Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जबर्जस्ती गरे कडा जवाफ : ओली

\"\"काठमाडाैं, २२ पुस ।प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक जबर्जस्ती टेबुल गर्ने प्रयास भए ‘कडा जवाफ’ दिने बताएका छन् । आजको राजधानी दैनिकमा खबर छ– प्रेस चौतारी नेपालले बिहीबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै ओलीले सर्वोच्च अदालतको आदेशपछि सरकारले संशोधन विधेयक संसद्मा टेबुल नै गर्न नसक्नेसमेत बताए । संविधान संशोधनका विषयमा एमालेले लिँदै आएको अडान सर्वोच्च अदालतको आदेशले स्थापित भएको बताउँदै उनले सरकारले अब संविधानमा भएको व्यवस्थाअनुसार तीनै तहको निर्वाचन गर्नमा ढिलाइ गर्न नहुने बताए । ‘सरकारले संशोधन विधेयक अगाडि नबढाए हामी संसद् अवरुद्ध गर्दैनौं,’ ओलीले भने, ‘यदि सरकारले जबर्जस्ती ग¥यो भने जबर्जस्तीको जवाफ त अलि कडा हुन्छ ।’ एमालेसहितका प्रतिपक्षी दलले अवरुद्ध गर्दै आएको संसद् अब खुल्ने कि नखुल्ने भन्ने विषय सरकारको हातमा रहेको उनले बताए । सीमांकनका साथै नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्व, भाषालगायतका विषय राष्ट्रिय हितविपरीत संशोधन गर्न खोजिएकाले एमालेले कुनै हालतमा पारित गराउन नदिने चेतावनी ओलीले दिए । संविधान संशोधन विधेयक राष्ट्रिय हितमा नभएको बताउँदै उनले राजनीतिक हिसाबले पनि छलफलको लायक नभएको बताए । ओलीले एमालेले विधेयकमा साथ दिने बताएर सरकारमा सहभागी दल कांग्रेसले समेत जनतामा भ्रम छर्न खोजेको बताए । एमाले अध्यक्ष ओलीले भने, ‘एमालेसमेतको सहमति र सहयोगमा संशोधन विधेयक पास हुने कुरा गर्नेहरू कुन दुनियाँमा छन् ।’ ‘एमालेको सहमति हुँदैन, हामी यो विधेयक टेबुल गर्न दिँदैनौं, फेल गराउँछौं, नेपाली भाषामा भनेको कुरा पनि उहाँहरूले बुझ्न छाडनुभएछ कि रु नेता भएर पनि यति निराधार कुरा गर्ने रु’ कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले भने । मधेसी मोर्चाका नेताप्रति लक्षित गर्दै ओलीले केही लिने फेरि समस्या सृजना गर्ने, फेरि केही लिने अनि समस्या सृजना गर्ने उनीहरूको हरेक बैठकपिछे बोली फेरिरहने समस्या रहेको बताए । सर्वोच्च अदालतको आदेशपश्चात् केहीले संविधानको धारा २७४ नै खारेज गर्नुपर्ने माग गर्नुबाट संशोधन गर्नमा बाधा रहेको पुष्टि भएको उनले बताए । मधेसी मोर्चाले बुधबार मात्र सो धारा खारेजीको प्रस्ताव अघि सारेको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सरकार गठनको पाँच महिना बित्दासमेत यो सरकारले एउटा सिन्को भाँच्न नसकेको आरोप लगाए । अर्को एक प्रसंगमा ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई असफल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘घटिया’ काम गरिरहेको आरोप लगाए । ‘हाम्रा बुबा, आमा, बालबालिका अझै पालमुनि नै बसिरहेका छन्, कष्टकर जीवन जिउन बाध्य छन्,’ ओलीले भने, ‘तर यो सरकारले अत्यन्तै घटिया तरिकाले प्राधिकरणलाई असफल बनाउने काम गरिरहेको छ ।’ संविधानमा भएको व्यवस्थाअनुसार तीनै तहको निर्वाचन ७ माघ २०७४ भित्रमा गर्न नसकिए मुलुकमा संकट उत्पन्न हुने बताउँदै उनले तीनै तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिए । संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गर्न, राष्ट्रिय एकता बलियो बनाउन राष्ट्रियताको पक्षमा शुक्रबार राजधानीमा एमालेसहित नौ दलको आयोजनामा हुने जनप्रदर्शन एवं आमसभामा सहभागी हुन सबैमा ओलीले आग्रह गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy