पासपोर्ट हराएको भन्दै परराष्ट्रमा निवेदन दिए । चूडामणिले राखेको पुरानो राहदानीलाई केरमेट गरी नयाँ नम्बरको पासपोर्ट दिइयो । उनलाई २८०६३ नं राखेर नयाँ पासपोर्ट दिइयो । गायत्रीको राहदानी नम्बर भने ००२८०६३ छ । \'सबै अंक नमिल्दा किन टर्की प्रहरीले यति दुःख दियो ? अमेरिका र नेपालस्थित अमेरिकी कन्सुलर शाखाले गायत्रीको नाममा त्यस्तो केही छैन भन्दा पनि किन त्यस्तो व्यवहार गरियो भन्नेमा मलाई आश्चर्य लागेको छु, पूर्वप्रधानमन्त्री नेपालले भने । गायत्रीले प्रश्न गरिन्, \'पासपोर्ट हराउँदा पत्रिकामा सूचना निकालिन्छ, प्रहरी रिपोर्ट बनाइन्छ, तर यो प्रकरणमा त्यस्तो केही नभई कसरी नयाँ नम्बर राखेर पासपोर्ट दिइयो ।\' गायत्रीले भनिन्, \'कूटनीतिक राहदानीमा जाँदा र पूर्वप्रधानमन्त्री नेपालले समेत त्यत्रो प्रयास गर्दा आफू तनावमा पर्नुपर्‌यो भने सर्वसाधारणले कति सास्ती व्यहोर्छन् होला ?’ नेपालको विमानस्थलमा इन्टरपोलको डाटा हेर्ने प्रहरी अधिकारीको असावधानीका कारण पनि गायत्रीले दुःख पाएको सरककारी अधिकारीको दाबी छ । प्रहरीका सहप्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले दुवै निकायबाट गल्ती भएको स्वीकार गर्दै त्यस्तो गल्ती भविष्यमा नदोहोरिन सचेत हुनुपर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy