Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

‘संविधानसभा अध्यक्ष कांग्रेस–एमालेका वफादार कार्यकर्ता’

भक्तपुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले–कांग्रेसले दुईतिहाईको दम्भ देखाएकै कारण संविधान जारी हुन नसेको बताएका छन् । त्यसकारण दलहरुबीच बेलाबेला चलिरहने वार्ताप्रसंग चियागफमै मात्र सीमित रहेको उनको भनाइ छ । रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै महतोले विगतमा गरेका सहमति र समझौतालाई लत्याएर दुर्इतिहाईको दम्भमा संविधान जारी गर्ने सपना देखे दिउँसै संविधान जल्ने र त्यसको परिणाम भयानक हुने उनले बताए । विगतका सहमति लत्याएर गरिने कुनै पनि वार्ताबाट निकास ननिस्कने भन्दै उनले हाल शीर्ष नेताहरुबीच चलेका वार्ताहरु केवल चियागफ मात्रै भएको टिप्पणी गरे । सभामुखले कांग्रेस र एमालेको कार्यकर्ताका रुपमा अपरिपक्व भूमिका खेल्दा समस्या झन बल्झँदै गएको महतोको दाबी छ । सबैजसो विषय मिल्ने छेकछन्द भए तापनि पाँच जिल्लाका विषयमा कांग्रेस एमालेको यथास्थितिवादी सोचकै कारण सहमतिको मिलनबिन्दु देखा नपरेको उनले बताए । उनले भने– ‘सहमतिका लागि समेत मोर्चाको अन्दोलन आवश्क भयो र अन्दोलनबाटै उपलब्धि हासिल गर्न नेपालमै पहिलो पटक सबै पहिचानवादीहरु एकै स्थानमा रहेर अन्दोलन जारी राखेका छौं ।’ एक मधेश एक प्रदेशको नारालाई गलत रुपमा व्याख्या गरेर जसरी कांग्रेस–एमालेले तराई र पहाडबीचको सद्भाव खल्बलाउँदैछन्, उनीहरुको यो नियत गलत छ । पहिलो अन्दोलनमा मधेशमा एक प्रदेशबारे सहमति भए पनि पछिल्लो अन्दोलनमा दुई प्रदेश बनाउने सहमति भएको उल्लेख गर्दै उनले जनताको मागअनुसार प्रदेश निर्धारण गरिनुपर्नेमा उनले जोड दिए । सीमा अतिक्रमणका विषयमा नेपालकै कूटनीतिक क्षेत्र कमजोर रहेको उल्लेख गर्दै उनले अरु देशलाई गाली गर्दैमा राष्ट्रियता बलियो नहुने तर्क गरे । आफ्नो क्षेत्र मजबुत पार्दै छलफल अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । ‘भारतलाई गाली गर्दैमा राष्ट्रवादी भइन्छ भन्ने सोचबाट नेपालका नेताहरु मुक्त हुन नसक्नु दुःखको विषय हो’, महतोले भने– ‘विभिन्न विषयमा जनमतसंग्रह गरिनुपर्छ भन्ने भनाइहरु जसरी बाहिर ल्याइँदै छ, त्यसले हालसम्मका उपलब्धिहरुलाई ओझेलमा पार्छ ।’ अहिलेका सबै षड्यन्त्रले संविधान निर्माणकार्य झनै ओझेलमा पार्ने सम्भावना बढेको आशंका महतोले व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy