Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

दिल्लीमा बाबु–छोराको राजनीति, साइकलका लागि लडाइँ शुरु

\"\"नयाँ दिल्ली, १८ पुस । दुई टुक्रा भएको भारतको समाजवादी पार्टीमा चुनाव चिन्ह कब्जा गर्ने लडार्इँ शुरु भएको छ । साइकलको सवारी कसले गर्ने भन्नेमा समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव र उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उनका छोरा अखिलेश यादवबीच लडाईँ शुरु भएको छ । भारतको समाजवादी पार्टीका अलिखश यादवले आफ्नै बाबुले नेतृत्व गरेको पार्टी फुटाएर आफ्नै नेतृत्व समानान्तर पार्टी गठन गरेपछि पार्टीको वैधानिकता र चुनाव चिन्हको विवाद शुरु भएको हो । बाबु मुलायम सिंह तथा छोरा अखिलेश दुबै गुटले चुनाव चिन्ह साइकलमा आफ्नो दाबी राखेका छन् । दुबै गुटले साइकलमा आफ्नो दाबैदारी प्रस्तुत गर्दै सोमबार निर्वाचन आयोगको समय मागेका छन् । मुलायम सिंह र अमर सिंह अपरान्ह ४ बजे निर्वाचन आयोग पुग्ने भएका छन् । रामगोपालले भने अहिले सम्म निर्वाचन आयोगसँग भेट गर्ने समय मागेका छैनन् । मुलायम सिंहले सोमबार दिल्लीमा नै अमरसिंहसँग भेटघाट गर्ने भएका छन् । उनका साथ शिवपाल यादव पनि रहनेछन् । अमरसिंह लण्डनबाट दिल्ली आइपुगेका छन् । यसका साथै मुलायम सिंह यादवले जनवरी ५ तारिखमा आयोजना गरेको अधिवेशन स्थगित गरेका छन् । शिवपाल यादवले ट्वीट गरी अधिवेशन स्थगित भएको जानकारी दिएका हुन् । आफ्नै छोरा अखिलेशले पार्टी फुटाएर बाबुलाई कारबाही गरेको घोषणा गरेपछि मुलायमले ५ तारिखमा पार्टीको अधिवेशन बोलाएका थिए । अखिलेशले गरेको महासम्मेलन अवैधानिक भएको दाबी गर्दै मुलायम सिंह सुप्रिम कोर्टको ढोका ढक्ढक्याउन सक्नेछन् । पार्टीमाथि आफ्नो दबदबा कायम राख्नका लािग मुलायम सुप्रिम कोर्ट जान सक्नेछने । साथै उनले दिल्ली आएर बरिष्ठ अधिवक्ताहरुसँग पनि सम्पर्क गरिरहेका छन् । चुनाव चिन्हका लागि मुलायम सिंह निर्वाचन आयोग जाँदैछन्, मुलायमको साथमा आफ्नो वकिलसमेत आयोग जाँदैछन् । अखिलेश गुटले आइतबार लखनउमा आयोजना गरेको राष्ट्रिय अधिवेशनबाट पिता मुलायम सिंहलाई हटाउँदै अखिलेश राष्ट्रिय अध्यक्ष भएको छन् । मुलायम सिंहले भने अधिवेशन पार्टी विधान विपरित भएको बताएका छन् । विशेष अधिवेशनले शिवपाल यादवलाई पार्टीको राज्य अध्यक्ष पदबाट हटाउने र अमर सिंहलाई पार्टीबाट निकाल्ने प्रस्ताव पनि पारित गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy