सम्बन्ध सुधारका लागि आफ्ना दूतहरु लैनचौर पठाउन पनि नछाडने र बाहिर–बाहिर राष्ट्रवादको प्रदुषित हावा पनि फैलाउन उद्धत रहने ओलीको राष्ट्रवाद पछिल्ला राजनीति परिवर्तन निस्तेज पार्न पर्दापछाडि भूमिका खेल्ने शक्तिकेन्द्रको निर्देशित विचार हो । अहिले यसलाई यसकारण जर्वजस्त मार्केटिङ गरिएको छ कि जसले नेपालको राजनीतिक परिवर्तनमा ब्रेक लगाउन सकोस् र ओलीलाई बालकोटबाट फेरि बालुवाटार पुर्रयाउन भर्रयाङको काम गरोस् ।ओलीले अगाडि सारेको ‘१२ क्यारेटको राष्ट्रवाद’ को भित्री मकसद प्रधानमन्त्रीबाट हट्नु परेको पीडाबाहेक भावी सत्ता प्राप्तिकालागि ‘बार्गेनिङ’ नै हो । यही ‘बार्गेनिङ’का लागि एमालेजनले गर्न थालेका हुन्, शान्तिबाटिकामा प्रर्दशन । सम्बन्ध सुधारका लागि आफ्ना दूतहरु लैनचौर पठाउन पनि नछाडने र बाहिर–बाहिर राष्ट्रवादको प्रदुषित हावा पनि फैलाउन उद्धत रहने ओलीको राष्ट्रवाद पछिल्ला राजनीति परिवर्तन निस्तेज पार्न पर्दापछाडि भूमिका खेल्ने शक्तिकेन्द्रको निर्देशित विचार हो । अहिले यसलाई यसकारण जर्वजस्त मार्केटिङ गरिएको छ कि जसले नेपालको राजनीतिक परिवर्तनमा ब्रेक लगाउन सकोस् र ओलीलाई बालकोटबाट फेरि बालुवाटार पुर्रयाउन भर्रयाङको काम गरोस् । [caption id=\"attachment_111218\" align=\"alignleft\" width=\"250\"] जीपी मैनाली[/caption] गत मंसिर १४ मा प्रदेशको सीमाङ्कन हेरफेरसहित संविधान संशोधनका लागि सरकारले विधेयक संसद सचिवालयमा दर्ता गरायो । आफ्नो कुर्सी प्रचण्डले खोसेको रिसमा तिरमिराएका ओली कमरेडका लागि विधेयक दर्ता यति ठूलो झ्डका थियो कि उनले सोचे, ‘यो प्रस्ताव पारित भए मेरो सिंहदरवार प्रवेश करिव–करिव टुंगिन्छ ।’ यो प्रस्ताव पारित हुँदा वित्तिकै ओलीले ताण्डव मच्चाएको तराई–मधेशको समस्या हल हुन्थ्यो, थारु र आदीबासीका माग पूरा हुन्थे र समग्रमा यसको जस प्रचण्डकहाँ पुग्थ्यो । यहि रोक्न ओलीले विधेयकलाई असंवैधानिक र राष्ट्रघातीको जामा लगाइदिए । उनको जामा अदालतको फैसलाले आधा उतारिदियो । अब आधा जामा उतारेर उनी त्यतिबेला नाङ्गै हुनेछन्, जब संसदमा यो विषयमा बहस शुरु हुनेछ । इतिहासका हरेक कालखण्डमा एमाले र सरकार एउटै सिक्काका दुई पाटा भए । अर्थात सत्ताविनाको एमाले पानीविनको माछा जस्तो हुन्छ, जुन राजनीतिक, आर्थिक र जनसम्बन्धका हिसाबले टिक्नै सक्दैन । पश्चिमा एनजीओको एजेन्डा बोक्ने, सत्तामा पुगेर त्यसलाई कार्यान्वयन गर्ने ओली राष्ट्रवादको मूल विशेषता हो । जव ओलीले सिंहदरवार छाडनुपर्यो, तव एमाले कमरेडहरु पानीविनाका माछा जस्ता भए, छटाउन थाले । यही छटपटाहटको उत्सर्ग हो, शान्तिबाटिकाकोे प्रर्दशन । एमालेसहितका भुरे टाकुरे ९ विपक्षी दलले जुन संशोधन विधेयकका विरुद्ध प्रर्दशन गर्न खोजेका हुन्, त्यसलाई अदालतले खारेज गरिदियो, अर्थात अदालतको फैसलाको अर्थ हो–एमालेको प्रर्दशन कुनै औचित्य छैन, र यो चिसो मौसममा घाम ताप्ने मेसो मात्र हो, जहाँ जाडोमा घाम ताप्न जानेहरुको ठूलै भीड हुन्छ । शक्ति प्रर्दशन निर्णायक हुने भए यसअघि माओवादीले राष्ट्रवादकै ब्यानरमा निकै ठूला प्रर्दशनहरु गरेको इतिहास छ । ६ दिने आमहड्ताल यत्तिकै टुंगियो र सहमतिकै राजनीतिमा कोर्ष अगाडि बढ्यो । ओलीको राष्ट्रवाद पनि अन्ततः टुंगिने त्यहीँ गएर नै हो । कहिले काँग्रेससँग त कहिले माओवादीसँग घाँटी जोडेर सिंहदरवारको रस चुस्नु एमालेजनको विशेषता हो । राष्ट्रिय राजनीतिमा फेरिएको शक्ति सन्तुलन र समीकरणपछि संसदको ठूलो दल काँग्रेस र तेस्रो दल माओवादी सरकारमा गए । काँग्रेस–माओवादीवीचको यो गठजोड एमालेलाई मन परेन र भत्काउन शुरुदेखि उचाल्यो राष्ट्रवादको नारा । शान्तिबाटिकामा एमालेको प्रर्दशन अरु केही नभएर मात्र सत्तामा पुनरागमनको टुल्स मात्र हो । काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा ओली महोदयले प्रचण्डको विकल्प खोज्न गरेको प्रस्तावले यसलाई पुष्टी गर्छ । मिडिया रिपोर्टलाई आधार मान्ने हो भने ओलीले काँग्रेस सभापति शेरबहादुुर देउवालाई प्रधानमन्त्रीका लागि अफर गरेका थिए । ओलीको यो अफरले उनले लगाएको राष्ट्रवादको मुकुन्डोभित्र के रहेछ भन्ने करीव–करीव प्रष्टै पारेको छ । सुशील कोइरालाले विश्वास नगरेपछि प्रचण्डको शरणमा आएर प्रधानमन्त्री बन्ने अवसर पाएका ओलीलाई अहिले माओवादी नै सवैभन्दा ठूलो अराष्ट्रवादी शक्ति लागेको छ । भावी सत्ता समीकरणमा माओवादीको समर्थन आउने सुनिश्चता हुने भने ओलीले प्रचण्डलाई फेरि देवता बनाउन तयार हुन्छन् । एमाले उपाध्यक्ष बामदेव गौतम अहिले सवैभन्दा चर्को कुरा गर्छन । तर, उनी आफूलाई शेरबहादुर देउवाजस्तै ‘वेटिङ प्राइममिनिस्टर’का रुपमा अगाडि सारेका छन् । इतिहासको घटनाक्रम र राजनीतिमा हुने सम्भावनाहरुलाई हेर्ने हो भने गौतम त्यतिबेला प्रधानमन्त्री बन्नेछन्, जतिबेला माओवादीको समर्थन हुनेछ । प्रचण्ड र गौतमले एक अर्का कुन तहका साथी हुन् भनेर यसअघि नै सार्वजनिक रुपमा बोलेका छन् ।
बर्मा र श्रीलंकामा बौद्ध उग्रवाद चलेको छ । केही देशमा इस्लामिक कट्टरपन्थीहरु हावी भएका छन् । संसारभर राजनीतिक प्रवृति के छ भने बर्चश्वशाली वर्गले कुन आवेगको नारा उचालेर सत्तामा जान सकिन्छ भन्ने ध्यान दिएका छन् ।गौतमलाई यो पनि राम्ररी थाहा छ कि काँग्रेस–माओवादी गठबन्धन नभत्काएसम्म नयाँ सत्तासमीकरण बन्दैन र नयाँ सत्तासमीकरण नभएसम्म उनी प्रधानमन्त्री बन्दैनन् । यसैका लागि ओलीको नक्कली राष्ट्रवादको झन्डालाई गौतमले काँध थापिरहेका छन् । गौतममाथि एमालेभित्रैबाट अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बचाउँमा लागेको आरोप पनि छ । यो सामान्य र स्वभाविक आरोप यसकारण होइन कि कार्कीलाई दक्षिणी शक्तिकेन्द्रसँग जोडिन्छ, अर्थात कार्कीको बचाउँले गौतम महासयको मनासय पनि देखाउँछ । गौतमसँग प्रधानमन्त्री बन्नेबाहेक अरु धेरै सुविधा छैनन् । आउने महाधिवेशनसम्म पार्टीभित्र उनलाई उमेरको हदवन्दी लाग्दैछ, त्यसकारण जुनसुकै गठबन्धन बनाएर होस् वा मुल्य–मान्यता भत्काएर होस्, उनी प्रधानमन्त्री बन्न चाहन्छन् । यसैका लागि अहिले ओलीको राष्ट्रवादको झन्डा उचालेका छन् । समग्रमा एमालेले अहिले उचालेको राष्ट्रवाद आवेगलाई उतार्ने मेसो मात्र हो । यतिबेला विश्वव्यापी रुपमा आवेगको हावा चलेको छ । घृणाको राजनीतिले ठाउँ पाएको छ । अन्ध राष्ट्रवादले जितेको जस्तो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्लिम विरोधी घृणा फैलाएर राष्ट्रवादी बनेका छन् । उता अमेरिकामा ट्रम्प मुस्लिम र आप्रवासी विरुद्ध खनिएर राष्ट्रवादी भए÷बनाइयो । यूरापमा आप्रवासी विरोधी र नवउदारवादको नारा चलेको छ । केही देशमा चरम धार्मिक उग्रता देखिएको छ । बर्मा र श्रीलंकामा बौद्ध उग्रवाद चलेको छ । केही देशमा इस्लामिक कट्टरपन्थीहरु हावी भएका छन् । संसारभर राजनीतिक प्रवृति के छ भने बर्चश्वशाली वर्गले कुन आवेगको नारा उचालेर सत्तामा जान सकिन्छ भन्ने ध्यान दिएका छन्, प्रयोग गरेका छन् । विश्वव्यापी रुपमा चलेको घृणा र आवेगको राजनीतिलाई एमालेले यहाँ राष्ट्रवादका नाममा प्रयोग गर्न खोजेको छ । नवरउदारवादको राजनीतिक अभ्यास गर्न खोजेको देखिन्छ । कसरी जनतालाई आवेगमा ल्याउन सकिन्छ भनेर षडयन्त्र गरेको छ । हामीकहाँ एमालेले आफ्ना नीति, कार्यक्रम र एजेन्डामार्फत अग्रता लिन सकेन । अस्थिर स्वभाव र सत्ता स्वार्थमा टाँसिने प्रवृति यसका लागि जिम्मेवार बन्यो, किनभने एमालेको चरित्र करिब–करिब सवैले थाहा पाए । यसकारण अहिले उसले सत्ता छाडनुपर्दाको छटपटीलाई राष्ट्रवादको नाममा ‘पोलिटिकल मार्केटिङ’ गर्न खोजेको हो । नीति र कार्यक्रममा नपत्याएपछि आवेगको नारामा राजनीति गर्न खोजेको हो । विगतमा सत्तामा धेरैपटक पुगेको छ, जस्तो कि ०६२–०६३ पछि बनेका ९ वटा सरकार मध्ये एमालेले ७ वटामा सहभागिता जनायो । तर, कोही पनि एमालेको राष्ट्रवाद देखिएन । ती सरकार बन्दा भारतको भूमिका के थियो, एमालेले कहिल्यै बोलेन । अहिले प्रचण्ड नेतृत्वको सरकारमा उसले प्रश्न उठाएर विगतमा आफू सहभागी भएका सरकारको हुर्मत लिइरहेको छ । अहिले सत्ताबाहिर हुँदा उसले राष्ट्रवादको नारा अगाडि सारेर जनताको आवेगात्मक चेतलाई आफूतिर मोड्न ‘राजनीतिक स्टन्ड’ गरेको बुझ्न राजनीतिक पण्डित बनिरहनु पर्दैन । एमालेले शान्तिबाटिकामा जुन खालको जनप्रर्दशनको कुरा गरेको छ, यो आवेग र घृणाको राजनीति अगाडि बढाउने खालको छ । यसले संविधान कार्यन्वयनमा सहयोग गर्दैन । बरु एक दिन काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त पार्छ । नगरपालिकाले राम्रो बनाएको शान्तिबाटिकालाई फोेहर बनाउँछ । बालकोटबाट चलेको प्रदुषित राष्ट्रवादको हावामा शान्तिबाटिकाको फोहोर मिसिँदा झाडापखालाको खतरा हुन्छ । हामीलाई यो प्रदुषित हावा र झाडापखाला चाहिएको छैन । चुनावी घोषणा पत्रमा संघीयता र अन्य राजनीतिक परिर्वतनलाई आत्मसाथ गर्ने नक्सा देखाएर भोट मागेको एमालेसँग यो समग्र प्रक्रिया भाड्ने नैतिक धरातल छैन । हामी शान्तिबाटिकामा आउने एमालेजनसँग एउटा प्रश्न गर्छौँ– घृणा र आवेगमा ‘राष्ट्रवाद’ कसरी विक्छ ? (लेखक माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य हुन् ।)
प्रतिकृया लेख्नुहोस्: