Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अब नेपाल लोडसेडिङमुक्त

\"\"काठमडौं, १७ पुस । अब मुलुक लोडसेडिङमुक्त हुने भएको छ । निजी क्षेत्रबाट उत्पादित १३ मेगावाट र भारतबाट ल्याइएको ४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएपछि मुलुक लोडसेडिङ मुक्त हुने भएको हो । आजको नागरिक दैनिकमा खबर छ– भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । भारतबाट ल्याइएको समेत ५३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । बिजुली थपिएसँगै मुलुकभर लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने अनुमान गरिएको छ । मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानअन्तर्गत बिजुली थप गरिएको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए। \'शनिबार राति १२ बजेदेखि भारतबाट ४० मेगावाट बिजुली आउनेछ,\' उनले भने, \'३ मेगावाट बिजुली स्वदेशी आयोजना मादीबाट थपिइसकेको छ।\' ५३ मेगावाट बिजुली थपिएपछि अब लोडसेडिङ हुने सम्भावना नरहेको सहसचिव घिमिरेले बताए। \'उपत्यकालाई लोडसेडिङमुक्त नै पारेका छौं,ु उनले भने, \'उपत्यका बाहिर पनि क्रमशः लोडसेडिङमुक्त बनाउने अभियानमा लागेका छौं।\' २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजनाबाट अहिले १३ मेगाबाट मात्र बिजुली उत्पादन हुने जानकारी उनले दिए। \'भारतबाट यो महिना ४० मेगावाट थपियो,\' उनले भने, \'अर्को महिना पुनः ४० मेगावाट थपिन्छ।\' पछिल्लो समय देशलाई उज्यालो बनाउन ऊर्जा मन्त्रालय र मातहतको विद्युत् प्राधिकरण सक्रिय छन्। लोडसेडिङमुक्त अभियान सफल पार्न भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको हो। भारतबाट शनिबार राति आएको ४० मेगावाटबाहेक थप ४० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङ सामना गर्नुनपर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्। अघिल्लो साता थप बिजुली ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक सहमति भएकाले अन्तिम टुंगो लगाउन ऊर्जा टोली भारत गएको थियो । टोलीले भारतबाट थप विद्युत ल्याउने सहमति तथा ट्रान्समिसन लाइन र अन्य पूर्वाधार विस्तारबारे निर्णय गर्ने सहमति गरेको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy